वि.सं.   शुक्रबार, फाल्गुन ११, २०७४   तदनुसार  23 February 2018

गजल

गजल : लागिरहन्छ मनमा डर, भावी समयको !

लागिरहन्छ मनमा डर, भावी समयको ! भत्किने हो कि सानो घर, भावी समयको !   कहाँ लाने हो यो समयले, म सोच्ने गर्छु वर्तमानमा ओढ्दै च्यादर, भावी समयको ! बुवा आमा नै हुनुहुन्छ, आज त सहारा कस्तो होला भोली असर, भावी समयको ! बन्द आँखाहरु खोलेर, चाहानाको प्यासले को देख्छ र आजै नजर, भावी समयको ! मनमा बस आऊ प्रिय, टाढा कतै नजाऊ सँगै गरौँ हर सफर, भावी समयको ! © जि एम दिपु देपेन्द्र – खोलागाँऊ, रुकुम News [पूरा पढ्नुहोस्]

गज़ल: शहर भन्नु मात्रै हुदोरै’छ शहर त,

अन्जान स्नेहा शहर  भन्नु  मात्रै   हुदोरै’छ शहर त।  केहि देखेन वाच्नु र मर्नुको अन्तर त।  कस्तो खेल खेल्छ नियतिले अब, सामुन्नेमा उभिएको छ भर्खर त।  अर्काको रगत र पसिनाले बनाएथ्यौ, खण्डहर पो भएछ  तिम्रो घर  त।  कहिल्यै आफ्नो नहुने समय जस्तै,  भन्नु  को  मात्र  रहेछ  रहर  त।   जिन्दगिको भर छैन गन्तव्यको ठेगान छैन,  क“हा  गएर  सकिने  हो  यो  सफर त।  News [पूरा पढ्नुहोस्]

गजल : जीवन सरोवर

यहाँ कसैले महलमाथि तला लगाईरहेछन् ।   कोहीभने खुला आकाशमा रात बिताईरहेछन् ।   बञ्जरहरु कति प्यासी होलान एकचोटी सोचौँ,  हेर्नुस सागरहरु तिर्खाले छट्पटाईरहेछन् ।   लाग्छ अब कुनैपनि पर्खालले रोक्न सक्ने छैन,  यसरी यादहरु तुफान बनेर आईरहेछन् ।  बडो दुःख लाग्छ मन्दिरहरुको हालत देखेर,  कसैले बनाईरहेछ्न कसैले भत्काईरहेछ्न।  सन्तान खोज्न गएका बा पनी फर्केनन् अझै,  उनका [पूरा पढ्नुहोस्]

गज़ल :सिरानीमा प्रियतमाको तस्बिर राखेर

-श्रेष्ठ समनश्री सिरानीमा प्रियतमाको तस्बिर राखेर । उ निदाएको छ आंखाभरि पिर राखेर । मैले राम्रोसंग चिनेको छु मित्र तिमीलाई, कसरी छेकेथ्यौ पाईलैपिच्छे भिर राखेर ! फुलेर पनि कहिल्यै मुस्काएनन ती फूलहरु, जब फर्किएनौ ती नजर आखिर राखेर । कैले तुफान राखेर, कैले मैदान पारेर, आज परिक्षा लिंदैछ समय स्थिर राखेर । यो बाटो कहिल्यै नजानु साथी त्यो बजारमा, बिक्रिमा बसेका हुन्छन आफ़्नै शरिर [पूरा पढ्नुहोस्]

विचारशिल गजलहरुको एउटा उत्कृष्ठ संग्रह

श्रेष्ठ समनश्रीबाट सम्पादित तथा बर्दियाली साहित्य मञ्चबाट प्रकाशित “बर्दियाली प्रतिनिधि गजल” संयुक्त गजल संग्रह सार्वजनिक भएको छ । संग्रहमा बर्दियाका ५ जना नारी सहित १६ जना गजलस्रष्टाहरुको ४८ वटा उत्कृष्ट गजलहरु ८४ पृष्ठमा संग्रहित छन् ।  गजललाई युवाहरुको प्रेमालाप र सायरीको रुपमा यत्रतत्र बखान भईरहेको बेला आएको “बर्दियाली प्रतिनिधि गजल” ले नेपाली गजलमा विचारको सागर [पूरा पढ्नुहोस्]

