वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

बर्दिया

गुलरियामा रामलीला

गुलरिया, बर्दिया । बर्दियाको गुलरिया-७ मा १० दिने रामलीला गरिने भएको छ ।  दशै आएसँगै स्थानिय रैथाने (मधेसी) समुदायले पुस्तौदेखी परम्परालाई निरन्तरता दिन लागेको हो । भारत अयोध्यास्थित आदर्श बाल रामलीला मन्डलीको टोलिले असोज २४ देखी कात्तिक २ गतेसम्म आँपबगैचामा मन्चन गर्ने जनाईएको छ ।  रामलीला  समितिका अध्यक्ष  मनोजकुमार यादवका अनुसार हरेक दिन रामायणमा आधारित लीला प्रदर्शन [पूरा पढ्नुहोस्]

बस्तुभाउ चराउन सिमापारी श्रमदान

बर्दिया-गुलरिया नगरपालिका १० का राम खेलावन गोडिया बस्तुभाउ चराउन दिनहुँ भारतीय जंगल जान्छन् । सीमावर्ती बासिन्दा उनलाई मुलुकभित्र बस्तुभाउ चराउन वन छैन । उनीमात्र होइन, गुलरिया, मधुवन, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकावासी भारतीय वनमा चरिचरनका लागि निर्भर छन् । सीमा क्षेत्रमा वनजंगल नभएकाले अर्काको मुलुकमा प्रवेश गर्नुपरेको त्यहाँका बासिन्दाले बताए । बस्तुभाउ [पूरा पढ्नुहोस्]

जिल्ला कारागार बर्दियाका कैदीको निशुल्क एचआईभी परिक्षण सम्पन्न

दुर्गा आचार्य, गुलरिया। जिल्ला कारागार बर्दियाका कैदिवन्दीले शनिवार निशुल्क रुपमा एचआईभी परिक्षण गराएका छन । ‘परिवर्तनका लागि हामी’ भन्ने सस्थाको आयोजना र सहयोगि हात नेपालले रक्त परिक्षणका लागि सहजीकरणमा एचआईभी परिक्षण गरिएको सस्थाका कार्यक्रम संयोजक बिक्रम खरेलले बताए । कारागारमा वन्दी जीवन विताई रहेका कैदिवन्दीहरुले पनि आफ्नो स्वास्थ्यको वारेमा जानकारि पाई [पूरा पढ्नुहोस्]

बर्दिया राष्ट्रिय निकुञ्जमा मृत बाघ फेला

ठाकुरबाबा, बर्दिया। पुर्व-पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने चिसापानी पोष्ट नजिक बुधवार दिउँसो पाटेबाघ मृत अवस्थामा फेला परेको छ । निकुञ्ज भित्र राजमार्ग किनारमा गन्द आएपछी खोजी गर्दै जाँदा राजमार्ग देखि ७ झण्डै सय मिटर भित्र अन्दाजी १७ वर्षको भाले पाटे बाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिबिनोद दाहालले बताए । [पूरा पढ्नुहोस्]

कोरियाबाट बर्दियालीहरुले गरे रन बहादुर सुनारको उपचारार्थ सहयोग

बर्दिया । दक्षिण कोरियामा कामको सिलसिलामा रहेका दाजुभाइ दिदिबहिनीहरूले उपचारको क्रममा रहेका बारबर्दिया बर्दियाका  रन बहादुर सुनारको उपचारार्थ सहयोग रकम पठाएका छन् ।  रन बहादुर सुनारको उपचारार्थ विदेशी भुमीबाट रु. ७६,३८६/– (अक्षरेपी : छहयत्तर हजार तीन सय छयासी रुपैयाँ मात्र ।) पठाएको  रन बहादुर सुनार बचाऊ अभियानका संचालक मध्यका एक दिपक लामिछानेले बर्दिया अनलाईनलाई जनाएका [पूरा पढ्नुहोस्]

