वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

अर्थ

काठमाण्डौमा ३ करोडको तरुल !

काठमाडौं । उपत्यकामा माघे संक्रान्तिको अवसरमा ५ सय मेट्रिक टन तरुल आपूर्ति भएको छ । शनिबारसम्ममा करीब ३ करोड रकम बराबरको विभिन्न तरुलको कारोबार भएको पाइएको छ । नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अनुसार सबैभन्दा बढी तरुलको कारोबार कालीमाटी बजारमा हुने गर्छ । ५ सय टनमध्ये कालीमाटी तरकारी बजारबाट मात्र २ सय टन आपूर्ति भएको छ । बल्खुमा ५० टन र बानेश्वरमा १ सय टन तरुल [पूरा पढ्नुहोस्]

फजुल खर्च कटाएर सहकारीका सदस्यले गरे ‘माघी बचत’

बगनाहा, बर्दिया । हिजोआज चाँडपर्वहरु खर्चीलो र भड्किलो बन्दै गएको बेला बर्दियाको एक सहकारी संस्थाका सदस्यहरुले भने पर्वका नाममा हुने फजुल खर्च कटाएर बचत गर्न थालेका छन् । माकर संक्रान्ति तथा माघी पर्वको अवसरमा बबई नगरपालिका– ६ बर्गदास्थित सिर्जना बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको माघी बचत खातामा रकम जम्मा गरेर सहकारीका सदस्यहरु आफनो बचत बढाउने कार्यमा सहभागी भएका [पूरा पढ्नुहोस्]

जनचेतना साकोस नेउलापुरको साधारण सभा सम्पन्न

बर्दिया, मंसीर २४ बर्दियाको बबई नगरपालिका ५ नेउलापुरमा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  बबई नगरपालिका वडा नम्बर ५ को नेउलापुर गाउँ मात्र कार्य क्षेत्र रहेको संस्थामा ४ सय ७७ जना शेयर सदस्य रहेको संस्थाले १ करोड २५ लाख बराबरको कुल कारोबार गरेको छ ।  संस्थाका सचिव भावुक योगीले प्रगती प्रतिबेदन, संस्थाका कोषाध्यक्ष जनार्दन [पूरा पढ्नुहोस्]

प्रगती साकोसको अध्यक्षमा बिजय शाह निर्वाचित

भाबुक योगी/ बगनाहा बर्दियाको बबई नगरपालिका ७ बगनाहामा रहेको प्रगती वचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा बिजय शाह निर्वाचित हुनु भएको छ । शाहले १ हजार १ सय ८६ मत प्राप्त गर्दै प्रतिद्धन्द्धी देबि प्रसाद देवकोटालाई ४ सय ६३ मत अन्तरले निर्वाचित हुनुभएको हो । देवकोटाले ७ सय २३ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्ष पदमा कृष्णा शाही निर्वाचित [पूरा पढ्नुहोस्]

राजापुरमा पहिलो पटक ए.टि.एम.सेवा

गान्दिप कायस्थ/ राजापुर बैंक अफ काठमाण्डू लुम्बिनी लि.राजापुर शाखा कार्यालयले बर्दिया क्षेत्र ४को लागि पहिलो पटक राजापुर शाखाबाट ए.टि.एम. सेवा सुरु गरेको छ । शाखा प्रबन्धक प्रशान्तकुमार शर्माले जानकारी दिदै नेपाल अधिराज्य भरी ७४ शाखा रहेको बैंकले अहिले ए.टि.एम. सेवाको माग भए अनुसार बर्दियाको राजापुर लगायत नजिकका सेवाग्राहीहरुलाई सजिलो होस भन्ने हेतुले राजापुरमा यो सेवा [पूरा पढ्नुहोस्]

पाँच सय र हजारका भारु नोट भारतमै प्रतिबन्धित

भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मध्यरात १२ बजेबाटै पाँच सय र १ हजार रुपैयाँका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । जाली नोट कारोबारीलाई निरत्साहित गर्न भारतले आफ्नै मुलुकभित्र त्यस्ता नोट प्रयोगमा प्रतिबन्ध लगाउनुपरेको जनाएको छ । यसअघि भारतको [पूरा पढ्नुहोस्]

तीजको खर्च कटाएर महिलाहरुले गरे एकै दिनमा १७ लाख रुपैँया बचत

भावुक योगी/ भदौ हिजोआज तीज भड्किलो बन्दै गएका बेला बर्दिया बबई नगरपालिका क्षेत्रका महिला भने तीजको फजुल खर्च कटाएर बचत गर्न थालेका छन् ।  बर्दियाको ग्रामीण क्षेत्रका महिला स्थानीय सहकारी संस्थाको तिज विषेश कार्यक्रम स्थल भुरीगाउँमा तीज बचत खाता खोलेर बचत कार्यमा सहभागी भएका हुन् ।  बर्दियाको बबई नगरपालिका ६ बर्गदाको सिर्जना बचत तथा ऋण सहकारी संस्थाका महिला सदस्यहरुले [पूरा पढ्नुहोस्]

कृषि उत्पादन प्रदर्शनी मेलाको उद्घाटन कृषि मन्त्री गजुरेलबाट हुँदै

प्रकाश श्रेष्ठ/ बाग्लुङ        नेपालमा अझै पनि अधिकांश मानिसहरु कृषिमा आश्रित रहेका छन् । कृषिमा आधुनिक प्रविधीको प्रयोग हुन सके मात्र आम कृषकहरुको जीवनस्तर  उकास्न सकिने र त्यसबाट समग्र देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनिय हुन सक्ने देखिन्छ । निर्वाहमुखी कृषिलाई व्यवसायिक कृषिको रुपमा रुपान्तरण गर्नको लागी सरोकारवाला निकायहरुले कृषकलाई चाहिने [पूरा पढ्नुहोस्]

हिमालयले गर्‍यो गाउँगाउँमा सहकारी शिक्षा

बगनाहा / माघ १७हिमालय सहकारी सस्था लिमिटेड बगनाहाले आफ्ना सदस्यहरुको लागि दुई दिने सहकारी शिक्षा तालिम कार्यक्रम बिभिन्न तीन स्थानहरुमा सम्पन्न गरेको छ । तालिममा १ सय ५ जना सहभागी सदस्यले सहकारी शिक्षाको अवसर प्राप्त गरेको सस्थाका अध्यक्ष घन नारायण श्रेष्ठले जाhनकारी दिनुभयो । सहकारी सिद्धान्तको ५ औँ सिद्धान्तले मार्ग निर्देश गरे बमोजिम सदस्य बिचमा निरन्तर सहकारी शिक्षा [पूरा पढ्नुहोस्]

बर्दियाको ठाकुरद्धारा माघी मेला सम्पन्न

बर्दिया अनलाइन,  माघी पर्वको अवसरमा बर्दियाको ठाकुरद्धारामा रहेको ऐतिहासिक ठाकुरबाबा मन्दिर परीसरमा गत पुस ३० गते राति देखि ४ दिन सम्म लागेको परम्परागत माघि मेला सकिएको छ । यस वर्षको मेलामा झण्डै २ करोड बराबरको कारोबार भएको मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष झक प्रसाद आचार्यले बताउनुभयो । माघी मेलामा विभिन्न किसीमका झण्डै ४ सय स्टलहरु थिए । प्रत्येक बर्ष माघे [पूरा पढ्नुहोस्]
1 2 3 4