वि.सं.   आइतवार, माघ ५, २०७६   तदनुसार  19 January 2020

समाज

सदस्यहरुलाई ऋण लगानी गर्नु पहिले ब्यवसायिक योजना बताउनुस् : नगरप्रमुख श्रेष्ठ

भुरिगाउँ (बर्दिया) : ठाकुरबाबा नगरस्तरीय सहकारी संजालको आयोजनामा सदस्यहरुको व्यावसायिक योजना निर्माण तालिम सम्पन्न भएको छ । सहकारी सदस्यहरुको संचालन गर्न चाहेको व्यवसायको व्यवसायिक योजना बनाउन सहयोग पुर्याउने उद्देश्यले ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । प्रशिक्षक गणेश भट्राईले सहभागी सहकारीका प्रतिनिधीहरुलाई ब्यवसायिक [पूरा पढ्नुहोस्]

बमको आशंकामा डिस्पोज, भेटियो चरेस

भुरिगाउँ (बर्दिया) : ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोला देखे पछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा चरेस फेला परेको छ । शंकास्पद झोलाभित्र झण्डै ११ किलो चरेस फेला परेको [पूरा पढ्नुहोस्]

चाडपर्वलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा बृद्धि

विमला ढकाल/भुरिगाउँ (बर्दिया) : दशैंलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा प्रहरीले बिशेष निगरानी बढाएको छ । पूर्व पश्चिम राजमार्गमा २४ घण्टा ट्राफिक सहितको चेकिङ भई रहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँका ईनिस्पेक्टर बसन्त पाण्डेले बताए । चाडपर्वका अबसरमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सर्तकता अपनाउनु पर्ने भएकाले सम्पुर्ण स्थानियहरुलाई सहयोग गर्न समेत प्रहरीले आग्रह [पूरा पढ्नुहोस्]

बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयो

बांसगढी (बर्दिया) : पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको ज्यान गएको छ । बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काटन गएका बेला पाटे बाघको आक्रमणमा परि बाँसगढी नगरपालिका २ राँझाकी ४० वर्षीया गंगा सलामी मगरको बुधबार बेलुका ज्यान गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए । ‘बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत [पूरा पढ्नुहोस्]

हिमालय सहकारीद्वारा स्थापना दिवसमा ७४ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान

बगनाहा (बर्दिया) । ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले एक कार्यक्रमका बिच संस्थाका ७४ जना शेयर सदस्यका छोराछोरीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । संस्थाको २१ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ती प्रदान गरेको हो । २०५६ साल भाद्र २४ गते स्थापना भएको संस्थाले आफ्नो २१ औं स्थापना दिवस मनाएको हो । संस्थाको वार्षिक नियमित कार्यक्रम अन्र्तगत [पूरा पढ्नुहोस्]

पत्रकार योगीलाई धम्की दिने ब्यक्ति पक्राउ

भुरिगाउँ, बर्दिया । उज्यालोका बर्दिया संवाददाता एवम् रेडियो टाइगरका प्रबन्धक भावुक योगीलाई ज्यान मार्ने धम्की दिने ब्यक्ति पक्राउ परेका छन् । अपरिचित नम्बरबाट कमल शाही पाल्पा घर बताउने व्यक्तिले अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएपछि योगीले जिउ ज्यानको सुरक्षासहित दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै उजुरी दिएका थिए । पत्रकार योगीले दिएको उजुरीको आधारमा [पूरा पढ्नुहोस्]

ज्यान मार्ने धम्की आएपछि पत्रकारले दिए उजुरी

भुरिगाउँ, बर्दिया । ज्यान मार्ने धम्की आएपछि पत्रकार भावुक योगीले सुरक्षाको माग गर्दै प्रशासनमा उजुरी दिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सचिव एवम् उज्यालोका बर्दिया संवाददाता योगीलाई ज्यान मार्ने धम्की आएपछि उनले सोमबार जिल्ला प्रशासन कार्यालय बर्दियामा उजुरी दिएका हुन् । अपरिचित व्यक्तिले फोनबाट अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएपछि [पूरा पढ्नुहोस्]

बर्दिया राष्ट्रिय निकुञ्जका बाघ आक्रमक बन्दै

भुरिगाउँ, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका पाटेबाघ आक्रमक बन्न थालेका छन् । आहाराको खोजी लगायत नयाँ आधारक्षेत्र खोज्ने क्रममा बाघ आक्रमक बन्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । उमेर पुगेका बाघ नयाँ आधारक्षेत्र खोज्ने क्रममा पनि आक्रामक हुने गरेको निकुञ्ज स्रोतले जनाएको छ । बाघको आक्रमणबाट बर्दियामा भाद्र महिनामा [पूरा पढ्नुहोस्]

बाघको आक्रमणबाट भुरिगाउँमा वृद्धको मृत्यु

भुरिगाउँ (बर्दिया) । ठाकुरबाबा नगरपालिकामा बाघले आक्रमण गर्दा एक वृद्धको ज्यान गएको छ ।  ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँ स्थित आफ्नै घरमा बाघको आक्रमणबाट ७० वर्षीय पाहारी थारुको ज्यान गएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले पुष्टि गरेका छन् । मृतक थारूको शरीरबाट रगत चुसेर बाघ जंगलमा पसेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए । बाघ बर्दिया राष्ट्रिय [पूरा पढ्नुहोस्]

स्थानीय सरकार नागरिक समाजसंग समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड

बढैयाताल– बढैयाताल गाउँपालिकाले नागरिक समाजसंग समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा एक कार्यक्रमको सहभागीहरुले जोड दिएका छन् । नागरिक समाज, सञ्चार जगत, जनप्रतिनिधि सेवाप्रदायकसंगै सरोकारवाला बीचको छलफलबाट एकअर्कालाइ नजिक ल्याउने पारस्परिक समझदारी बढाउने स्थानीय सरकारलाई जनउत्तरदायी र पारदर्शी बनाई सुशासन कायम गर्ने उदेश्यका साथ गठन भएको साझेदारी मञ्चकोे बैठक [पूरा पढ्नुहोस्]
1 2 3 75