वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

बर्दिया

बर्दिया निकुञ्ज मुख्यालय सार्न लागेकोमा बिरोध

भावुक योगी बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्धाराबाट चिसापानी नजिक लालमाटी क्षेत्रमा सारीने समाचार आएपछी निकुञ्ज आसपासका ठाकुरद्धारा र सुर्यपटुवा गाविसका सरोकारवालाहरुले बिरोध जनाउँदै निकुञ्ज कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । झण्डै ४० वर्ष अघि देखि ठाकुरद्धारामा रहँदै आएको बर्दिया निकुञ्ज मुख्यालय चिसापानी नजिक लालमाटी क्षेत्रमा सारीने शिर्षकमा [पूरा पढ्नुहोस्]

थरुहटको आन्दोलन लम्बियो, विद्यालय पनि बन्द, जनजीवन कष्टकर

भावुक योगी, भदौ १७ कञ्चनपुर देखि चितवन सम्म थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग राख्दै विगत २४ दिन देखि आन्दोलनमा उत्रेका थरुहटले आफना आन्दोलनका कार्यक्रम थप गरेका छन् ।  आफूहरुको मागप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै थरुहटले आन्दोलनको कार्यक्रमलाई लम्बाएर भदौ ३१ सम्म पुर्याएर थप गरेका हुन् ।  केन्द्रको निर्णय अनुसार भदौ १७ देखि ३१ गते सम्म २४ घण्टे आम हडतालको [पूरा पढ्नुहोस्]

राजापुरमा थरुहटको जनप्रर्दशन

भावुक योगी, भदौ १३ कन्चनपुर देखि चितवन सम्म थारुवान, थरुहट स्वायत्त प्रदेशको माग गर्दे आन्दोलनमा उत्रिएको थारु संघर्ष समिति बर्दियाले आज राजापुरमा र्याली सहित विशाल जन सभाको आयोजना गरेको छ। आन्दोलनको १९ औँ दिन रक्षाबन्धनको अवसरमा यातायात र बजार एक दिनका लागि खुला गरेपनि आन्दोलनरत थरुहटले शनिबार राजापुर बजारमा र्याली सहित विशाल जनसभा गरेको हो । र्याली प्रर्दशन पछि [पूरा पढ्नुहोस्]

समाचार प्रभाव:: यात्रुबाट लिईएको बढी रकम फिर्ता

प्रहरीद्धारा सवारी साधनमा कडा चेकजाँच भावुक योगी, भदौ १२ पुर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधनले यात्रुबाट दोब्बर भाडा असुली गरीरहेको शिर्षकमा समाचार आएपछी बर्दिया प्रहरीले ९३ जना यात्रुको बढी रकम फिर्ता दिलाएको छ । बाँकेको नेपालगंज र कोहलपुरबाट पश्चिम तर्फ बर्दियाको भुरीगाँउ, कैलालीको लम्की, अतरीया, चिसापानी सम्म जाने यात्रुहरुबाट दोब्बर भाडा असुली गरेको समाचार [पूरा पढ्नुहोस्]

एक दिनका लागि बर्दियामा बन्द खुल्यो

भावुक योगी, भाद्र १२ चितवन देखि कञ्चनपुर सम्म थरुहट, थारुवान प्रदेशको माग गर्दै आन्दोलनरत थारु संघर्ष समिति र मधेशी मुक्ती मोर्चाले आज एक दिनका लागि बर्दियामा यातायात र बजार खुला गर्ने निर्णय गरेको छ ।  सदरमुकाम गुलरीयामा हिँज बसेको सर्वपक्षिय वैठकपछी हिन्दुहरुको चाड जनैपूर्णिमाको अवसर पारी आज एक दिनका लागि यातायात र बजार खुला गर्ने निर्णय गरीएको थारु संघर्ष समिती [पूरा पढ्नुहोस्]