खातामा भएको दुर्घटनामा परेका घाईते मध्यका एकको मृत्यु

मधुवन (बर्दिया) । हुलाकी सडक अन्तरगत ढोढरी ओराली बजारको खाता करिडोर क्षेत्रमा आईतबार बिहान भएको यात्रुबहाक बस दुर्घटनामा परि घाईते भएका १३ जना मध्ये एक जनाको मृत्यु भएको छ । कैलालीको टिकापुर नगरपालिका—१ का ६० बर्षिया विर बहादुर दमाईको नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा आईतबार राती मृत्यु भएको आफन्त धनविर परियारलाई उद्दृत गर्दै ईलाका प्रहरी कार्यालय ढोढरी जनाएको छ [पूरा पढ्नुहोस्]

बारबर्दियामा दुग्ध चिस्यान केन्द्र स्थापना

बारबर्दिया (बर्दिया) । बारबर्दिया नगरपालिका–६, जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । करीब १० लाख ५० हजार बराबरको लागतमा निर्माण गरिएको दुई हजार लिटर क्षमता भएको चिस्यान केन्द्रको एक कार्यक्रम बीच नगर प्रमुख दुर्गा बहादुर थारूले ट्याङ्कीमा दूध हालेर उद्घाटन गरेका छन् । कृषकलाई व्यावसायिक पशुपालन क्षेत्रमा प्रोत्साहन गर्नको लागि बारबर्दिया नगरपालिकाको कार्यालय, [पूरा पढ्नुहोस्]

आगलागीबाट विस्थापित डबल टाईगर खाजाघरलाई राहत सामाग्री हस्तान्तरण

बिमला ढकाल/भुरिगाउँ (बर्दिया) । होटल अर्गनाईजेसन उप–समिति ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँले डबल टाईगर खाजाघरलाई राहत हस्तान्तरण गरेको छ । गएको भाद्र २२ गते आगलागी हुदा डबल टाईगर खाजाघर बिस्थापीत हुने अबस्थामा पुगेको थियो । बिस्थापीत अबस्थामा पुगेको खाजा घरलाई पुनः सोहि ठाउमा सञ्चालनका लागी होटल अर्गनाईजेसन उप–समितिले आईतबार राहत सामाग्री स्वरुप एउटा फ्रीज हस्तान्तरण [पूरा पढ्नुहोस्]

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि चेपाङ्ग प्रवेशद्धारको उद्घाटन

बाँसगढी (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जमा अवलोकनका लागि थप भएका ४ वटा प्रवेशद्वार मध्ये बबई सेक्टर चेपाङ्ग पोष्ट प्रवेशद्वारको आइतवार उद्घाटन गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेसँगै निकुञ्ज कार्यालयले थप चार वटा प्रवेशद्वार खुल्ला गरेको छ । ४ वटा प्रवेशद्वार थप भएसंगै पर्यटन व्यबसाय प्रबद्र्धन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको [पूरा पढ्नुहोस्]

‘पुर्ख्यौली पेशा छोड्न चाहन्नौँ, सरकारले जोगाउन सहयोग गरोस्’ : सोनाहा समुदाय

मिन अधिकारी/राजापुर,बर्दिया। सोनाहा समुदायले आफुहरुलाई जातिय पहिचानको सुचीमा सुचिकृत नगरेर राज्यले हेपाहा व्यवहार गरेको गुनासो गरेका छन् । बर्दियाको राजापुरका सोनाह समुदायले आफुले पुर्खौदेखी गर्दै आएको सुन चाल्ने र माछा मार्ने काममा स्थानिय सरकारले तत्काल सहयोग गर्नुपर्ने माग गरेका हुन । सोनाहा जातिको पूख्र्यौली पेशा नै सुन चाल्ने, माछा मार्ने रहेकाले विगत केही समय [पूरा पढ्नुहोस्]
1 2 3 4 116