वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

लेख

राजनितिमा समयको चेत: के हामीमा साँच्चै परिवर्तन आयो त ?

  ०६२/६३ को जनआन्दोलन पछि राजनितिक रुपमा जनताहरु सचेत र जागरुक भएको कुरालाई नकार्न सकिदैन । हिजो आज बर्गिय रुपमा पिछडिएका जनताहरु आत्मअधिकार र आत्मनिर्णयको अधिकारका लागि आवाज उठाउन सक्षम भएका छन र उनिहरुको सक्रिय राजनितिमा सहभागिता पनि भएको पाईन्छ । विगतमा सामन्ती राज्यसत्ताबाट दबिएका, दबाइएका, निषेध गरिएका र उपेक्षा गरिएका जनता नै खासगरि पछिल्लो समयमा राजनितिमा सक्रिय [पूरा पढ्नुहोस्]

के हामी फेरि साथी बन्न सक्छौँ ?

एउटा सम्बोधन बिनाको पत्र । सम्बोधन गर्न कुनै नाता नभेटीएकोले सम्बोधन बिनै लेखिएको पत्र । काल्पनिकता लागेमा संयोग मात्र हुनेछ, यो पत्र । तिमीलाई याद छ की छैन, २०६२ पुस १७ गते हाम्रो दोस्रो भेट भएको थियो । पहिलो भेटकोे मिति याद छैन, त्यसको खासै तर तिम्रो त्यो अबोध अनुहार अझैपनि मेरो स्मृतिमा ताजा छ । दोस्रो भेटपछि नै हो हाम्रो मित्रता झाङ्गिएको । तिमी ८ कक्षामा पढ्थ्यौ, म ७ मा । [पूरा पढ्नुहोस्]

बालश्रम विरुद्धको दिवस: बालश्रम र यसको निवारण

पृष्ठभूमि आजको यस उत्तर आधुनिक काल (Post Modernism) एवं विकासको चरम सिमामा पुगेको यस संसारमा अझै पनि ठूलो संख्यामा बालबालिकाहरुको मानसिक, शारीरिक र आर्थिक शोषण भइरहेको अवस्था छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपाल विकासशील राष्ट्र भएकोले यहाँ पनि अझै धेरे बालश्रम लिई शोषण भइरहेको छ । कुनै पनि देशको नागरिकको जीवन र स्वतन्त्रताको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हुनछ । यसै सन्दर्भमा [पूरा पढ्नुहोस्]

प्यारो मान्छे तिमीलाई जन्मदिनको शुभकामना

यो समय कती छिटो छिटो चल्छ है ? थाहै हुँदैन समय बितेर गएको । तिमी संग चिनजान भएको पनी आठ वर्ष पुग्न लागी सकेछ । अनी यो पुग नपुग आठ वर्षको यात्रा खै कसरी कसरी बिते थाहै भएन । मलाई यकिन याद त छैन कि तिमी संग पहिलो पटक कहाँ बोलेको थिएँ तर मलाई सम्झनामा भए सम्म विद्यालयमा रेडक्रसको पुर्नगठनबाट परिचय भएको थियो हाम्रो । त्यो परिचय त्यति मै सिमित रह्यो म अध्यक्ष, तिमी उपाध्यक्ष अनी अरु [पूरा पढ्नुहोस्]

बर्दियालाई झुटो आश्वासन हैन, विकास राजनीतिको खाँचो छ ।

तराईको सबैभन्दा पिछडिएको जिल्ला हो बर्दिया । पहिला–पहिला बर्दियाभन्दा काठमाडौंका मानिसलाई भारतको कुनै ठाउँ हो कि जस्तो गर्थे। नेपालगन्जसँग जोडिएको जिल्ला भनेपछि ‘ए, बाँके बर्दिया !’ भन्थे । बर्दियाको छुट्टै अस्तित्व स्विकार्दैनथे । वामदेव गौतम पहिलोपटक गृहमन्त्री भएपछि बर्दिया चर्चामा आयो । उनले आफू जितेको १ नम्बर क्षेत्रमा बबई नहर परियोजना ल्याएपछि झन् चर्चामा आयो । [पूरा पढ्नुहोस्]

आफ्नो गाउँठाउँ बिकासका लागि आफै किन नजुट्ने ?

सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् । हुनत: राज्य संयन्त्रबाट यस विषयमा चासो राख्नु पर्ने हो तापनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना तत्काल पुरा हुने देखिदैन । राज्यले चाहे परिवर्तन हुन सक्छ भन्ने हाम्रै जस्तो भुपरिवेस्ठित छिमेकी मुलुक भुटानले शिक्षा र [पूरा पढ्नुहोस्]

प्रेमीसँगको पहिलो रात

उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ । उनि छैनन् बस छ त केवल उनको स्पर्श, उनको सुगन्ध, उनको कल्पना, उनको याद र उनको सपना मात्र ।त्यो एक रात अनि एउटाको साथ, पुरै जिन्दगी पलभरमै जिएको जस्तो मेरो आभास, सायद उनको पनि । फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सामिप्यतातर्फ लम्किदा लम्किदै उनि मेरो र म उनको भइसकिएको थियो । उनका तस्विर [पूरा पढ्नुहोस्]

करोडौँ कस्तूरी र शैक्षिक अन्तर्य

स्वर सम्राट स्व. नारायण गोपालको स्वरमा कस्तूरीको बास आउँछ भन्छन् , सुनमाया आउँदैन त्यो किन ? हो यो दिनैमा, हो यो दिनैमा… भन्ने कर्णप्रिय गीत रेडियो नेपालबाट गुञ्जिँदा सुन्ने र पाठ्यपुस्तक वा सामान्य ज्ञानका पुस्तकमा कस्तूरी मृग भन्ने जनावरको नाभीमा पाइने सुगन्धित वस्तु बिना हो भनी पढ्ने हामी धेरैले शाव्दिक अर्थ मात्र जानेका रहेछौँ । हामी सबैले उक्त वस्तुका बारेमा जाने सुने [पूरा पढ्नुहोस्]

पोहोर पनी आउँछु भन्दा भन्दै आउन पाईएन…

– सौगात श्रेष्ठ हेर्दा हेर्दै यो वर्षको तिहार पनी घर आगन मै आई पुगेछ । गाउँघरमा आँगन भरी सयपत्री र मखमली फुलि रहेको होला, केटाकेटीहरु नयाँ नयाँ कपडामा रमाई रहेका होलान । उता घरदेशमा आँगन भरी सयपत्रीहरु फुल्दा यो प्रदेशीको मन भने ओईलाइ रहेको छ । उता चारै तिर झिलीमिली दिपहरु बलि रहँदा, यो मन औंशीको रात जस्तै अँधेरीएको छ । उता गाउँमा युवाहरु देउसी भैली खेल्ने तयारी गरि रहेका [पूरा पढ्नुहोस्]

भूमध्यसागरबाट काठमाडौ सम्झेर

-समाश्री           प्रिय काठमाडौं, विदुतिय सञ्चारको यति बलियो माध्यम हुँदा हुँदै पनि मैले लेखेको यो हस्तलिखित पत्र देख्दा र पढ्दा तिमीले अचम्म मानिरहेको कुरा म महशुस गरिरहेकी छु । या तिमी उदेक पनि मानी रहेका होलाउ किन सादा पानामा मसीका पढ्न मिल्ने बुट्टाहरु झिँझो नमानीकन लेखेर पठाई यो साथीले भनेर । तिमीसँग दिन नबिराई हुने च्याटका वावजुद, प्रत्यक्ष कुराकानीका अलावा पनि यसरी [पूरा पढ्नुहोस्]
1 2 3 4 5