वि.सं.   बिहिबार, बैशाख १३, २०७५   तदनुसार  26 April 2018

राजनीति

राजापुरको कर्णाली घाटमा सुन खोज्नेहरुको कथा (भिडियो कथा)

काठमाण्डौ । कर्णाली नदीको किनारामा पर्ने बर्दियाको राजापुरमा एउटा चिटिक्कको गाउँ छ । यो गाउँमा बस्ने सोनाह समुदायका महिला र केटाकेटी बालुवामा सुन खोजेर गुजारा चलाउँछन् । फुर्सद हुने बित्तिकै उनीहरु बालुवा पखाल्ने आवश्यक सरसामान बोकेर नदीको बगर जान्छन् । सुनका कण कहाँ हुन्छ भनेर पत्ता लगाउँछन् र खनीखोस्री गर्छन् । यसरी खोस्रेको बालुवालाई विशेष प्रकारको काठको भाँडामा [पूरा पढ्नुहोस्]

जनताले चाहेमा बहुमतले संविधान फेरबदल गर्न सकिन्छ : नेपाल

भगतराम थारु/नेपालगञ्ज। नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्र पार्टी छिट्टै एकिकरण हुने बताएका छन । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बाँकेको सयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले पार्टी एकिकरण पछि देशमा विकासले ठुलो फड्को मार्ने पनि बताएका छन । पेरिस डाँडा या बल्खु [पूरा पढ्नुहोस्]

लौटी थारुको जीवन : कमैयादेखि सांसदसम्म

भुरिगाउँ, बर्दिया । बर्दियाको भुरिगाउँ बजारबाट सदरमुकाम गुलरीया जाने हुलाकी सडक अन्तर्गतको झण्डै ८ किलोमिटर दक्षिणतर्फ शाहीपुर पुगेपछी मुक्तकमैया बस्ती पुगिन्छ । यही बस्तीको बनफोरुवा फाँटमा लौटी थारुको घर छ । लौटी थारु मुक्तकमैया अगुवा तथा समानुपातिक प्रदेश सांसद हुन । ठाकुरबाबा नगरपालिका शाहीपुरमा लौटी थारुको मुक्तकमैयाबाट पाएको तीन कठ्ठा मात्र जमिन छ । इट्टाको दिवाल, [पूरा पढ्नुहोस्]

प्रदेश राजधानीको माग राख्दै गरिएको दाङ बन्द फिर्ता

दाङ। प्रदेश राजधानीको माग राख्दै पाँच दिन देखी गरिएको दाङ बन्द फिर्ता भएको छ । निरन्तरको बन्दले जनजिवन प्रभावित भएको भन्दै आन्दोलनकारीले दाङ बन्द फिर्ता गरेका हुन् । शनिबार राती ११ बजेदेखी आमहड्ताल स्थगित हुने भएको हो । आन्दोलनकारीले रचनात्मक तरिकाले आफ्नो मागलाई निरन्तरता दिने पनि बताएका छन [पूरा पढ्नुहोस्]

वामदेव आफ्नै क्षेत्रमा हार्नुको कारण पत्ता लगाउन छानबिन समिति गठन

गुलरिया,बर्दिया । बर्दिया प्रतिनिधि सभा क्षेत्र नं- १ मा उम्मेद्बारी दिएका एमाले उपाध्यक्ष वामदेव गौतम आफ्नै क्षेत्रमा थोरै मतान्तरले पराजित हुनुको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । एमाले अध्यक्ष हरिप्रसाद ज्ञवालीको संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरिएको हो । समितिमा क्षेत्र १ माओवादी केन्द्रका नेता भवनकुमार थारू पनि छन् । समितिले ७ दिनभित्र प्रतिवेदन [पूरा पढ्नुहोस्]

