वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बर्दिया

प्रगती सहकारी संस्थाको साधारण सभा सम्पन्न

भावुक योगी, असोज २३ बर्दियाको बगनाहामा रहेको प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  २ हजार ६ सय ३५ शेयर सदस्य रहेको संस्थामा संस्थाका कोषाध्यक्ष देवि प्रसाद देवकोटाले १९ करोड ८७ लाख ३४ हजार बराबरको कुल कारोबार सहितको आय ब्यय बजेट प्रस्तुत गर्नुभएको थियो ।  भने संस्थाका लेखा संयोजक केशव खनालले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत [पूरा पढ्नुहोस्]

श्रीरामनगर उपभोक्ता समितीको नवनिर्मीत भवन उद्घाटन

भावुक योगी, असोज २३ बर्दियाको बबईनगरपालिकामा रहेको श्रीरामनगर उपभोक्ता समिती नेउलापुर भुरीगाँउको नवनिर्मीत भवन प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कंवरले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।  बर्दिया राष्टिय निकुञ्ज अन्र्तगत नेउलापुर गाविस क्षेत्रमा पर्ने श्रीरानगर उपभोक्ता समितीको नव निर्मीत भवन जग्गा सहित झण्डै ४७ लाखमा निर्माण भएको श्रीरामनगर उपभोक्ता [पूरा पढ्नुहोस्]

योगी अध्यक्ष पदमा निर्विरोध चयन

बर्दियाअनलाइन डेस्क, असोज २१ बर्दियाको नेउलापुर ९ नेउलापुरमा स्थीत सरस्वती निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चिरन्जीवी योगी “भावुक” निर्विरोध चयन हुनुभएको छ । यस्तै सदस्य पदमा टिकाराम थारु, सुब्बा थारु, जानकी खनाल र टिका विक निर्विरोध चयन हुनुभएको छ । बाँकी ४ जनालाई मनोनयन गरीने नव निर्वा्चित अध्यक्ष योगीले बताउनुभयो । झण्डै ३१ वर्ष अघि कक्षा १ [पूरा पढ्नुहोस्]

बर्दियाको भुरीगाँउ खानेपानी स्थलमा वृक्षारोपण

भावुक योगी, असोज बर्दियाको बबई नगरपालिका भुरीगाँउ बजारमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयोजना स्थल परिसरमा बृक्षारोपण कार्यक्रम गरेको छ ।  पछिल्लो समयमा अभियानकै रुपमा चलेको खानेपानी आयोजना स्थलमा बृक्षरोपण कार्यक्रम गर्ने कार्यक्रम अन्र्तगत भुरीगाँउ बजार खानेपानी आयोजनाले बृक्षरोपण गरेको हो ।  उपभोक्ता समितिले आफ्नो आयोजना स्थल वरपर आँप, लिचि, अशोक, [पूरा पढ्नुहोस्]

विदेशी माटोमा बसेर गरिएको आन्दोलन सफल नहुने: प्रदिप ज्ञवाली

भावुक योगी,असोज १६ विदेशी माटोमा बसेर गरिएको आन्दोलन कहिल्यै सफल नहुने नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बताउनु भएको छ ।  सानोश्री ताराताल नगर कमिटिको पहिलो अधिवेशन उदघाटन गर्न बर्दिया पुग्नुभएका नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले विदेशी माटोमा बसेर गरिएको आन्दोलनले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन सक्दैन भन्दै उक्त आन्दोलन सफल नहुने बताउनुभएको हो ।  [पूरा पढ्नुहोस्]

सामाजिक सञ्जाल मार्फत पत्रकारलाई ज्यान मार्ने धम्की

पत्रकारद्वारा जिल्ला प्रहरी कार्यालय बर्दियामा मुद्दा दर्ता भावुक योगी, असोज १६ समाचारको विषयलाई लिएर सामाजिक सञ्जाल मार्फत संचारकर्मीलाई ज्यान मार्ने धम्की विरुद्ध जिल्ला प्रहरी कार्यालय बर्दियामा मुद्दा दर्ता गरिएको छ । कान्तिपुर राष्ट्रिय दैनिकमा आएको समाचारको विषयलाई लिएर कान्तिपुरका बर्दिया संवाददाता कमल पन्थीलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की आएको [पूरा पढ्नुहोस्]

पुर्व भुमीसुधार मन्त्रि आर.सी चौधरीको निधन

राष्ट्रिय झण्डा ओढाएर, शोक सलामी सहित अन्तेष्टी गरीँदै तस्विर: अर्जुन सुवेदीको फेसवुक बाट । भावुक योगी, असोज १६ बर्दिया क्षेत्र नम्बर ४ का पुर्व सभासद एवं महिला तथा वालवालिका समाज कल्याण पुर्व मन्त्रि र पुर्व भुमी सुधार मन्त्रि रामचरण चौधरी (आर.सी) को निधन भएको छ । लामो समय देखि आन्द्रामा घाउ भई आमासयमा क्यान्सर भएका पुर्व मन्त्रि आर.सी चौधरीको ५८ वर्षको उमेरमा हिँज दिउस भेरी [पूरा पढ्नुहोस्]

बर्दियामा सडक अवरुद्ध पारेर विरोध सभा

भावुक योगी, असोज १६ थरुहट, थारुवान संर्घष समितीका आन्दोलनकारीले बर्दियामा आज सडक अवरुद्ध पारेर सडकमै विरोध सभा गरेका छन् ।  पुर्व पश्चिम राजमार्ग अन्र्तगत भुरीगाँउमा २ घण्टा र गुलरिया नेपालगंज सडक खण्ड अन्र्तगत मैनापोखरमा ३ घण्टा सडक अवरुद्ध पारेर थरुहट कार्यकर्ताले विरोध सभा गरेका हुन । हजारौँको संख्यामा रहेका थरुहट कार्यकर्ताले कैलाली कञ्चनपुर छौडदैनौ नारा जुलुस [पूरा पढ्नुहोस्]

बर्दियामा गुन्जीयो ‘ब्याक अफ इन्डिया’ (भिडियो सहित)

भावुक योगी, असोज १३ भारतले गरेको अघोषित नाकाबन्दिको बिरोधमा बर्दियाको भुरीगाँउका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले भारत विरुद्ध प्रर्दशन गरेका छन् ।  आफ्नो देशको समस्या हामी आफै समाधन गरौ, भारतीय हस्तक्षेपको विरोध गरौं, भन्ने नाराका साथ ‘ब्याक अफ इन्डिया’ अभियान अन्र्तगत आज विहान पुर्व पश्चिम राजमार्गको भुरीगाँउ बजारमा बृहत विरोध प्रर्दशन गरेका हुन । [पूरा पढ्नुहोस्]

बर्दियामा झडप २ प्रहरी र १० आन्दोलनकारी घाईते

भावुक योगी,असोज १३ बर्दियाको मैनापोखरमा प्रहरी र आन्दोलनरत थरुहट पक्ष बिच सामान्य झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाईते भएका छन् । प्रहरीले केही सवारी साधन स्कटिङ गरी ल्याईरहेका बेला आन्दोलनरत थरुहट पक्षधरले ढुंगामुढा गरेपछी झडप हुँदा २ जना प्रहरी र १० जना आन्दोलनकारी घाईते भएका हुन् ।   प्रहरीले आन्दोलनकारीलाई तितर वितर गर्न लाठी चार्ज लाठी चार्ज र ८ सेल [पूरा पढ्नुहोस्]
1 93 94 95 96 97 113