वि.सं.   शुक्रबार, फाल्गुन ११, २०७४   तदनुसार  23 February 2018

राष्ट्रिय

प्रदेश नम्बर ५ का सबै स्थानीय तहमा एमालेद्वारा उम्मेदवार सार्वजनिक (सूची सहित)

काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर पाँचका १२ जिल्लामा पर्ने नगर प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको उम्मेदवारी टुंग्याएको छ । एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारी अनुसार प्रदेश नम्बर ५ मा रहेको बुटवल उपमहानगरपालिकामा शिव सुवेदीले मेयरको र गोमा आचार्यले उपमेयरको टिकट प्राप्त गरेका छन् । प्रदेश नम्बर ५ मा नेकपा एमाले०का उम्मेदवारहरु १. [पूरा पढ्नुहोस्]

बर्दियाको राजापुर सहित हुलाकी राजमार्गको आसपासमा १० सहर निर्माण हुँदै

काठमाडौं । हुलाकी राजमार्गको आसपास १० वटा नयाँ सहर निर्माण हुने भएका छन्। व्यवस्थित बसोबासलाई सुनिश्चित गरी एकतर्फी बसाईसराई रोक्न भन्दै सरकारले हुलाकी राजमार्ग छेउमा दश नयाँ सहर निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सहर निर्माणको योजनालाई गएको वैशाख २४ मा सहरी विकास मन्त्रालयले स्वीकृत गरेसँगै सहर बन्ने स्थान निश्चित भएको नयाँ सहर आयोजनाका प्रमुख पराग कायस्थले जानकारी [पूरा पढ्नुहोस्]

चुनावमा उम्मेद्वार बन्ने पत्रकारको महासंघ सदस्यता स्वत: रद्द हुने

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारिता त्यागेर मात्रै स्थानिय तहको चुनावमा लड्न पत्रकारहरुलाई आग्रह गरेको छ । महासंघको सचिवालय बैठकले पत्रकार महासंघको कुनै पनि तहमा कार्यसमितिको पदाधिकारी वा सदस्य रहेको व्यक्तिलाई पत्रकारिता त्यागेर मात्र चुनावमा उम्मेदवार बन्न आग्रह गरेको हो । महासंघको विधानमा पनि कार्यसमितिका पदाधिकारी वा सदस्य रहेको व्यक्ति राजनीतिक दलका [पूरा पढ्नुहोस्]

सरकारले दियो भारत जाँदा र आउँदा सार्वजनिक बिदा तर राष्ट्रपति भन्छिन-बिदा दिनु पर्दैन

काठमाण्डौ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको कानुन मन्त्री अजयशंकर नायकले जानकारी दिए। [पूरा पढ्नुहोस्]

स्थानिय चुनावका उम्मेद्वारले कुन शिर्षकमा कति खर्च गर्न पाउने ? हेर्नुहोस्:

ठाकुरबाबा, बर्दिया। आसन्न स्थानिय तह निर्वाचनलाई मध्यनजर गरेर निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सहभागी हुने उमेद्वारका लागि कुन शिर्षकमा कती खर्च गर्न पाउने भन्दै चुनाव खर्चको सीमा विवरण सार्वजनिक गरेको छ । निर्वाचन आयोगले प्रकाशित गरेको सुचना अनुसार महानगरपालिकाका प्रमुख, उपप्रमुखले ७ लाख ५० हजार, वडा अध्यक्ष र सदस्यहरुले ३ लाख मात्र खर्च गर्न पाउने छन् [पूरा पढ्नुहोस्]

स्वास्थ्य बिमा बर्दिया सहित थप १७ जिल्लामा सुरु हुँदै

भुरिगाउँ, बर्दिया । सरकारले कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ८ वटा जिल्लामा विस्तार भएको छ । बाग्लुङ, इलाम, अछाम, पाल्पा, म्याग्दी, कास्की, कैलाली र बैतडी जिल्लाका ४५ हजार २ सय ७७ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आगामी अषाढ देखि बर्दिया, सुर्खेत, जुम्ला, जाजरकोट, रोल्पा, झापा, तनहुँ, गोरखा, भक्तपुर, चितवन, महोत्तरी, मकवानपुर, [पूरा पढ्नुहोस्]

बर्दियामा हात्ती आतंक नरोकिएपछि सुरक्षा माग्दै काठमाण्डौमा (भिडियो सहित)

काठमान्डौ । जङ्गली हात्तीले आतङ्कित बनाएपछि बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका बासिन्दा सुरक्षा माग्दै काठमाडौँ आएका छन्। मध्यवर्ती क्षेत्रअन्तर्गत रहेको श्रीरामनगर उपभोक्ता समितिको नेतृत्वको १४ सदस्य टोलीले आज राजधानीमा पत्रकार सम्मलेन गर्दै हात्ती आक्रमणबाट यस वर्ष मात्रै सात जनाको मृत्यु भएको, पाँचजना गम्भीर घाइते भएका भन्दै सुरक्षा र उचित [पूरा पढ्नुहोस्]

ज्योति विकास बैंकमा गाभिँदै राप्ती-भेरी विकास बैंक

काठमाण्डौ । ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलादीमा मंगलबार प्राप्तिसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा राप्तीभेरी विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् । [पूरा पढ्नुहोस्]

हात्ती आतंक बढ्न थाले पछी लठ्याउने औषधि ल्याउने तयारी सुरु

भुरिगाउँ, बर्दिया । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी सुरु गरेको छ । पछिल्लो समय देशभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने [पूरा पढ्नुहोस्]

वैशाख १५ देखि डिजिटल टेलिभिजन अनिवार्य

काठमाडौं । आगामी वैशाख १५ गतेबाट नेपालका सबै केवल टेलिभिजन एनलग सिस्टमबाट डिजिटलमा जानुपर्ने भएपछि केवल टेलिभिजनहरूले डिजिटलमा जाने प्रक्रिया सुरु गरेका छन् । केवल टेलिभिजन एसोसिएसनका अनुसार अहिले धेरै केवल टेलिभिजनहरू डिजिटल सिस्टममा जान सुरु गरिसकेका छन् । “बाँकी रहेका केवल टेलिभिजन पनि डिजिटलमा जाने तयारीमा छन्,” एसोसिएसनका अध्यक्ष सुधीर पराजुलीले भने । सरकारले [पूरा पढ्नुहोस्]
1 2 3 4 5 17