वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

राष्ट्रिय

गाविस हटेर आजदेखि गाउँपालिका भए, देशभर स्थानीय तहको संख्या ७ सय ४४

बर्दिया । नयाँ संविधानअनुसार पुनर्संरचनापछिको स्थानीय तह शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । फागुन २२ गते सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित भएपछि ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएको हो । नयाँ संरचनाअनुसार महानगर ४, उपमहानगर १३, नगरपालिका २ सय ४६, गाउँपालिका ४ सय ८१ रहने छन् । वडाहरुको संख्या ६ हजार ६ सय ८० रहने छन् । यसअघि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए [पूरा पढ्नुहोस्]

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट मारिएका गौतमलाई सहिद घोषणा

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु दस लाख राहतस्वरुप उपलब्ध [पूरा पढ्नुहोस्]

सीमा क्षेत्रमा झडप, एसएसबीको गोली लागेर कञ्चनपुरमा गोविन्द गौतमको निधन

कञ्चनपुर। कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबीले गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ । आनन्दबजारको दशगजा क्षेत्रमा एसएसबीको ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका नेपाली नागरिकमाथि एसएसबीले गोली चलाएको हो । गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई [पूरा पढ्नुहोस्]

८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्दै

म्याग्दी । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्ने भएका छन् । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको बताए। उनले भने-‘सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान [पूरा पढ्नुहोस्]

एमालेको मेची–महाकाली अभियान (फोटोफिचर)

काँकडभिट्टा । नेकपा एमालेले सुखानी सहिद स्मृति दिवसको अवसर शनिबारदेखि मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले सीमान्त सहर काँकडभिट्टाबाट अभियान सुरु गर्नु भयो। ओलीले संविधान संशोधन मुलुकको हितविपरीत भएको भन्दै संशोधन पारित हुन नदिने जिकिर गर्नु भयो। सयौं कार्यकर्तामाँझ एमाले अध्यक्ष ओलीले राष्ट्रिय एकता, सामाजिक सदभावका लागि अभियान सुरु [पूरा पढ्नुहोस्]

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द नियुक्त

काठमाडौं | सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।  त्यस्तै बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको हो [पूरा पढ्नुहोस्]

ओलीसहित शीर्ष नेतासँग अनौपचारिक कुरा गर्ने ‘मुड’मा प्रधानमन्त्री

काठमाडौं । स्थानीय निर्वाचनको मिति घोषणामा ढिलाइसँगै प्रमुख तीन दलबीच १६ दिनयता औपचारिक संवाद ठप्प भएको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमालेबीच औपचारिक संवाद ठप्प भएको छ । यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौं । ८ माघमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको तीनदलीय शीर्ष बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनसँग सम्बन्धित [पूरा पढ्नुहोस्]

३३ किलो सुनकाण्डमा एसएसपी श्यामबहादुर खत्री हेडक्वार्टरबाटै पक्राउ

काठमाडौं । ३३ किलो सुनकाण्डमा नेपाल प्रहरीका एक उच्च अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई केहिबेर अघि प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको हो । यसअघि सुन तस्करलाई सघाएको भनि शंकाको घेरामा रहेका खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको थियो भने त्यहाँबाट जगेडा पुलमा सारिएको थियो । [पूरा पढ्नुहोस्]

स्ववियु चुनाव तालिका र आचारसंहिता सार्वजनिक

काठमान्डौ । आगामी १४ फागुनमा हुने स्ववियु चुनाव लक्षित गरी विद्यार्थी संगठनले नयाँ विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। त्रिभुवन विश्वविद्यालयले चुनावको कार्यतालिका र आचारसंहिता सार्वजनिक गरी शनिबारदेखि चुनाव सम्पन्न नहुँदासम्मका लागि भर्ना रोकेको हो । त्रिविले स्ववियु निर्वाचन घोषणा गरेको मितिबाटै सम्पूर्ण क्याम्पसमा प्रथम वर्षको भर्ना बन्द गरिने बताएको छ । साथै [पूरा पढ्नुहोस्]

आज माघ १६, शहिद दिवस; विविध कार्यक्रम गरी मनाईदै

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए | बन्दैन मुलुक दुईचार सपूत मरेर नगए || -कवी भुपी शेरचन   हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नकालागि पनि हरेक एतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान रहेको छ । आज तिनै सपुतहरुको सम्झना र सम्मानको हो यस माघ १६ को शहिद दिवस् । परिवर्तित परिपेक्ष्यमा नेपाललाई शहिद दिवसका [पूरा पढ्नुहोस्]
1 2 3 4 5 16