बर्दियाकाे बबई नदीमा जंगली हात्ती मृत फेला

फाेटाे साैजन्य: प्रेम ढुंगानाको फेसवुकबाट । भावुक याेगी, भदौ १० बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत बर्दियाको बबई नदिमा एउटा वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेकाे छ । बबई पुल देखि करिव ५०० मिटर तल आज विहान बबई नदि किनारमा जंगली हात्ती मृत अवस्थामा फेला परेकाे निकुञ्जले जनाएकाे छ । बबई नदि अन्तर्गत बबई नहरकाे मुल च्यानल गेटमा फंसेर हात्तीकाे ज्यान गएकाे अनुमान गरिएपनि [पूरा पढ्नुहोस्]

शान्तिपुर्ण आन्दोलनका लागि थरुहटलाई आग्रह

ब. अ. डेस्क, भदौ ९   थरुहट, थारुवान संघर्ष समिती र मधेशी मोर्चाले विगत दुई साता अघिदेखि कन्चनपुर देखि चितवनसम्म थारुहट प्रदेश घोषणा माग गर्दै थालेको आन्दोलन एकाएक अराजकता र उत्तेजनामा परिणत भएपछि युवा संघ बर्दियाले शान्तिपुर्ण ढंगबाट आन्दोलन गर्न आन्दोलनकारीलाई आग्रह गरेको छ ।  अजातिय, साम्प्रदायिक तर्फ केन्द्रीत भएर सदियौं देखी सदभावपूर्ण रुपले वसोवास गर्दै आएका थारु, [पूरा पढ्नुहोस्]

आन्द्राभुँडी बाहिर निस्केको शिशुको जन्म

उपचार अभावमा बच्चा घरमै भावुक योगी/ भदाै ९  बर्दियाको नेउलापुरमा आन्द्रा बाहीर निस्कीएको विचित्रको शिशु जन्म भएको छ । नेउलापुर ९ गोदाना गाँउ बस्ने १८ वर्षकी एलीसा थापामगर दमाईको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको आन्द्रा भुँडी बाहीर निस्कीएको हो । विचित्रको बच्चा जन्मिएपछि दमाईको घरमा बच्चा हेर्नेको घुइँचो लागेको छ । बच्चाको नाईटो रहने ठाँउबाट पेट भित्रको आन्द्र [पूरा पढ्नुहोस्]

बर्दिया सदरमुकाम गुलरीयामा निषेधाज्ञा जारी (विज्ञप्ति सहित)

भावुक योगी, भदौ ८  बर्दियाको सदरमुकाम गुलरीयामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । दोस्रो चरण अन्र्तगत थरुहट संर्घष समित र मधेशी मोर्चाले आह्वान गरेको बन्दको आज १५ औं दिन प्रशासनले सदरमुकाम गुलरियामा निषेधाज्ञा जारी गरेको हो । प्रशासनले सदरमुकाम गुलरीया नगरपालिकाको उत्तरमा कृषि विकास बैंक, सन्तोषी मन्दिर चोक, दक्षिणमा भन्सार रोड, पुर्वमा निलो आयल [पूरा पढ्नुहोस्]

बन्दको मारमा कामदार, सुर्खेतबाट ६६ जना हिँडेरै घर फर्के

भावुक योगी, भदौ ६  विभिन्न प्रकारको बन्दले सर्वसाधारण सबैलाई समस्या हुन्छ । तरपनि सबैभन्दा बढी ज्याला मजदुरी गर्नेहरुले सास्ती खेप्नुपर्छ । साँझ विहानको छाक टार्न ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी बन्दको मारमा पर्ने गरेका छन् । केही दिन यता सुर्खेत सहित मध्य तथा सुदुरपश्चिममा विभिन्न खाले बन्दका कारण ज्यालामा काम गर्न सुर्खेत गएका बर्दिया र कैलालीका कामदार यस्तै [पूरा पढ्नुहोस्]
1 73 74 75 76 77 90