वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

समाज

बाँसगढीमा युवायुवतीहरुलाई स्वास्थ्य तथा जीवनोपयोगी सिपमुलक तालिम संचालन

बाँसगढी, बर्दिया। बाँसगढीमा तीन दिने स्वास्थ्य तथा जीवनोपयोगी सिपमुलक तालिम मंगलबारदेखि संचालन भएको छ । बाँसगढी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको साझेदारीमा रेसलेस डेब्लोप्मेन्ट नेपालको आयोजनामा तालिम सुरु भएको हो । जीवन उपयोगी सिप र यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि बिषयमा किशोरी तथा यूवतीहरुलाई जानकारी दिने उदेश्यले सो तालिम आयोजना गरीएको आयोजकले जनाएको छ । [पूरा पढ्नुहोस्]

चेलीबेटी बेचबिखन बिरुद्ध सडक नाटक प्रदर्शन

चेलीबेटी बेचबिखन बिरुद्ध सडक नाटक मधुवन, बर्दिया। मधुवनको रत्नचोकमा चोकमा चेलीबेटी बेचबिखन बिरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । खुलेआम विज्ञापन गरेरै राम्रो रोजगारीको प्रलोभन देखाएर नेपाली चेलीहरु अप्रत्यक्ष रुमापा बेचिएको अवस्था चित्रण गरिएको नाटकमा नाता सम्बन्ध कै मान्छेहरुद्धारा चेलीबेटी बेचविखनमा लागेका गिरोहहरु पहिला रोजगारीको प्रलोभनमा पारी सिमा पार [पूरा पढ्नुहोस्]

जसले लालपुर्जा दिलाउछ मुक्त कमैयाको भोट उसैलाई

धनगढी, कैलाली। आसन्न चुनाव नजिकिँदै जाँदा कैलाली जिल्लाका मुक्त कमैयाले आफूहरुको उचित पुनः स्थापनाको पहल गर्नेलाई सहयोग गर्ने बताएका छन् । चुनावको समयमा आउने नेताहरु भोट माग्दै समस्या समाधानको आश्वासन दिने गरेकामा अहिलेसम्म समस्या समाधान नभएको भन्दै मुक्त कमैयाले जग्गाको लालपुर्जा बनाउन पहल गरिदिनेलाई सहयोग गर्ने बताएका हुन् । धनगढीको पुरानो हवाई मैदानको जग्गा ओगटेर [पूरा पढ्नुहोस्]

कर्मचारी नहुँदा राजापुर ईलाका वन कार्यालय बन्द; सेवाग्राही मर्कामा

राजापुर, बर्दिया । बर्दियाको राजापुरस्थित ईलाका वन कार्यालय एक साता देखि कर्मचारी विहीन भएको छ । कार्यालयमा कर्मचारी नहुँदा कामकाज ठप्प छ । कोहलपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले ईलाका वन कार्यालय राजापुरमा वन रक्षक सीताराम थारुले घुस लिदै गर्दै पक्राउ परे पछि चार कर्मचारी तानिएका कारण कार्यालयको कामकाज ठप्प भएको हो । पक्राउ परेका वन रक्षक चौधरीको बयान पछि [पूरा पढ्नुहोस्]

बर्दियाको ५७ क्षेत्र अति संवेदनशील; सुरक्षा जाँचलाई कडा पारिएको प्रहरीको भनाई

गुलरिया, बर्दिया। प्रतिनिधि र प्रदेश सभाका निर्वाचनका लागि बर्दियाको ५७ क्षेत्रलाई अति संवेदनशील मानिएको छ । अति संवेदशनशील मानिएका क्षेत्रहरुमा नेपाल भारत सीमा, बासगढी, पाताभार, बनियाभार लगायत रहेको प्रशासनले जनाएको छ । प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार अति संवेदनशील तथा संवेदनशील ४१ र सामान्य ५५ मतदान केन्द्र रहेका छन् । अति संवेदनशील र संवेदनशील मानिएको स्थलमा [पूरा पढ्नुहोस्]

परिवार नियोजन संघद्धारा जनप्रतिनिधि सम्मानित

परासी। नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले जिल्लाका स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शाखाले आज आयोजना गरेको श्रोत परिचालन सम्बन्धमा जनप्रतिनिधिहरु संग अन्तरक्रिया कार्यक्रममा विभिन्न स्थानिय तहका प्रमुख–उपप्रमुख र वडा अध्यक्षहरुलाई दोसल्ला लगाई सम्मान गरेको हो । विगत ३० वर्षदेखि नवलपरासी जिल्लामा यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा काम [पूरा पढ्नुहोस्]

कलेजमा अध्ययनरत विद्यार्थीहरुले प्रदर्शन गरे आफैले बनाएको विद्युतीय सामग्री

नेपालगन्ज,बाँके। नेपालगन्जका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका विद्युतीय सामाग्री बनाएर प्रदर्शन गरेका छन् । उनीहरुले बनाएका सामाग्रीबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरिएको थियो । आफ्नो छोराछोरी विद्यालयमा पुग्यो कि पुगेन, सुतेरै बत्ती बन्द र खोल्न सकिने जस्ता विभिन्न प्रकारका विद्युतीय उपकरणहरु बनाएको विद्यार्थी विमलकुमार यादवले [पूरा पढ्नुहोस्]

पेस्तोल र गोली सहित एक युवा पक्राउ

नेपालगन्ज, बाँके। नेपालगन्ज भन्सार नाकाबाट प्रहरीले पेस्तोल र गोली सहित एक युवालाई पक्राउ गरेको छ । ४५ थान गोली र एक थान यएरगन सहित बाँके प्रहरीले एक जनालाई नेपाल–भारत सीमा नाका जमुनाहबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे–७ का रमेश योगीको साथमा एक थान यएर गन र त्यसमा लाग्ने ४५ थान गोलीसहित बुधबार बिहान साढे छ [पूरा पढ्नुहोस्]

राजापुरमा सामुदायिक मेलमिलाप र सद्भावका लागि सांस्कृतिक कार्यक्रम

राजापुर| राजापुरमा सामुदायिक मेलमिलाप र सद्भावका लागि अन्तर सामुदायिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । राजापुर नगरपालिका- ४ सरस्वती सामुदायिक भवनको प्राङ्गणमा कार्यक्रम गरिएको थियो । बिबिधतायुक्त हाम्रो समाजमा सामुदायिक मेलमिलाप र सद्भावका लागि अन्तर सामुदायिक सांस्कृतिक कार्यक्रमले ठूलो भूमिका खेल्ने उपस्थित वक्ताहरुले विचार व्यक्त गरेका थिए । आज सम्पन्न [पूरा पढ्नुहोस्]
1 2 3 4 57