बर्दियामा समानुपातिक तर्फ १९ हजार ८ सय ११ मत बदर

गुलरिया,बर्दिया। मतदाता शिक्षा प्रभावकारी नहुँदा बर्दियामा समानुपातिकको प्रतिनिधीसभा तर्फ १९ हजार ८ सय ११ मत बदर भएको छ । बर्दियाको प्रतिनिधी सभा क्षेत्र नम्बर-१ मा ११ हजार ३ सय ७७ मत बदर भएको छ भने क्षेत्र नम्बर २ मा ८ हजार ४ सय ३४ हजार ३ सय ७७ मत बदर भएको हो । त्यस्तै प्रदेशसभा १ (क) मा ७ हजार ०३९ र प्रदेससभा १ (ख) मा १ हजार ८ मत बदर भएको छ । प्रदेशसभा २ (क) मा ६ हजार ९ सय ६२ र प्रदेससभा २ [पूरा पढ्नुहोस्]

बर्दियामा समानुपातिक तर्फ कांग्रेस अगाडी: दोस्रोमा सुर्य

ठाकुरबाबा,बर्दिया। देशैभरी जारी रहेको समानुपातिक मत गणना अनुसार हालसम्ममा नेकपा एमालेले अग्र स्थानमा रहेर अघि बढिरहेको छ । नेपाली कांग्रेसले उसलाई पछ्याउदै छ । यो समाचार पार्दासम्म प्रतिनिधि सभा तर्फ नेकपा एमालेले १८,६०,५७१ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १७,७०,६२१ मत ल्याएको छ । बर्दिया समानुपातिक तर्फको मत गणना अनुसार प्रतिनिधि सभा तर्फ रुख चिन्हले पहिलो र सुर्य [पूरा पढ्नुहोस्]

दोब्बर बढी मतले कैलाली-१ मा रेशम चौधरी निर्वाचित

कैलाली। दोब्बर बढी मतले कैलाली-१ मा रेशम चौधरी निर्वाचित भएका छन । टिकापुर काण्डका मुख्य योजनाकार भनेर प्रहरीले खोजीमा राखेका चौधरीले पाएको मतले सबैलाई अचम्मित पारेको मात्र होइन, अब के होला भन्ने सर्व चासोको बिषय बनेको छ। कैलालीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा रेशम लाल चौधरीले ३४ हजार ३४१ मत ल्याउदै निर्वाचित भएका छन । उनको निकटम प्रतिश्पर्धी नेपाल कम्युनिष्ट [पूरा पढ्नुहोस्]

बर्दियाको प्रतिनिधि सभा १ मा काङ्रेसका सञ्जय गौतम विजयी

गुलरिया,बर्दिया। बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार लोकतान्त्रिक गठबन्धनबाट कांगे्रसका सञ्जय कुमार गौतम ४४ हजार ८ सय २९ मत सहित बिजयी भएका छन । उहाँले निकटतम प्रतिश्पर्धी एमाले उपाध्यक्ष बामदेव गौतमलाई पछी पार्दै जीत हासिल गरेका हुन । लोकतान्त्रिकका सन्जय गौतमले ७ सय ५३ मत अन्तरले बाम गठबन्धनका गौतमलाई पराजित गरेका हुन । प्रतिस्पर्धी एमाले [पूरा पढ्नुहोस्]

मंगलप्रसाद थारुलाई पछी पार्दै माओवादीका तिलक शर्मा अगाडी लागे

बर्दिया। निर्वाचन आयोगको पछीलो नतिजा अनुसार मंगलप्रसाद थारुलाई पछी पार्दै माओवादीका तिलक शर्मा अगाडी लागेका छन । ४७६ मतले पछी पार्दै शर्माले अग्रता लिएका हुन । यो समाचार तयार पार्दासम्म मंगल प्रसाद थारुको अहिले १७,८८७ मत छन भने तिलक शर्माको १८,३६३ मत छ । प्रदेश सभा-१ ख तिलक राम शर्मा: १८३६३ मंगल प्रसाद थारु: १७८८७ मतान्तर: ४७६ कुल मतदाता: ६९,१६९ हालसम्म सदर गणना भएका मत: [पूरा पढ्नुहोस्]
1 2 3 14