वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

गजल

[गजल] म शत्रुहरुको पनि शत्रु बन्न कहिल्यै सकिन: नगेन्द्र थापा

-नगेन्द्र थापा   जून मुस्कुराउछ सुर्य अस्ताउन खोज्दा । मुस्कुराउछ बच्चा खेलौना बनाउन खोज्दा । म शत्रुहरुको पनि शत्रु बन्न कहिले सकेन, झन मुस्कुराइ दिन्छन मैले डराउन खोज्दा । छन त सुन्दर फुलहरु थिए बगैचा भरि, बिचरा भमरा रोयो मैले समाउन खोज्दा । पेट भित्रै पनि कति कुरा जानेर आएका, कैयौं सिकायो बच्चाले सिकाउन खोज्दा । सायद उ प्रती प्यार नभए यस्तो नहुनुपर्ने, आँसु आफ्नै खस्यो [पूरा पढ्नुहोस्]

गजल:: मुटु नधड्किएरै बाँच्न सक्ने भए – लक्ष्मी खनाल अभी

 -लक्ष्मी खनाल अभी मुटु नधड्किएरै बाँच्न सक्ने भए । सधैं तड्पिएर बाँच्न सक्ने भए ।। लाग्छ सबैभन्दा सुखी हुने थिएँ म, विगतलाई नसम्झिएरै बाँच्न सक्ने भए । हाँस्न जरुरत पर्दैनथ्यो कसैलाई यहाँ, आँशुमात्र पिएरै बाँच्न सक्ने भए । म दिन्थेँ तिमीलाई मुटु झिकी, मुटु पनि दिएरै बाँच्न सक्ने भए । कोही भन्दैथियो- आँफैलाई बिर्सिदिन सक्छु, परिचय नदिएरै बाँच्न सक्ने भए । उसले आत्महत्या [पूरा पढ्नुहोस्]

यो ज्यानको के कुरा, इमान गरिदिउँला – प्रकाश राजापुरी

यो ज्यानको के कुरा, इमान गरिदिउँला । देशको निम्ती सर्वश्व कुर्वान गरिदिउँला ।। संकट परेको बेला पावन धराको निम्ती, दधिची बनी देहको अनुदान गरिदिउँला ।। फुल्दछन जून चमनमा मायाप्रितीका फूल, त्यो चमनलाई यो रगत बलिदान गरिदिउँला ।। उत्सर्गबाट एक नयाँ ईतिहास रचेर, आमालाई विश्वमा महान गरिदिउँला ।। म पन्छी हुँँ अध्यारोमा मेरो गुँड जलाई, बगैचामा प्रकाशको पहिचान गरिदिउँला [पूरा पढ्नुहोस्]

गजल: मै कृषक अन्न फरैठु गवाँर डेख्लो काजे ?

गजल मै कृषक अन्न फरैठु गवाँर डेख्लो काजे ? सबक प्याट मै भरैठु महिन हेप्लो काजे ? टु जन्ठो का हर, जुवा, कोड्रा कसिख बनैठ ? हक मंगटी रहु म्वार डगर छेक्लो काजे ? हठियक देखैना डाँट कृषकह सुबिधा ! डुनियकठे सौडा पसर्ना खेल खेल्लो काजे ? करियाह उज्जर बनैना उ निमजा बान ! जे सक्कुहुन पल्ठा ओक्रह घ्याचा रेट्लो काजे ? [पूरा पढ्नुहोस्]

गजल: प्रिया सिन्दुर फर्केर आउने बाटो हेरेर बसिरहिन -बद्री सुबास

–बद्री सुबास गजल-१ मुटुमा देश अनि आँखामा सपना हजार बोकेर । गएको छ युद्धमा यौटा सैनिक हतियार बोकेर । जितेर आउँछ या सहिद बन्छ हेर्न बाकी नै छ, तर लिएर गएको छ फौजमा यौटा गद्धार बोकेर । प्रिया सिन्दुर फर्केर आउने बाटो हेरेर बसिरहिन, तर आयो हुलाकी उसको मृत्युको समाचार बोकेर । देशकोलागि लड्नेहरु यहाँ कैयौँ मरेर गए कयौँ, तर लिएर गए बाच्नेहरुको जिउने आधार बोकेर । गजल-२ बेईमानि नजरले [पूरा पढ्नुहोस्]

