वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

प्रदेश समाचार

५ नम्बर प्रदेश सरकारमा ३ मन्त्री थपिए

बुटवल, रुपन्देही । प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्रीले आज सपथ लिएका छन । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषदको बिस्तार गर्दै प्रदेश नम्बर ५ मा ३ जना मन्त्रीहरु थपेका हुन । मुख्यमन्त्रीबाट थप गरिएको ३ जना मन्त्रीहरुले आजै एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ गराएका छन । मन्त्रीपरिषदमा एमालेबाट दुई [पूरा पढ्नुहोस्]

बागेश्वरी मन्दिरको सन्दुक खोल्दा जे भेटियो… (फोटो फिचर)

भगतराम थारु/नेपालगञ्ज । दशकौं पुरानो भनिएको मालपोत कार्यालय बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको सन्दुक (बाकस) बुधबार खोलिएको छ । खोलिएका दुई बाकस मध्ये एउटामा रसिदका ठेली मात्र भेटिएको छ भने अर्को बाकसमा चाँदीका केही गहना र सुनको तिलहरी भेटिएको छ । दशकौ देखी मालपोत कार्यालय बाँकेमा अलपत्र अबस्थामा रहेका बाकस खोलीएसँगै सर्बसाधारणको कौतुहलता मेटिएको छ । [पूरा पढ्नुहोस्]

१८० बिगहा जमिनमा सुख्खा बन्दरगाह निर्माण शुरु

भगतराम थारु/नेपालगन्ज।  नेपाल भारतको सिमानामा पर्ने बाँकेको जयसपुर नजिकै १ सय ८० बिगहा जमिनमा सुख्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ । नेपाल–भारतबीच भएको सम्झौताअनुसार बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तर्रा्ष्ट्रिय व्यापार केन्द्र एवम् सुख्खा बन्दरगाह निर्माण प्रक्रियाअघि बढाइएको हो । दुई मुलुकबीच भएको सम्झौता अनुसार अहिले बन्दरगाह निर्माणका लागि भारतको [पूरा पढ्नुहोस्]

प्रदेश नं ५ को उपसभामुखमा पुर्व कमलरी कृष्णी थारु निर्वाचित

बुटवल । पुर्व कमलरी कृष्णी थारु प्रदेशसभा ५ को उपसभामुखमा निर्वाचित भएकी छिन् । उपसभामुख पदका लागि एमालेबाट थारु र कांग्रेसबाट रिना नेपाल बिकको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउंदै निर्वाचित भएकी हुन् । संसदको आजको बैठकमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको थियो । संसदमा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले पनि वाम [पूरा पढ्नुहोस्]

मुख्यमन्त्री नियुक्त गर्ने तयारी : पोख्रेल मुख्यमन्त्री र घर्ती सभामुख बन्ने निश्चित

बुटवल। बिभिन्न प्रदेशहरुमा आज मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । यसै अनुरुप प्रदेश नं ५ मा पनि यसको तयारी तिब्र पारीएको छ । प्रदेश नम्बर ५ का एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन । त्यसअघि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकले औपचारिक रुपमा सभामुख चयन गर्नेछ । प्रदेश नं ५ मा माओवादीका पूर्णवहादुर [पूरा पढ्नुहोस्]

सडक दुर्घटनामा दुई नेपालीको ज्यान गयो

नेपालगन्ज, बाँके । नेपालगञ्जबाट भारतको लखनउ तर्फ गइरहेको भारतिय नम्बर प्लेटको जिप रिसिया बजार क्षेत्रमा दुर्घटना हुँदा २ जना नेपालीको ज्यान गएको छ भने ३ जना गम्भिर घाईते भएका छन । नेपाल–भारत सिमावर्ती बजार रुपैडिहाबाट भारतिय नम्बर प्लेटको युपी ४० एक्स ६५१४ नम्बरको जीपमा सवार भएर भारतको लखनउ तर्फ गइरहेको जीप बिहिबार बिहानै करीब ८ बजे तिर बहराइच जिल्लाको रिसिया भन्ने ठाउंमा [पूरा पढ्नुहोस्]

प्रदेश नं-५ को दाङमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोलिने

काठमाडौं । सरकारले प्रदेश नं- ५ को दाङमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय गरेको छ । बिहीबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय गरेको हो । निर्णय बारे जानकारी दिदै कानूनमन्त्री यज्ञबहादुर थापाले प्रदेश नम्बर १ को धरान, २ को वीरगञ्ज, ३ को चोभार, ४ को दमौली, ६ को सुर्खेत र ७ को [पूरा पढ्नुहोस्]

माघ ११ देखि २२ गतेसम्म हुने प्रादेशिक महोत्सवलाई प्रचण्डले उद्घाटन गर्ने

नेपालगन्ज, बाँके। नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सव २०७४ को पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन । यहि माघ ११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवको उद्घाटन गर्न प्रचण्ड नेपालगञ्ज आउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार [पूरा पढ्नुहोस्]

थारु समुदायलाई चुनावी भोट बैंकका रुपमा प्रयोग गरियो– थारु अगुवा

नेपालगन्ज, बाँके । थारु समुदायको नेतृत्व सुनिश्चितता गर्न बाम गठबन्धनका थारु अगुवा कार्यकर्ताले आइतवार नेपालगन्जमा सयुक्त पत्रकार सम्मेलन गरि आफ्नो अधिकार सुनिश्चितताका लागि पहल गर्ने बताएका छन् । चुनावमा थारु समुदायलाई प्रयोग गरि भोट बैंक बनाउने र चुनाव सकेपछि वास्ता नगर्ने थारु अगुवाहरुले गुनासो गरेका छन। नेपाल लोकतान्त्रिक थारु संघ नेकपा एमाले र थारु राष्ट्रिय [पूरा पढ्नुहोस्]

५ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुले लिए सपथ

बुटवल, रुपन्देही । प्रदेश नं ५ मा आज प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण बुटवलमा सम्पन्न भएको छ ।  प्रदेश नं ५ का प्रमुख उमाकान्त झालेले जेष्ठ सदस्य बलदेव शर्मा पोख्रेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यस लगत्तै जेष्ठ सदस्य बलदेव शर्मा पोख्रेलले प्रदेश सभाका अन्य सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण बुटवल उद्योग बाणिज्य संघको हलमा भएको थियो । [पूरा पढ्नुहोस्]
1 2 3 4 5 42