वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

शिक्षा

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा

गुलरिया, बर्दिया । लामो समयदेखि सामुदायिक विद्यालयहरूमा कर्मचारीको रूपमा काम गर्दै आइरहेका कर्मचारीहरूले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । श्रमको मूल्यांकन र विद्यालय कर्मचारीहरूको नागरिक हक एवं मानवअधिकार रक्षाको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दी नदिएकाले न्यूनतम पारिश्रमिकमा काम गर्नु परेको [पूरा पढ्नुहोस्]

ठाकुरबाबा नगरपालिकाको सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग

सौगात श्रेष्ठ/ठाकुरबाबा (बर्दिया) । ठाकुरबाबा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहतमा आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख घननारायण श्रेष्ठले बताए । यो संगै अब सम्बन्धित वडाका वडा [पूरा पढ्नुहोस्]

राजापुरमा विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

राजापुर (बर्दिया) । गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज बर्दियाद्धारा राजापुर न.पा. वार्ड नं.—१, मा अवस्थित श्री कालिका माध्यामिक विद्यालयमा अध्ययनरत् कक्षा १ देखि १० सम्मका विपन्न परिवारका जम्मा २७६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक वितरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी परियोजना ब्यवस्थापन [पूरा पढ्नुहोस्]

ठाकुरबाबाका नगरप्रमुखलाई तरकारीको मालाले स्वागत

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले देशमा ब्याप्त बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन् । ठाकुरबाबा नगरपालिका–३, जुडपानीमा रहेको श्री चुरे माद्यमिक विद्यालयको प्राविधिक शिक्षा तर्फको कृषि आई पी एम कार्यक्रमको अवलोकन गर्न विद्यालय पुगेका नगरप्रमुख श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै [पूरा पढ्नुहोस्]

ठाकुरबाबाका निजी शिक्षक र कर्मचारीको तलब स्थानिय तहले दिनु पर्ने माग

सुदीप अधिकारी/भुरिगाउँ (बर्दिया) । नेपाल शिक्षक महासंघ ठाकुरबाबा नगरकार्य समितिले ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत निजी शिक्षक र कर्मचारीहरुको तलब स्थानिय तहले उपलब्ध गराउनु पर्ने  माग गरेको छ । विद्यालयमा स्रोत अभाव हुँदा निजी शिक्षक तथा कर्मचारी व्यवस्थापन गर्न समस्या भएको भन्दै महासंघले उनीहरुको तलब स्थानिय तहबाट माग गरेको जनाएको छ । [पूरा पढ्नुहोस्]

अनेरास्ववियू बर्दिया जिल्ला अध्यक्ष पंगेनीद्वारा अर्जुनको अभिभावकत्व ग्रहण

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) । नयाँ शैक्षिक सत्रको भर्ना अभियान सञ्चालन भइरहँदा विभिन्न तहका ब्यक्तीहरुद्वारा गरिब तथा जेहेन्दार एवम् फरक पृष्ठभुमिका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्ने शिलशिला चलि रहेको छ । यसैक्रममा ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँका स्थायी बासिन्दा अनेरास्ववियूका जिल्ला अध्यक्ष, युवा समाजसेवी एवम् शिक्षाप्रेमी महेन्द्र पंगेनीले आज एक [पूरा पढ्नुहोस्]

बर्दियाका सवैै स्थानिय तहमा नेपाल शिक्षक महासंघको नयाँ नेतृत्व चयन

भुरिगाउँ (बर्दिया) । बर्दियाका सबै स्थानीय तहमा नेपाल शिक्षक महासंघको नयाँ नेतृत्व चयन गरिएको छ । गुलरियामा भएको नेपाल शिक्षक महासंघ बर्दियाको दोस्रो जिल्ला अधिवेशनद्वारा निर्वाचित जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरुको घोषणा सभामा बोल्ने वक्ताहरुले जिल्लामा रहेका ८ ओटै स्थानीय तहहरुको शिक्षा नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिँदै शिक्षा नीतिको एकरुपताका लागि नवगठित [पूरा पढ्नुहोस्]

बर्दियाबाट एसईईमा ७ हजार बढी परीक्षार्थी सहभागी हुँदै

गत वर्षभन्दा यस वर्ष एसईई दिने विद्यार्थीको संख्या करिव एक सयको हाराहारीले घटेको शिक्षा कार्यालयले जनाएको छ । यसैगरी छात्र भन्दा छात्रा परीक्षार्थीको संख्या बढी रहेको छ । सुदीप अधिकारी/बर्दिया । चैत्र ८ गतेदेखि सुरु हुने यस वर्षको एसईई परीक्षामा बर्दियाबाट ७ हजार ४ सय ८ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय बर्दियाको तथ्याङ्क अनुसार एसईई परीक्षामा [पूरा पढ्नुहोस्]

पढाईलाई छेकेन उमेरले : ४८ वर्षमा कक्षा ८ को परिक्षा दिदैं अम्बिका

सुदीप अधिकारी/ठाकुरबाबा । उमेरले ४८ वर्ष पुगिन अम्बिका थारु । सानो छँदा भेडाबाख्राको गोठालो र बुझने हुँदा घरको चुलोचौकोमै स्कूले उमेर बिताएकी बर्दिया ठाकुरबाबा नगरपालिका– ३ नेउलापुरकी अम्बिकाको दैनिकी आजभोली भने फेरीएको छ । यतीखेर उनी चुलोचौकोका साथै कितावसँग पनि रमाउन थालेकी छन् । उनी अहिले स्कुले उमेरको अधुरो पढाईलाई पुरा गर्ने अठोटका साथ कक्षा ८ को परीक्षा दिइरहेकी [पूरा पढ्नुहोस्]

प्रश्नपत्र चोरी भए पछी बाँसगढीमा कक्षा ८ को परिक्षा स्थगित

भावुक योगी/बर्दिया । कक्षा ८ को प्रश्नपत्र चोरी भएपछि बर्दियाको बाँसगढी नगरपालिकामा परीक्षा स्थगित भएको छ । बिहीबार देखी संचालन गर्ने भनिएको कक्षा ८ को परीक्षा प्रश्नपत्र चोरी भएपछी स्थगित भएको हो । बाँसगढी नगरपालिकाको लालिगुँरास माध्यामिक विद्यालय माछागढको कार्यालयमा राखिएका प्रश्नपत्र चोरी भएपछि परीक्षा स्थगित गर्नु परेको विद्यालय निरीक्षक रविलाल निगारले बताए । [पूरा पढ्नुहोस्]
1 2 3 4 10