वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

बर्दिया

बर्दियामा राजपा र माले सिंगो पार्टी नै एमालेमा

गुलरिया, बर्दिया । राष्ट्रिय जनता पार्टीका बर्दिया अध्यक्ष र उपाध्यक्षसहित सयौँ कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन् । यसैगरि नेकपा मालेको सिंगो पार्टी नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपा एमालेले आइतबार सदरमुकाम गुलरियामा आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा राजपा बर्दियाका अध्यक्ष धनेश यादव र उपाध्यक्ष पुनकला श्रीवास्तव लगाएत सयौँ कार्यकर्ता नेकपा [पूरा पढ्नुहोस्]

सीमावर्ती बजारका कारण नेपाली बजार सुनसान

गुलरिया, बर्दिया । खुला सिमा नाका र खुकुलो भन्सार लगायतका कारण भारतीय सीमावर्ती क्षेत्रका बजारहरुमा खचाखच नेपाली ग्राहकहरुको उपस्थिती बढी हुन थाले पछी चाडपर्वको समयमा पनी सिमावर्ती नेपाली बजारहरु सुनसान भएका छन । नेपाली ग्राहकहरुले दैनिक करोडौको किनमेल सिमावर्ती बजारबाट गर्नेक्रम बढेसँगै नेपालका बजार सुनसान बनेपछि सदरमुकाम गुलरिया सहित समग्र जिल्लाको व्यवसाय समेत [पूरा पढ्नुहोस्]

सिँचाई मन्त्री गौतम को प्रयासमा समयमा नै आयो सुरुङ्ग खन्ने मेसिन

भुरिगाउँ, बर्दिया । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई आर्थिक अभाव हुन नदिने सिचाई मन्त्री सञ्जय गौतमले प्रतिवद्वता जनाएका छन । निर्माणाधिन भेरी–बबई डाइभर्सनको निरीक्षण गर्दै मन्त्री गौतमले आयोजनालाई आर्थिक अभाव हुन नदिने भन्दै निर्माण कार्य तिव्र गतीमा अगाडि बढाउन निर्देशन समेत दिएका छन । आर्थिक अभावमा आयोजनाको काम रोकिन नदिने भन्दै [पूरा पढ्नुहोस्]

ठाकुरद्वारामा जारी वडा स्तरीय फाईनल फुटबल खेलमा बेतहनी समुह विजयी

ठाकुरद्वारा, बर्दिया । खेलकुद तथा प्रकृति संरक्षण युवा क्लवको आयोजनामा ठाकुरबाबा नगरपालिका ९ बेतहनीमा भएको वडा स्तरिय फाइनल फुटबल खेलमा ३ गोलका विरुद्ध ४ गोल गर्दै वेतहनी समुह बिजयी भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बेतहनी र मधुवन ागरपमलिका वडा नम्बर २ बंगालीपुर बिच भएको फाईनल खेलमा बेतहनी र बंगालीपुरले ३ ३ गोल गरेपछि बराबरीमा भएको खेल १५ मिनेटका लागि समय थप गरि खेल [पूरा पढ्नुहोस्]

न गाउँले सुत्न पाउँछन्, न निकुञ्जका कर्मचारी र सेना : हात्तीले लियो सबैको निन्द्रा

ठाकुरद्वारा, बर्दिया । साँझ ६ बज्न पाएको हुन्न बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाको मोवाइलमा घण्टी बज्न शुरु हुन्छ । यो क्रम हरेक रात चलिरहन्छ । ‘प्रहरीको नियन्त्रण कक्ष जस्तै हुन्छु, थापाले भने, दुई महिना भयो सुत्न पाएको छैन । एउटाको फोन नसकिदै अर्कोको आउँछ, ‘लौन सर हात्ती बस्तीमा पस्यो धपाउनुपर्‍यो ।’ शुक्रबार राति ६ देखि १० बजेसम्म उनको मोबाइलमा [पूरा पढ्नुहोस्]

विद्युत् चुहावट तथा चोरीका कारण प्राधिकरणलाई वार्षिक करोडौं नोक्सानी

भुरिगाउँ, बर्दिया । विभिन्न ठाउँहरुमा भएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक करोडौं रुपैयाँ नोक्सान हुने गरेको छ । विद्युत् चोरीलगायत चुहावटका कारण करोडौं युनिट विद्युत खेर गएपछि प्राधिकरणले वर्षेनी ठूलो नोक्सानी बेहोर्नुपरेको छ । बर्दियामा २० प्रतिशतभन्दा धेरै विद्युत् प्राविधिक चुहावटले हुने गरेको नेपाल विद्युत् प्राधिकरण गुलरिया वितरण [पूरा पढ्नुहोस्]

दलित समुदायका महिलालाई लक्षित सिलाइकटाई र कम्प्युटर तालिम सम्पन्न

भुरिगाउँ, बर्दिया । ठाकुरबाबा नगरपालिका-१, भुरिगाउँमा तीन महिने बेसिक लेबल सिलाइ कटाई र कम्प्युटर तालिम शुक्रबार सम्पन्न भएको छ । दलित समुदायका महिलाहरुलाई जिविकोपार्जनका लागी सहज होस भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको दलित समन्वय सन्जालका अध्यक्ष जयराम बिश्वकर्माले जानकारी दिनुभयो । गत जेष्ठ ८ गते बाट सुरु भएको तालिम भाद्र ७ गतेसम्म सन्चालन भएको थियो । तालिममा दलित [पूरा पढ्नुहोस्]

बर्दियामा साना किसानलाई अनुदान उपलब्ध गराइने

बारबर्दिया, बर्दिया । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले साना किसानलाई सिधै अनुदान उपलब्ध गराउन प्राथमिकताका साथ काम अघि बढाएको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाको पहिलो नगरसभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पहुँचवाला सहकारी या किसानलाई मात्र अनुदान दिने कार्यलाई निरुत्साहित गरी साना किसानलाई प्राथमिकतामा राखी अनुदानका कार्यक्रम ल्याउन लागिएको [पूरा पढ्नुहोस्]

वैदेशिक रोजगारले घरपरिवारमा तनाव

बढैया, बर्दिया । पछिल्लो समयमा वैदेशिक रोजगारका लागी परिवारका सदस्यहरु बाहिरिँदा घरपरिवार आर्थिक तथा अन्य विभिन्न हिंसाजन्य आन्तरिक कारणहरुबाट तनावग्रस्त भएको बढैयाताल गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले बताएका छन् । बढैयाताल गाउँपालिकाको मैनापोखरमा ओरेक नेपाल र प्लान इन्टरनेशनलको साझेदारीमा आयोजना गरिएको नव निर्वाचित जनप्रतिनिधीहरुसँग [पूरा पढ्नुहोस्]

नगरस्तरीय कृषी समन्वय समिती गठन

भुरिगाउँ, बर्दिया । ठाकुरबाबा नगरपालिका १, भुरिगाउँमा शुक्रबार नगरस्तरीय कृषक समुह समन्वय समिती गठन भएको छ । नगरस्तरीय कृषक समन्वय समितीको अध्यक्षमा शान्ता भण्डारी, उपाध्यक्ष लालसरा सावद, सचिव जोगमानी थारु, कोषाध्यक्ष कमला थारु सहित नौ सदस्यय कार्य समिती गठन भएको कृषी शाखाका प्राविधीक सहायक रुद्रराज बलमे जानकारी दिनुभयो । नगरस्तरीय कृषकहरुलाई एकताबद्ध बनाउने उदेश्यले [पूरा पढ्नुहोस्]
1 2 3 4 77