वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दिया

बाला लाग्ने बेला धान सुक्न थाले पछी किसान चिन्तीत

बारबर्दिया, बर्दिया । धान भित्र्याउने बेलामा रोगले धानबाली नष्ट हुन थालेपछि बर्दियाका किसानहरुमा चिन्ता बढेको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर-१, दाङ्गपुर टोलमा धान सुक्ने रोगका कारण किसानहरुलाई चिन्तित बनाएको छ । फड्के कीरा, पात बेरुवा कीरा र गबारो किराको प्रकोपले गर्दा धान सुक्न थालेको कृषि प्राबिधिकहरुले बताएका छन । फड्के कीराको रोकथाम वा कीराबाट बच्नको [पूरा पढ्नुहोस्]

टेलिकमको लापरबाहीले सास्ती भोग्दै पर्यटक, सोलार ब्याट्री बिग्रिएका कारण नेटवर्कमा समस्या

ठाकुरद्वारा, बर्दिया । नेपाल टेलिकमले बिग्रिएका सोलार ब्याट्रीको समयमा मर्मत नगर्दा पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुन्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले विभिन्न समस्या भोग्नु परेको छ । ठाकुरद्वारा क्षेत्रमा रहेको टेलिकमको टावरमा विद्युत आपुर्ती बन्द हुँदा मोबाइल ल्यान्डलाइन फोन तथा इन्टरनेट सहजै चल्न सकेका छैनन् । टेलिकममा रहेको सोलार ब्याट्री [पूरा पढ्नुहोस्]

बाढिबाट प्रभाबित गर्भवति र सुत्केरी आमाहरुलाई डिगनिटी किट वितरण

मधुवन, बर्दिया । बाढिबाट प्रभावित गर्भवति र सुत्केरी आमाहरुलाई आबश्यक पर्ने सामाग्री डिगनिटी किट वितरण कार्यक्रम मधुवन नगरपालिका १ सुर्यपटुवाको वडा कार्यालयमा सम्पन भएको छ  । सयुक्त राष्ट्र संघिय जनसंख्या कोष युएनएफपीएको आर्थिक सहयोगमा सन्चालन गरिएको कार्यक्रममा मधुवन नगरपालिका १ र २ वडाका  केहि भागका बाढिबाट प्रभाबित गर्भवती र सुत्केरी आमाहरुलाई डिगनिटी किट बितरण [पूरा पढ्नुहोस्]

बर्दियाका सहकारीहरुको कारोबार ६ अर्व बढी, अनुत्पादक क्षेत्रमा लगानी बढ्दै

गुलरिया, बर्दिया । आर्थिक वर्ष ७३/७४ को अन्त्य सम्म बर्दियामा रहेका सहकारी संस्थाहरुले ६ अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गरेका छन् । डिभिजन सहकारी कार्यालय, गुलरियामा ३९९ सहकारी संस्था दर्ता भई संचालनमा रहेका छन । जिल्लाका सबै सहकारीहरुले गत आर्थिक वर्षमा निक्षेप संकलन, लगानी, बाह्य ऋण, जगेडा कोष, शेयर पुँजी लगायतका शीर्षकमा ६ अर्ब १३ करोड ४८ लाख ९२ हजार रुपैयाँ [पूरा पढ्नुहोस्]

रेडियो टाइगरको प्रथम वार्षिकोत्सव सम्पन्नःबर्दियामा फ्रि वाईफाईको पहल गर्ने मन्त्री विष्टको प्रतिबद्धता

भुरिगाउँ, बर्दिया । बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउमा रहेको रेडियो टाइगर एफ. एम. ८८.२ मेगाहर्जले आज एक समारोहका बिच आफ्नो पहिलो वार्षिकोत्सव सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथी सुचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टले बर्दिया संग आफ्नो पुरानो सम्बन्ध रहेको र [पूरा पढ्नुहोस्]

बर्दियाका युवाले बाढीपिडित बालबालिकालाई बाँडे शैक्षिक सामाग्री

गुलरिया, बर्दिया । बाढीपिडितका लागि राहत संकलन र वितरण गर्न बर्दियाली युवाहरु एकजुट भएर लागेका छन् । ‘विकास प्रमी युवा समूह’ मा आवद्ध युवाहरुले बुधबार बाढीपिडित १ सय बालबालिकाहरुलाई १ लाख ३० हजार रुपैँयाको शैक्षिक सामाग्री वितरण गरेका छन् । बाढीपिडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै युवाहरु ।                                                       तस्विर  :सुदीप अधिकारी/बर्दिया अनलाईन [पूरा पढ्नुहोस्]

बर्दियामा पहिलो पटक केरा पकाउन विद्युतीय मेसिनको प्रयोग

गुलरिया, बर्दिया । गाउँघरमा काँचो केरालाई प्राकृतिक रूपले पकाउने गरिन्छ भने व्यावसायिक क्षेत्रमा भने विभिन्न रासायनिक पदार्थको प्रयोग गरिन्छ । रासायनिक पदार्थ प्रयोग गरी पकाइएको केरा स्वास्थ्यको लागि राम्रो मानिँदैन । तर, अब काँचो केरा पकाउन ‘राइपनिङ च्याम्बर’को स्थापना भएको छ । लक्ष्मण ढुंगानाले लेख्नु भएको यो समाचार हामीले कारोबार दैनिकबाट लिएका हौँ । बर्दियामा केरा [पूरा पढ्नुहोस्]

उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्षमा चौधरी

गुलरिया, बर्दिया । उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्ष पदमा विरबहादुर चौधरी ९विरु० विजयी भएका छन् । संयुक्त समावेशी व्यवसायीक प्यानल तर्फका अध्यक्ष देवेन्द्र पाण्डेलाई ४३ मतले पछि पार्दै चौधरी अध्यक्ष पदमा विजयी भएका हुन् । साझा समावेशी व्यवसायीक प्यानलबाट चौधरीले ५२७ मत प्राप्त गरे । प्रतिद्वन्द्वी पाण्डेले ४८४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ऋषिराम [पूरा पढ्नुहोस्]

महिला स्वास्थ्य स्वयंसेविका जुटे वन र वन्यजन्तु संरक्षणमा : बच्चा जन्मिएपछि रुख रोप्न सिकाउँछन्

ठाकुरद्वारा, बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ३ गोदानकी महिला स्वास्थ्य स्वयंसेविका विमला योगीमाथि अहिले थप जम्मेवारी छ । गाउँगाउँमा पुगेर स्वास्थ्य सम्बन्धी चेतना दिने र आवश्यक खोप सुविधा उपलव्ध गराउने योगी अहिले वन र वन्यजन्तु जोगाउन पनि गाउँलेलाई आग्रह गर्दै हिंड्छिन् । ‘हरेक घरमा स्वास्थ्यको काम भ्याएपछि वन र वन्यजन्तुको फाइदा, संरक्षण किन गर्ने भनेर [पूरा पढ्नुहोस्]

पिसिएफ शिक्षकलाई तलब खुवाउन माग राख्दै शिक्षक संगठनले बुझाए ज्ञापन पत्र

गेरुवा, बर्दिया । गेरुवा गाउँपालिकामा रहेको नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनले गेरुवा गाउपालिका मा रहेका पिसीएफ शिक्षकहरुलाई नजिकिदै गरेको बडा दशै तथा दिपावलीमा तलब खुवाउन माग राख्दै गेरुवा गाउँपालिका प्रमुख जमान सिह केसीलाई ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष जमान सिह केसीले २ महिना सम्मको तलब गेरुवा गाउँपालिका बाट खुवाउने र [पूरा पढ्नुहोस्]
1 2 3 77