गजल: तन यो तिमीले, लुट्यौ पथैमा; सरमै नमानी, मैना चरीको ।

–दिपेन्द्र सुनामी दीप भन लौ कहानी, मैना चरीको । अब भो लगानी, मैना चरीको । तन यो तिमीले, लुट्यौ पथैमा, सरमै नमानी, मैना चरीको । भयछौ अतीनै, बैमान ओहो, यसरी दिवानी, मैना चरीको । कमलो जवानी, भारी बनायौ, तनको निशानी, मैना चरीको । [पूरा पढ्नुहोस्]

गजल : मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ।-हरि प्रकाश भण्डारी

-हरि प्रकाश भण्डारी गजल-१ कमजोरी तिमीमा हुन्छ ममा हुन्छ। तर पनि त आँखामा सपना हुन्छ। बैनी, ब्युटिपालर बन्द गरेर पुस्तक पसल खोल, नारीको सबैभन्दा ठूलो कमजोरी सुन्दरता हुन्छ। श्रीमान कि अदालत बन्द गर्नुहोस कि यो संकार, जब आउँछ गहन बिषय भट्टीमा फैसला हुन्छ। आउनुहोस्- एउटा सामुहिक सेल्फी खिचौ, मृत्युको बिश्वास छैन तस्वीर भोलि सम्झना हुन्छ। उ बहुत रिसाउछे अनि गाली गरेर जान्छे, म [पूरा पढ्नुहोस्]

गजल : फुल टिप्नु छ अनि मन्दिरमा चढाउनु छ

गजल – १ फुल टिप्नु छ अनि मन्दिरमा चढाउनु छ । भोली बिहानै मैले भगवानलाई फकाउनु छ । डाक्टरले आमालाई भगवानको भरमा छाडिदियो, पत्थरलाई ढोगेर आमालाई बचाउनु छ । बा स्वर्गे भएपछि ढुङ्गा कुट्न थाले, बा हुदा भन्नुहुन्थ्यो धेरै पढाउनु छ । यो मन चन्चल बनि उडिदिन्छ भावनामा, आज साथमै राखेर मनलाई संझाउनु छ ।। गजल – २ दिएथे श्रद्दान्जली, पायो कि पाएन । खै मलाई त केहि, खबर आएन । तिमी आफुले आफुलाई, [पूरा पढ्नुहोस्]

भट्टिमा पुग्छ मान्छे घर भन्दा पहिला।-अन्जु स्मारिका

-अन्जु स्मारिका जाडो आएछ हेर च्यादर भन्दा पहिला । भट्टिमा पुग्छ मान्छे घर भन्दा पहिला । बुढा बाआमा बिरामी देखेर छोराले पनि, वकिल बोलायो-डाक्टर भन्दा पहिला । तिमी जुन सिहासनमा बसेर गर्जिदैछौ, लाग्छ तिमी आयौ बाँदर भन्दा पहिला । सद्देलाई मूर्ख देख्छ,सत्यलाई नि झुट, ऊ गाउँमा बसेनछ सहर भन्दा पहिला । महाराजको मुख बिशालु र धारिलो छ, र त वचन लाग्छ खन्जर भन्दा पहिला । [पूरा पढ्नुहोस्]

गजल: सरावको बोतल भर्खर सकिएको बेला

1. के गर्ने छ्यौ हेर्ने नजर सकिएको बेला र हेर्दाहेर्दै तिम्रो अधर सकिएको बेला यो मृत्यु पनि एउटा खेल न हो आखिर अब किन डराउनु डर सकिएको बेला भो मलाई जिन्दगीको पाठ नसिकाऊ जिन्दगी नै जिउने रहर सकिएको बेला फेरि आएर तिमिले यो नसा उतारीदियौ सरावको बोतल भर्खर सकिएको बेला   2. एकाबिहानै एउटा अखबार मिलेको थियो त्यसैमा तिम्रो पनि समचार मिलेको थियो त्यो पनि तिमीले बीच बाटो मै छोडेर आयौ हेर! [पूरा पढ्नुहोस्]
1 2 3