वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

प्रदेश समाचार

चौथौ नेपालगन्ज म्याराथनको उपाधि नेपाल प्रहरीका राईले चुमे

सोम गुुरुङ,नेपालगन्ज। शान्ति,सद्भाव र एकता राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ नेपालगन्जमा शनिवार भएको चौथो ब्राइटल्याण्ड नेपालगन्ज म्याराथन दौडमा फुुल म्याराथान दौडतर्फ नेपाल प्रहरीका भुुमिराज राईले प्रथम भई ट्रफी चुुम्न सफल भएका छन् । उनले ४२ किलो मिटरको दुुरी २ घण्टा ३३ मिनेट २० सकेन्डमा पार गरेका थिए । त्यसै गरि दोस्रो स्थानमा एपिएफका खिम [पूरा पढ्नुहोस्]

सडकमा ज्यान गुमाएकालाई दीप प्रज्ववलन गरि सम्झदै

नेपालगन्ज,बाँके । बाँकेको नेपालगन्जमा पनि सडकमा ज्यान गुुमाएका ब्यक्तिहरुको सम्झनामा विश्व स्मरण दिवस दीप प्रज्ववलन गरि मनाइएको छ । ११ नोभेम्बरमा मनाईने यो दिवस हप्ता भरि विभिन्न कार्यक्रम गरि मनाउने गरिएको छ । विश्व स्मरण दिवसको अवशरमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपाल युुवा परिषद, बाँके, मानव र वातावरण र बाँकेका विभिन्न सामाजिक संघसंस्थाको संयुक्त सहकार्यमा [पूरा पढ्नुहोस्]

कैलालीमा सवारी दुर्घटना

सुखड, कैलाली । कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. १ कट्टीपुरमा बुधबार बिहान बस र कार एक आपसमा ठोक्किदा ७ जना घाइते भएका छन । पुर्वबाट पश्चिम तर्फ आईरहेको ना ५ ख १८९ नम्बरको बस र बिपरित दिशाबाट गईरहेको एच.आर.१२ ए.ई.०४७६ भारतिय नम्बर प्लेट भएको कार एक आपसमा ठोकिएको बताईएको छ । दुर्घटनामा चालक सहित कारमा सवार ६ र बसमा सवार १ गरी ७ जना घाईते भएका छन । घाईते हुनेहरुमा पाडीणी [पूरा पढ्नुहोस्]

छाडा पशुचौपाया संरक्षण गर्न उच्च अदालतबाट स्थानीय तहलाई अन्तरिम आदेश

सोम गुरुङ,बाँके। छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वर्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वर्धन गर्नु पर्ने माग राख्दै २१ गते परेको सार्वजनिक सरोकारको रिट निवेदनमा उच्च अदालत तुलसीपुर इजलाश नेपालगजंमा २२ गते सो विषय माथि बहस हुदाँ उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले विपक्षीहरुलाई अन्तरिम आदेश गरेको छ । उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जका माननीय [पूरा पढ्नुहोस्]

कौशिलानगरमा वडाध्यक्ष कप खुला फुटबल प्रतियोगिता शुरु

कोहलपुर,बाँके। बाँकेको कोहलपुरमा बिहिबारदेखि वडा अध्यक्ष कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा रहेको एभरेष्ट युथ स्पोर्ट क्लवको आयोजनामा बिहिबारबाट फुटबल प्रतियोगिता सुरु भएको हो । फुटबल प्रतियोगिताको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए । फुटबल प्रतियोगितालाई उद्घाटन गर्दै प्रमुख रावतले वडा नं. १ ले [पूरा पढ्नुहोस्]

बाँके जिल्ला प्रशासनलाई सर्पदंश उपचार केन्द्रको माग राख्दै ज्ञापन पत्र

सोम गुरुङ्ग/नेपालगंज (बाँके) । नेपालगन्जमा रहेर मानवअधिकार तथा कानुनको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई  बाँकेको राप्ती पारी सर्पदंश उपचार केन्द्रको माग राख्दै  ज्ञापन पत्र बुझाएका छन् । सो ज्ञापन पत्रमा हाल बाँके जिल्लामा सर्पको टोकाईले गर्दा उपचार नपाएर धेरै मानिसको [पूरा पढ्नुहोस्]

नेपालगन्ज उपमहानगरपालिका संग कर बारे सूचना माग

सोम गुरुङ्ग/बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी सूचना अभियन्ता शैलेन्द्र कुुमार वैश्य, सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले नेपालगन्ज उपमहानगरपालिका कार्यालयसँग नेपालगन्ज उपमहानगरपालिकाले २०७२ देखि हाल सम्म उठाउँदै गरेको करको मापदण्ड र कर निर्धारणबारे सम्पूर्ण कागजातको सूचना माग गरेका छन् । सो सूचना मागमा [पूरा पढ्नुहोस्]

बाढी पीडितहरु प्रती गम्भीर र जिम्मेवार बन्न उच्च अदालतको आदेश

सोम गुरुङ्ग/बाँके । बाढी पीडितहरु प्रती गम्भीर र जिम्मेवार बन्न सरोकारवाला निकायलाई उच्च अदालतले आदेश जारी गरेको छ । बाँके र बर्दिया जिल्लामा गत वर्ष आएको बाढीले पुर्याएको क्षतीको उचित राहत र बाढीबाट प्रभावितहरुलाई बसोबासको ब्यवस्थाको माग राख्दै २०७४ भाद्र १९ गते उच्च अदालत तुल्सीपुर इजलाश नेपालगजंमा परेको सार्वजनिक सरोकारको रिट निवेदन विचारधिन रहेकोमा आषाढ २० गते उच्च [पूरा पढ्नुहोस्]

नेपालगन्जवाट अब दिल्ली सिधा उडान हुने

नेपालगंज (बाँके) । सरकारले नेपालगञ्ज–दिल्ली उडानका लागि बुद्ध एयरलाई अनुमति प्रदान गरेको छ । नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपालगञ्ज–दिल्ली उडानका लागि बुद्ध एयरलाई आज स्वीकृति दिएको जानकारी दिए । [पूरा पढ्नुहोस्]

सूचनाको हक सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

सोम गुरुङ्ग/नेपालगंज (बाँके) । सुशासनका लागि सूचनाको अधिकार भन्ने मुल नाराका साथ सूचनाको हक सम्बन्धि अनुशिक्षण कार्यक्रम नेपालगन्जमा  सम्पन्न भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । अनुशिक्षण कार्यक्रमका सहभागीहरुले सूचनाको हक सम्बन्धि छलफल, अनुशिक्षण स्थानीय तहमा पनि हुनु पर्नेमा जोड [पूरा पढ्नुहोस्]
1 2 3 43