वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

समाज

बर्दियामा साना किसानलाई अनुदान उपलब्ध गराइने

बारबर्दिया, बर्दिया । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले साना किसानलाई सिधै अनुदान उपलब्ध गराउन प्राथमिकताका साथ काम अघि बढाएको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाको पहिलो नगरसभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पहुँचवाला सहकारी या किसानलाई मात्र अनुदान दिने कार्यलाई निरुत्साहित गरी साना किसानलाई प्राथमिकतामा राखी अनुदानका कार्यक्रम ल्याउन लागिएको [पूरा पढ्नुहोस्]

भुरिगाउँमा यात्रु बाहक बस पल्टियो

तस्बिर: रामबहादुर अबिरल भुरिगाउँ, बर्दिया । बर्दियाको भुरिगाउँ नजिकै आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । नारायणगढबाट धनगढीका लागि छुटेको ना ४ ख ४३५३  नम्बरको बस पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने भुरिगाउँ बजारको करिब २०० मिटर अगाडि पल्टिएको हो । बसमा सवार २ जना यात्रु सामान्य घाईते भएको जनाईएको छ । बस राजमार्गको दक्षिणपट्टि उत्तानो अवस्थामा रहेको छ भने [पूरा पढ्नुहोस्]

बर्दियामा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा ३ घाइते: एकको अवस्था गम्भिर

राजापुर बर्दिया । बर्दियामा शनिबार भएका छुट्टाछुट्टै दुई दुर्घटनामा परेर ३ जना घाईते भएका छन भने एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण बर्दियाको राजापुर कोठियाघाटमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परेको छ । भे १प ७६०३ नम्मरको मोटरसाईक दुर्घटनामा परेको हो । दुर्घटनामा २ जना घाइते भएको बताईएको छ । घाईते मध्य १ जनाको अवस्था गम्भीर रहेको खैरी चन्दनपुर [पूरा पढ्नुहोस्]

मन्त्री दहितद्वारा बाढी प्रभावित सुकुम्बासी टोलको अनुगमन: आवश्यक परे बस्ती स्थानान्तरण गर्ने प्रतिबद्दता

ठाकुरबाबा,बर्दिया। भुमीसुधार तथा व्यवस्था मन्त्रि गोपाल दहितले ठाकुरबाबा नगरपालिका बेसर्मा फाँटा, रानीपुर, गोदाना लगायतका बाढी प्रभावित गाउँको स्थलगत अनुगमन गर्नु भएको छ । ठाकुरबाबा नगरपालिकामा बबई नदीको बाढी पस्ने मुख्य ठाउँ र नदी कटानका समस्याका बारेमा अनुगमनमा आएको टोलीलाई स्थानियबासीहरुले अवगत गराएका थिए । स्थलगत अनुमगमनमा आउनु भएका मन्त्रि दहितले यस क्षेत्रमा [पूरा पढ्नुहोस्]

गेरुवा गाउँपालिकालाई अध्यारोमुक्त गाउँपालिका बनाईने

राजापुर, बर्दिया । गेरुवा गाउँपालिकालाई अध्यारोमुक्त गाउँपालिका बनाईने भएको छ । गेरुवा गाउँपालिकाको प्रथम गाउँसभाको उद्घाटन कार्यक्रमा बोल्दै अध्यक्ष जवान सिं के.सी.ले गाउँपालिकालाई एक बर्ष भित्र अध्यारो मुक्त बनाउने धोषणा गरेका हुन । त्यसैगरी अध्यक्ष के.सी.ले बस्तीस्तरबाट छनौट भई आएका योजनाहरुलाई प्राथमिकरण गरि रकम विनियोजित गरिएको बताउदै योजना छनौटमा कुनै किसिमको [पूरा पढ्नुहोस्]

बाढीले तीन सन्तान गुमाएका कमिलालको पिडादायी कथा

नेपालगन्ज, बाके। बाढीले तीन सन्तान गुमाएका बाँके राप्ती सोनारी गाउँपालिका ४ लालपुरका कमीलाल बिहीवार भत्केको घरलाई पुननिर्माणमा लागेका छन । अध्यारो मुख लगाउदै काम गर्दाको जागर उनमा देखिएको थिएन् । मनमा जोस जागर पटक्कै देखिएको थिएन कमिलालको अनुहारमा । होस पनि कसरी ३ सन्तान गुमाएको पीडाले उनमा २ घण्टाको हाम्रो बसाईमा हासो कहिल्यै देखिएन । भत्केको घरलाई सम्हाल्दै थिए कमिलाल [पूरा पढ्नुहोस्]

पोखराका समाजसेवीले बर्दियाका बाढीपिडितलाई राहत बाँडे

ठाकुरबाबा, बर्दिया पोखराका समाजसेवीहरुले बर्दियाको ठाकुरबाबा नगरपालिकाका २ वटा वडाका बाढीपिडितहरुलाई राहत सामाग्री वितरण गरेका छन् । ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ शुन्दरपुर गाउँ र वडा नम्बर ८ ठाकुरद्धारा गाउँका ३२ घर परीवारका पुर्ण क्षती भएका बाढीपिडितलाई चामल, दाल, तेल, नुन लगाएतका खाद्य सामाग्री सहित कम्मल र झुल वितरण गरेका हुन । अन्य ८ जनाको राहत सामाग्री वडा [पूरा पढ्नुहोस्]

बाढीबाट प्रभावित पशुपंक्षीलाई निशुल्क स्वास्थ्य सेवा शिविर सुर्यपटुवामा सम्पन्न

सुर्यपटुवा, बर्दिया । बाढीबाट प्रभावित भएका बिरामी तथा घाइते पशुपंछिहरुको राहत स्वरुप एक दिने निशुल्क पशु स्वास्थ्य सेवा शिबिर मधुबन नगरपालिका-१ सुर्यपटुवा र वडा नम्बर २ सोनाहामा सम्पन्न भएको छ । नेपाल पशुसेवा प्राबिधिक संघ नेल्टा बर्दियाको आयोजना तथा खाता सामुदायिक वन समन्वय समिति मधुबन नगरपालिका ३ खाताको आर्थिक सहयोग तथा नेपाली काग्रेस मधुबन नगरपालिका १ सुर्यपटुवाको [पूरा पढ्नुहोस्]

गेरुवा गाउँपालिकामा जंगली हात्तीले १० वटा घर भत्कायो !

गेरुवा, बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक फेरी बढेको छ । गेरुवा नदी तटीय क्षेत्रमा जंगली हात्तीको राम्रो बासस्थान भएसँगै सो क्षेत्रमा जंगली हात्तीको आतंक बढेको हो । विगत केही दिनदेखि पुनः जंगली हात्ती सक्रिय भई आतंक फैलाइरहेको स्थानीयले बताएका छन् । बर्दियाको गेरुवा गाउँपालिकामा आइतवार राति जंगली हात्तीले आक्रमण गरी १० वटा घर भत्काएको जनाईएको छ । गेरुवा गाउँपालिका [पूरा पढ्नुहोस्]

बर्दियाका बाढी प्रभावितलाई राहत सामग्री बितरण

गुलरिया, बर्दिया। बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर ३ का बाढी प्रभावित ३ सय घर परिवारलाई आज राहत बितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति बर्दिया समन्वय र ड्यान चर्च एड (डि.सि.ए) को आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्र बर्दियाद्धारा राहत सामग्री बितरण गरिएको हो । बितरित राहत सामग्रीमा जम्मा २३ लाख ४४हजार रुपैयाँको रहेको थारु महिला उत्थान केन्द्रकी कार्यकारी [पूरा पढ्नुहोस्]
1 2 3 52