वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

बर्दिया

डाक्टर के.सी.को समर्थनमा बर्दियामा जनप्रदर्शन

मिन अधिकारी/गुलरिया (बर्दिया) । जुम्लामा आमरण असनरत डाक्टर गोबिन्द के.सी.को समर्थनमा बर्दियामा जनप्रदर्शन भएको छ । स्वास्थ्य सेवा सरोकार समाज बर्दियाको नेतृत्वमा सदरमुकाम गुलरियामा जनप्रदर्शन भएको हो । – जनप्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वत्ताहरु । प्रदर्शनकारीहरुले जुलुस प्रदर्शनका साथ  कोण सभा पनि गरेका छन् । कोण सभामा बोल्ने नागरिक वक्ताहरुले डाक्टर [पूरा पढ्नुहोस्]

अवैध हतियारसहित २ पक्राउ, एकको खोजी हुँदै

बर्दिया । अवैध हतियारसहित बर्दियामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको बढैयाताल गाउपालिका वडा नं २ सितापुर बस्ने २६ वर्षीय खुमबहादुर थापा र २७ वर्षीय खडकबहादुर सुनारलाई आइतबार साँझ हतियार सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेका उनीहरुबाट १२ बोर बन्दुक एक थान र सोही बन्दुकमा लाग्ने गोली २ राउण्ड बरामद गरिएको प्रहरी नायव [पूरा पढ्नुहोस्]

सरसफाई अभियानमा सक्रिय बन्दै वडघर विप्र थारु

तारा बहादुुर खाती/गेरुवा (बर्दिया) । वडघर विप्र थारु अहिले विशेष गरि पूर्ण सरसफाइ अभियानमा व्यस्त छन् । वडघर भए पछि समुदायमा आउने हरेक समस्यालाई समाधान तिर लैजानु उनको कर्तव्य हो र लागीरहन्छन पनि तर पछिल्लो समयमा उनले जव पूर्ण सरसफाइ सम्बन्धि गाउँपालिकाको आयोजनामा जी.एस.एफ. यू.एन. हबिटाटको सहयोग र आई.डि.एस. नेपाल/मायुस बर्दियाको सहजीकरणमा सञ्चालित अभिवृद्धीमूलक तालिम लिने र [पूरा पढ्नुहोस्]

भौरा क्षेत्रको धान खेतीमा ‘खैरा’ रोगले किसान चिन्तित

मिन अधिकारी/राजापुर । बर्दियाको भौरा क्षेत्रको धान खेतीमा खेरे (खैरा) रोग लाग्न थालेको छ । गत जेठदेखि भौरा क्षेत्रका किसानहरु धान खेतीमा जूटेका थिए । केही किसानले अझै धान रोप्दै छन् तर पहिले रोपेको धानमा खैरा रोगको समस्या देखिएपछी किसान चिन्तित देखिएका हुन । ‘केही किसानहरु अझै रोपाइमा छन, पहिले रोपेको धानमा खैरे रोगले बाली नै प्रभावित पार्न थालिसक्यो ।’  राजापुर [पूरा पढ्नुहोस्]

नुहाउने क्रममा करेन्ट लागेर कर्मलामा एक जनाको मृत्यु

बअ सम्वाददाता/भुरिगाउँ (बर्दिया) । ठाकुरबाबा नगरपालिका–२, मा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । आफ्नै घरको धारामा जडान गरिएको मोटर चलाएर नुहाउने क्रममा करेण्ट लाग्दा ठाकुरबाबा नगरपालिका–२, कर्मला गाउँका ३५ बर्षिय करम बहादुर थारुको ज्यान गएको पारिवारिक स्रोतले जनाएको हो । घरका अरु सबै सदस्य घरभित्र थिए धारामा मोटर चलाएर नुहाउन लागेका बेला करेण्ट लागेर धारामा टाँसिएको [पूरा पढ्नुहोस्]

अस्तव्यस्त सवारी पार्किङ्गले पर्यटकिय क्षेत्रको सौन्दर्यता हराउँदै, दुर्घटनाको जोखिम उच्च

बअ सम्वाददाता/भुरिगाउँ (बर्दिया) । पर्यटकिय जिल्लाको रुपमा चिनिएको बर्दियाको भुरीगाउँ बजारको ट्राफिक व्यवस्था सुधारका लागि स्थानियहरुले आग्रह गरेका छन् । ठाकुरबाबा नगरपालिका भुरीगाउँमा अटोरिक्सा, बस, पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारीका साधन यत्रतत्र जाहाँ पायो त्यही रोकेर पार्किङ्ग गरि दिँदा सर्वसाधारणलाई असहज भएको भन्दै ट्राफिक व्यवस्था सुधारका लागि [पूरा पढ्नुहोस्]

अटोरिक्साले मनोमानी भाडा असुल्दै, भाडामा एकरुपता नहुँदा यात्रु मर्कामा

बअ सम्वाददाता/भुरिगाउँ (बर्दिया) । ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ र ठाकुरद्वाराबाट संचालन हुने अटोरिक्साले मनोमानी ढंगबाट चर्को भाडा असुल्दा यात्रुहरु मर्कामा परेका छन् । बजारबाट गाउँतर्फ र गाउँबाट बजारतर्फ आउनु पर्दा अटोरिक्साले मनोमानी ढंगबाट भाडा असुल्दै आएका यात्रहरुुले गुनासो गरेका हुन् । एक किलोमिटरको कती भाडा लिनु पर्ने हो अथवा बजारबाट सम्बन्धित गाउँ जाँन आउन [पूरा पढ्नुहोस्]

बारबर्दिया नेपालकै पहिलो आधारभुत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा

प्रेम बुढा/बारबर्दिया (बर्दिया) । बारबर्दिया नगरपालिका नेपालकै पहिलो अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता भएको नगरपालिका भएको छ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले बिहिबार एक औपचारीक समारोहका बिच बारबर्दिया नगरपालिकालाई आधारभुत शिक्षा सुनिश्चिता भएको नगर घोषणा गरेका छन् । नगरपालिका भित्र रहेका विद्यालय उमेर समूहका ५ देखि १२ वर्षका [पूरा पढ्नुहोस्]

डा. केसीको स्वास्थ्य तलमाथी भए जुम्ला लैजानेले जिम्मेवारी लिनु पर्छ : मन्त्री पोखरेल

प्रेम बुढा/बर्दिया । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले जुम्लामा अनसनरत डा. गोविन्द के.सी.को स्वास्थ्य तलमाथी भएमा जुम्ला लैजाने र अनसनको लागी व्यवस्था गर्छु भन्नेहरु नै जिम्मेवार हुने बताएका छन् । बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । कानुन शासनलाई कसैले [पूरा पढ्नुहोस्]

जब्दीघाट पुलबारे भाईरल भिडियो :भत्केको पुलका कारण जोखिम बढ्दै !

जब्दिघाट, बर्दिया । सामाजिक सन्जालमा अहिले बर्दियाको जब्दिघाट पुलबारेको एउटा रिपोर्ट भाईरल बन्दै गईरहेको छ । जनतालाई हस्तान्तरण नगर्दै भत्केको पुलका बारेमा कसैले चासो नदेखाए पछी अहिले यही पुलका कारण जोखिम बढ्दै गएको छ । बनाएको एक वर्ष नपुग्दै गत वर्ष साउनमा भत्किएको बर्दियाको जब्दीघाट पुलले यो वर्ष पनि जोखिम बढाएको छ । नदी बीचमा पानीको निकास रोक्ने गरी पुल मुनि बालुवाजन्य [पूरा पढ्नुहोस्]
1 2 3 107