गजल : अज्ञानी गज़ल प्रेमी

-अज्ञानी गज़ल प्रेमी गला रेटिएका चहानासंग।न सोध्नु पिर अचानासंग।  हानीछौ तिर मुटुकै बिचमा,नजरले गजब निसानासंग।  सोध्ने छ क्वै तिमीलाई पक्कै“के छ र तेरो फलानासंग”? तिमी मेरै हौ,म पनि तिम्रै,केही लानु छैन जमानासंग।  भोकै पेट बस्दा मै हुँ भन्नेले,सम्झौता गर्दिन्छ खाना संग। News [पूरा पढ्नुहोस्]

गजल -“अनु”

-अनिता चौधरी “अनु” छेउमा त आयौ भिकारी भएर ।यसरी तीर चलायौ शिकारी भएर ।। देशको विकास गर्छु भन्नेहरुले ।बेचीराछन् यो देश व्यापारी भएर ।। मसँग पनि मन छ मस्तिष्क छ हेर ।चुपचाप बस्दिन कमजोर नारी भएर ।। छोरो आज कराउँदैछ आमासँग ।उसलाइ मन नपर्ने तरकारी भएर ।। यहाँ सधैं नारीले तमासा देखाउँछिन् ।छोरी आमा सासु बुहारी भएर ।। त्यो मनभित्र राख्न तयार हुनुहुन्छ भने ।म पनि बसी दिउँला [पूरा पढ्नुहोस्]

गजल

– श्रेष्ठ समनश्री या त यी मान्छेहरुको अजीब रहर हुनुपर्थ्यो । या त अमृत नामको शिशीमा जहर हुनुपर्थ्यो । किन उचनिच छन् मान्छेका सोँचाइहरु ? हैन भने जमिन पनि समथर हुनुपर्थ्यो । फूलसँगै किसानको मुस्कान बेचिन्छ यहाँ, नत्र त फूलहिन जिन्दगीको कदर हुनुपर्थ्यो । यदि यी कानूनहरु बनेका हुन् भने सबैलाई, होचालाई घोचिरहने नजीरहरु बदर हुनुपर्थ्यो । किन लेखिन्छ सधैँ लासमाथि टेकेर इतिहास ? [पूरा पढ्नुहोस्]

गज़ल: डि. बि रास्कल

डि. बि रास्कल, बर्दिया तिमीले काँडा दियौ आज, मलाई गुलावको बदला।  दिएथ्यें खुसि मैले हिजो, तिम्लाई अभावको बदला।   सबै तिम्रै हो भन्थ्यौ हिजो, आज हिड्दैछ्यौ किन  सबै चुक्ता गर्नेछू भन्दै प्रत्येक हिसाबको बदला।  हे प्रिय, सक्दैन म बारबार, सधैं मरेर जिउन  पठाई देऊ यार बरु जहर मलाई सरावको बदला।  जीवन सुम्पिएँ, बिर्सिएँ बा आमा, त्यागें परिवार सारा तिमीले मलाई नै त्यागि दियौ मेरो [पूरा पढ्नुहोस्]

गजल

रक्षा श्रेष्ठ, कैलाली त्यताबाट नजाउ धराप हुन सक्छ। लगाएर बसेको नकाब हुन सक्छ। अलि अलि गर्दै जोगाएर राख्ने गर्छु,यो बुवाबाट परेको प्रभाव हुन सक्छ। मेरो मौनतालाई कमजोरी नठान्नु,तिम्रा हरेक सवालको जवाफ हुन सक्छ। सचेत भै हिडेस छोरी आमा भन्नुहुन्छ,कतिबेला कस्को नियत खराब हुन सक्छ। तिम्रो अतितलाइ यहि साेचेर काेट्याईन,सम्झेभने तिम्लाई तनाब हुन सक्छ।  News [पूरा पढ्नुहोस्]
1 2 3 4