वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

शिक्षा

राजापुरमा विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

राजापुर (बर्दिया) । गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज बर्दियाद्धारा राजापुर न.पा. वार्ड नं.—१, मा अवस्थित श्री कालिका माध्यामिक विद्यालयमा अध्ययनरत् कक्षा १ देखि १० सम्मका विपन्न परिवारका जम्मा २७६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक वितरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी परियोजना ब्यवस्थापन [पूरा पढ्नुहोस्]

ठाकुरबाबाका नगरप्रमुखलाई तरकारीको मालाले स्वागत

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले देशमा ब्याप्त बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन् । ठाकुरबाबा नगरपालिका–३, जुडपानीमा रहेको श्री चुरे माद्यमिक विद्यालयको प्राविधिक शिक्षा तर्फको कृषि आई पी एम कार्यक्रमको अवलोकन गर्न विद्यालय पुगेका नगरप्रमुख श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै [पूरा पढ्नुहोस्]

ठाकुरबाबाका निजी शिक्षक र कर्मचारीको तलब स्थानिय तहले दिनु पर्ने माग

सुदीप अधिकारी/भुरिगाउँ (बर्दिया) । नेपाल शिक्षक महासंघ ठाकुरबाबा नगरकार्य समितिले ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत निजी शिक्षक र कर्मचारीहरुको तलब स्थानिय तहले उपलब्ध गराउनु पर्ने  माग गरेको छ । विद्यालयमा स्रोत अभाव हुँदा निजी शिक्षक तथा कर्मचारी व्यवस्थापन गर्न समस्या भएको भन्दै महासंघले उनीहरुको तलब स्थानिय तहबाट माग गरेको जनाएको छ । [पूरा पढ्नुहोस्]

अनेरास्ववियू बर्दिया जिल्ला अध्यक्ष पंगेनीद्वारा अर्जुनको अभिभावकत्व ग्रहण

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) । नयाँ शैक्षिक सत्रको भर्ना अभियान सञ्चालन भइरहँदा विभिन्न तहका ब्यक्तीहरुद्वारा गरिब तथा जेहेन्दार एवम् फरक पृष्ठभुमिका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्ने शिलशिला चलि रहेको छ । यसैक्रममा ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँका स्थायी बासिन्दा अनेरास्ववियूका जिल्ला अध्यक्ष, युवा समाजसेवी एवम् शिक्षाप्रेमी महेन्द्र पंगेनीले आज एक [पूरा पढ्नुहोस्]

बर्दियाका सवैै स्थानिय तहमा नेपाल शिक्षक महासंघको नयाँ नेतृत्व चयन

भुरिगाउँ (बर्दिया) । बर्दियाका सबै स्थानीय तहमा नेपाल शिक्षक महासंघको नयाँ नेतृत्व चयन गरिएको छ । गुलरियामा भएको नेपाल शिक्षक महासंघ बर्दियाको दोस्रो जिल्ला अधिवेशनद्वारा निर्वाचित जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरुको घोषणा सभामा बोल्ने वक्ताहरुले जिल्लामा रहेका ८ ओटै स्थानीय तहहरुको शिक्षा नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिँदै शिक्षा नीतिको एकरुपताका लागि नवगठित [पूरा पढ्नुहोस्]

बर्दियाबाट एसईईमा ७ हजार बढी परीक्षार्थी सहभागी हुँदै

गत वर्षभन्दा यस वर्ष एसईई दिने विद्यार्थीको संख्या करिव एक सयको हाराहारीले घटेको शिक्षा कार्यालयले जनाएको छ । यसैगरी छात्र भन्दा छात्रा परीक्षार्थीको संख्या बढी रहेको छ । सुदीप अधिकारी/बर्दिया । चैत्र ८ गतेदेखि सुरु हुने यस वर्षको एसईई परीक्षामा बर्दियाबाट ७ हजार ४ सय ८ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय बर्दियाको तथ्याङ्क अनुसार एसईई परीक्षामा [पूरा पढ्नुहोस्]

पढाईलाई छेकेन उमेरले : ४८ वर्षमा कक्षा ८ को परिक्षा दिदैं अम्बिका

सुदीप अधिकारी/ठाकुरबाबा । उमेरले ४८ वर्ष पुगिन अम्बिका थारु । सानो छँदा भेडाबाख्राको गोठालो र बुझने हुँदा घरको चुलोचौकोमै स्कूले उमेर बिताएकी बर्दिया ठाकुरबाबा नगरपालिका– ३ नेउलापुरकी अम्बिकाको दैनिकी आजभोली भने फेरीएको छ । यतीखेर उनी चुलोचौकोका साथै कितावसँग पनि रमाउन थालेकी छन् । उनी अहिले स्कुले उमेरको अधुरो पढाईलाई पुरा गर्ने अठोटका साथ कक्षा ८ को परीक्षा दिइरहेकी [पूरा पढ्नुहोस्]

प्रश्नपत्र चोरी भए पछी बाँसगढीमा कक्षा ८ को परिक्षा स्थगित

भावुक योगी/बर्दिया । कक्षा ८ को प्रश्नपत्र चोरी भएपछि बर्दियाको बाँसगढी नगरपालिकामा परीक्षा स्थगित भएको छ । बिहीबार देखी संचालन गर्ने भनिएको कक्षा ८ को परीक्षा प्रश्नपत्र चोरी भएपछी स्थगित भएको हो । बाँसगढी नगरपालिकाको लालिगुँरास माध्यामिक विद्यालय माछागढको कार्यालयमा राखिएका प्रश्नपत्र चोरी भएपछि परीक्षा स्थगित गर्नु परेको विद्यालय निरीक्षक रविलाल निगारले बताए । [पूरा पढ्नुहोस्]

फिल्ड र व्यवस्थापन खर्च नपाएको श्रोत व्यक्तिहरुको गुनासो

सुदीप अधिकारी/बर्दिया। बर्दिया जिल्लाका श्रोत व्यक्तिहरूले फिल्ड भत्ता र स्रोतकेन्द्र व्यवस्थापन बापत रकम नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष सुरु भएको आठ महिना बित्न लाग्दा पनि स्रोत व्यक्तिहरूले भत्ता र व्यवस्थापन खर्च पाएका छैनन् । चालू आर्थिक वर्ष २०७४/७५ को साउन महिनादेखि हालसम्म फिल्ड भत्ता र स्रोत केन्द्र व्यवस्थापन खर्च नपाउँदा काम गर्न गाह्रो भएको स्रोत [पूरा पढ्नुहोस्]

‘ठाकुरबाबा नगरक्षेत्रका शिक्षक-विद्यार्थीहरूले मोवाईल प्रयोग गर्न नपाउने’

ठाकुरबाबा नगर क्षेत्रका विद्यालयका विद्यार्थीहरूले बिद्यालय जांदा मोवाईल नलग्ने तथा शिक्षक, शिक्षिकाहरुले पनि कक्षा कोठामा मोवाईल प्रयोग गर्न नपाउने निर्णय गरेको छ । यदि नियम बिपरित कसैले मोबाइल लगेमा कारबाहि गरिने बताइएको छ ।  भुरिगाउँ, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा बिहिबार व्यबहारिक शिक्षा लागु गर्ने बिषयमा सरोकारवाला ब्यक्तिसँग एक दिने अन्तरकृया [पूरा पढ्नुहोस्]
1 2 3 9