वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

प्रदेश समाचार

फोनिज बाँकेको अध्यक्षमा समिरमान श्रेष्ठ सर्वसम्मत

नेपालगन्ज, बाँके । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको अध्यक्षमा पत्रकार समिरमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन । आइतवार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन । यस्तै फोनिक जिल्ला कार्य समितिको उपाध्यक्षमा विमला चौधरी, सचिवमा भगतराम थारु, सह सचिवमा लक्ष्मी चौधरी, कोषाध्यक्षमा सोम गुरुङ, चयन भएका छन् । सदस्यहरुमा शम्भु प्रसाद चौधरी, [पूरा पढ्नुहोस्]

नेपालगन्ज–कोहलपुर रेल सेवाको काम धमाधम चल्दै

नेपालगन्ज,बाँके । नेपालगन्ज हुँदै कोहलपुरसम्म रेल सेवा सञ्चालन गर्ने योजनाअन्तर्गत धमाधम काम अघि बढिरहेको छ । भारतीय प्राविधिकको टोलीले हालै सीमा बजार रुपैडिहाको नेपालगन्ज रोडबाट कोहलपुरसम्म ‘लिक’ रेखांकन सकेको छ । अब लागत रकम, आवश्यक भौतिक संरचना र रेल सेवाले छुने बस्तीको पहिचानलगायत काम थालिँदै छ । नेपाल रेल विभागका सब–इन्जिनियर रमेश यादवले दुई–तीन दिनमै अन्तिम [पूरा पढ्नुहोस्]

न्यायधिसको सम्पत्ती विवरण बुझाउने होइन सार्वजनिक गर्छौं : कानुन मन्त्री तामाङ

भगतराम थारु, नेपालगन्ज। कानुन मन्त्री शेर बहादुर तामाङले कानुन भन्दा माथि कोइ हुन नसक्ने बताएका छन । प्रेस चौतारी नेपाल बाँके शाखाले आज नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरेको कार्यक्रममा बोल्दै कानुन मन्त्री तामाङले कानुनको सर्वौच्चता स्थापित गर्न बर्तमान सरकार दृढतापुर्वक लागेको हुनाले पिडितलाई न्याय दिलाउन सकिने वातावरण सृजना गरिने बताएका हुन । सर्वोच्चदेखि लिएर [पूरा पढ्नुहोस्]

५ नम्बर प्रदेश सरकारमा ३ मन्त्री थपिए

बुटवल, रुपन्देही । प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्रीले आज सपथ लिएका छन । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषदको बिस्तार गर्दै प्रदेश नम्बर ५ मा ३ जना मन्त्रीहरु थपेका हुन । मुख्यमन्त्रीबाट थप गरिएको ३ जना मन्त्रीहरुले आजै एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ गराएका छन । मन्त्रीपरिषदमा एमालेबाट दुई [पूरा पढ्नुहोस्]

बागेश्वरी मन्दिरको सन्दुक खोल्दा जे भेटियो… (फोटो फिचर)

भगतराम थारु/नेपालगञ्ज । दशकौं पुरानो भनिएको मालपोत कार्यालय बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको सन्दुक (बाकस) बुधबार खोलिएको छ । खोलिएका दुई बाकस मध्ये एउटामा रसिदका ठेली मात्र भेटिएको छ भने अर्को बाकसमा चाँदीका केही गहना र सुनको तिलहरी भेटिएको छ । दशकौ देखी मालपोत कार्यालय बाँकेमा अलपत्र अबस्थामा रहेका बाकस खोलीएसँगै सर्बसाधारणको कौतुहलता मेटिएको छ । [पूरा पढ्नुहोस्]

१८० बिगहा जमिनमा सुख्खा बन्दरगाह निर्माण शुरु

भगतराम थारु/नेपालगन्ज।  नेपाल भारतको सिमानामा पर्ने बाँकेको जयसपुर नजिकै १ सय ८० बिगहा जमिनमा सुख्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ । नेपाल–भारतबीच भएको सम्झौताअनुसार बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तर्रा्ष्ट्रिय व्यापार केन्द्र एवम् सुख्खा बन्दरगाह निर्माण प्रक्रियाअघि बढाइएको हो । दुई मुलुकबीच भएको सम्झौता अनुसार अहिले बन्दरगाह निर्माणका लागि भारतको [पूरा पढ्नुहोस्]

प्रदेश नं ५ को उपसभामुखमा पुर्व कमलरी कृष्णी थारु निर्वाचित

बुटवल । पुर्व कमलरी कृष्णी थारु प्रदेशसभा ५ को उपसभामुखमा निर्वाचित भएकी छिन् । उपसभामुख पदका लागि एमालेबाट थारु र कांग्रेसबाट रिना नेपाल बिकको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउंदै निर्वाचित भएकी हुन् । संसदको आजको बैठकमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको थियो । संसदमा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले पनि वाम [पूरा पढ्नुहोस्]

मुख्यमन्त्री नियुक्त गर्ने तयारी : पोख्रेल मुख्यमन्त्री र घर्ती सभामुख बन्ने निश्चित

बुटवल। बिभिन्न प्रदेशहरुमा आज मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । यसै अनुरुप प्रदेश नं ५ मा पनि यसको तयारी तिब्र पारीएको छ । प्रदेश नम्बर ५ का एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन । त्यसअघि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकले औपचारिक रुपमा सभामुख चयन गर्नेछ । प्रदेश नं ५ मा माओवादीका पूर्णवहादुर [पूरा पढ्नुहोस्]

सडक दुर्घटनामा दुई नेपालीको ज्यान गयो

नेपालगन्ज, बाँके । नेपालगञ्जबाट भारतको लखनउ तर्फ गइरहेको भारतिय नम्बर प्लेटको जिप रिसिया बजार क्षेत्रमा दुर्घटना हुँदा २ जना नेपालीको ज्यान गएको छ भने ३ जना गम्भिर घाईते भएका छन । नेपाल–भारत सिमावर्ती बजार रुपैडिहाबाट भारतिय नम्बर प्लेटको युपी ४० एक्स ६५१४ नम्बरको जीपमा सवार भएर भारतको लखनउ तर्फ गइरहेको जीप बिहिबार बिहानै करीब ८ बजे तिर बहराइच जिल्लाको रिसिया भन्ने ठाउंमा [पूरा पढ्नुहोस्]

प्रदेश नं-५ को दाङमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोलिने

काठमाडौं । सरकारले प्रदेश नं- ५ को दाङमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय गरेको छ । बिहीबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय गरेको हो । निर्णय बारे जानकारी दिदै कानूनमन्त्री यज्ञबहादुर थापाले प्रदेश नम्बर १ को धरान, २ को वीरगञ्ज, ३ को चोभार, ४ को दमौली, ६ को सुर्खेत र ७ को [पूरा पढ्नुहोस्]
1 2 3 4 42