वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दिया

हिमालय सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यहरु सम्मानित

बगनाहा, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष एवम् ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठको अध्यक्षता तथा नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद खरेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएकोे हो । संस्थाकी प्रबन्धक सावित्री कुमारी [पूरा पढ्नुहोस्]

राजापुरमा नमुना मतदान उत्साहपूर्ण

राजापुर,बर्दिया । बर्दियाको भौरा क्षेत्रमा आज स्थानियबासीहरुको उल्लेख्य उपस्थितिमा नमूना मतदान सम्पन्न गरिएको छ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न राजापुर नगरपालिकाको वडा नं. १० खैरी चन्दनपुरमा रहेको जनचेतना मा वि मंगलपुर र गेरुवा गाउपालिकाको वडा नं.६ मनाउ लाहोरपुरमा रहेको प्रा वि विद्यालयमा नमूना मतदान गरिएको हो । यो [पूरा पढ्नुहोस्]

प्रहरी चौकीबाट थुनुवा फरार

बारबर्दिया, बर्दिया । बारबर्दियास्थित कतरनिया चौकीबाट बुधवार विहान एक थुनुवा फरार भएका छन् । श्रीमतीसँग झगडा गरेको उजुरीको आधारमा मंगलबार राति पक्राउ गरि ल्याएका बारबर्दिया–९ का राजु काफ्ले फरार भएको प्रहरीले जनाएको छ । हतकडी लगाएका उनी फरार भएका थिए । प्रहरीले हतकडी भने फेला पारेको छ । फरार थुनुवा काफ्लेको खोजी भई रहेको प्रहरी उपरिक्षक जनक भट्टराईले बताए । काफ्ले [पूरा पढ्नुहोस्]

संस्थानले धान खरिद गर्न पाएन

राजापुर, बर्दिया । नेपाल खाद्य संस्थानले धानको मूल्य तोकेको दुई साता बित्न लागे पनि खरिद गर्न पाएको छैन । संस्थानले राजापुरमा बढी उत्पादन हुने मध्यम र मसिनो धानको मूल्य नतोकेर मोटो धानको मात्रै निर्धारण गरेपछि किसानले बिक्री गर्न नल्याएका हुन् । राजापुर क्षेत्रको करिब १५ हजार हेक्टर क्षेत्रफलमा करिब ८० प्रतिशत मध्यम मकवानपुर जातको धान उत्पादन हुने गर्छ । २० प्रतिशतमा भने [पूरा पढ्नुहोस्]

चुनावको बेला हुनसक्ने चोरीशिकारी नियन्त्रणमा निकुञ्ज, सेना र स्थानिय युवाहरु खटिदै

भुरिगाउँ,बर्दिया । आसन्न चुनावका समयमा चोर शिकारीले बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकार गर्नसक्ने भन्दै निकुञ्ज, नेपाली सेना र संरक्षण अभियानमा लागेका युवाहरु उच्च सर्तकर्ताका साथ परिचालन हुने भएका छन् । चुनावमा चोर शिकारीले मौका छोपी वन्यजन्तुको चोरी शिकार गर्न नसकुन भन्दै निकुञ्ज र सेना उच्च सुरक्षामा खटिएको शिव दल गणका गणपति टेकबहादुर चन्दले बताए । [पूरा पढ्नुहोस्]

बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने निश्चित छ : ओली

गुलरिया, बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने निश्चित भएको बताएका छन । सदरमुकाम गुलरियामा आज भएको बामगठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा दुई तिहाई बहुमत आउने बताएका हुन । बामपन्थीहरुको एकता चुनाव अगाडी नै गर्ने योजना भएपनि चुनाव नजिकै आईसकेकोले चुनावी तालमेल मात्र [पूरा पढ्नुहोस्]

राजापुरमा जेष्ठ नागरिक वडा समितिको गठन

राजापुर,बर्दिया। राजापुरमा जेष्ठ नागरिक समाजले नगरपालिका भित्रका १० वटै वडामा जेष्ठ नागरिक वडा समितिको गठन आरम्भ गरेको छ । राजापुरमा जेष्ठ नागरिक समाजले गरेको निर्णय अनुसार नगरपालिका भित्रका प्रत्येक वडामा समिति गठन सुरु गरेको हो । आज वडा नं.-८ मा पहिलो वडा समिति गठन गरिएको जेष्ठ नागरिक समाज राजापुरले जनाएको छ । जेष्ठ नागरिक समाज राजापुरका अध्यक्ष रणचन्द्र चौलागाईको [पूरा पढ्नुहोस्]

ओली र प्रचण्ड बर्दिया आउँदै

भुरिगाउँ, बर्दिया । गुलरियामा भोली (मंसिर ११ गते) हुने वाम गठबन्धनको चुनावी जनसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बर्दिया आउने भएका छन् । वाम गठबन्धनका यी दुई शिर्ष नेताले सम्बोधन गर्ने उक्त चुनावी सभा एतिहासिक हुने बताइएको छ । चुनावी सभालाई भब्य बनाउन ब्यापक तयारी भइरहको बताइएको छ । वाम [पूरा पढ्नुहोस्]

नेतालाई चुनाव, किसानलाई धानको चटारो

राजापुर, बर्दिया । गेरुवा ४ का कालीबहादुर थारूलाई बोल्ने फुर्सद छैन । धान दाउने र नजिकको बजारमा लगेर बेच्ने तयारीमा उनी जुटेका छन् । वर्षभरिको प्राण धान्न र खर्च टार्न धान स्याहार्ने चटारो छ । स्थानीय लखना थारू गहुँ छर्न खेत जोत्ने तयारीमा छन् । नजिकिँदै गएको चुनावभन्दा यहाँ बाली भित्र्याउने र गहुँ छर्ने चटारो छ । सदरमुकामदेखि २५ किमि पश्चिम कर्णालीपारिका किसान खेतीपातीमा [पूरा पढ्नुहोस्]

बर्दिया जिल्ला कारागार सेनाको जिम्मा

गुलरिया, बर्दिया । प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर राख्दै बर्दिया जिल्ला कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सरकारको निर्देशनअनुसार अति संवेदशनशील मानिएको कारागारमा सेनाले सुरक्षाको जिम्मा लिएको छ । यसअघि नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईका अनुसार निर्वाचन अवधिका लागि नेपाली सेनाका [पूरा पढ्नुहोस्]
1 2 3 85