वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

प्रदेश समाचार

१४ किलो चरेश सहित ४ जना पक्राउ

नेपालगन्ज,बाँके। १४ किलो चरेश सहित संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जको टोलीले ४ जनालाई पक्राउ गरेको छ । शुक्रवार राती करिव ११ बजे विशेष सुचनाको आधारमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानीबाट १४ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जाजरकोट कुसे गाउँपालिका पजारु ८ बस्ने २७ बर्षिय अर्जुन बस्नेत, सोही ठाउँका ३० बर्षिय राम बहादुर खत्री, २२ बर्षिय [पूरा पढ्नुहोस्]

शैक्षिक महोत्सवको तिब्र तयारी

नेपालगन्ज,बाँके। नेपालगन्जको कारकांदोस्थित सडक डिभिजन परिसरमा यही मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म सन्चालन हुने शैक्षिक महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सवको तयारीका लागि व्यवसायीहरु घनीभूतरुपमा लागेको महोत्सव मूल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीले बताउनुभयो । महोत्सवका लागि स्टल बुकिंग अन्तिम चरणमा पुगेको छ भने स्टल निर्माणको काम धमाधम भइरहेको छ । [पूरा पढ्नुहोस्]

लोकतान्त्रिक गठबन्धनको र्‍याली नेपालगन्जमा

नेपालगन्ज, बाँके। बाँके क्षेत्र नम्बर २ का आफ्ना नेता, कार्यकर्तालाई लोकतान्त्रिक गठबन्धनले सडकमा उतारेको छ । गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता हात–हातमा झण्डा बोकेर बिहीबार नेपालगन्जको सडकमा उत्रिएपछि निर्वाचनको माहोल काँग्रेस र राप्रपाका उम्मेदवारतर्फ केन्द्रित भएको छ । प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क’ का [पूरा पढ्नुहोस्]

कटुवा पेस्तोल र भरुवा बन्दुक सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज | दुई थान कटुवा पेस्तोल र एक थान भरुवा बन्दुक सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बहराईच जिल्ला रुपैडिहा केवलपुर बस्ने पर्शुराम पासीलाई दुई थान कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो । डुडुवागाउँपालिका ६ स्थित राजेन्द्र लोनियाले भारतबाट पेस्तोल मगाएको पासीले प्रहरीलाई बयान दिएका छन् । लोनियाको घरमा लुकाई राखेको एक थान भरुवा बन्दुक समेत [पूरा पढ्नुहोस्]

मिलेर बसेको समाजमा सद्भाव नभड्काऔँ: राई

नेपालगन्ज, बाँके। संघीय समाजवादी फोरम नेपालले बाँकेले बिरामीहरुलाई फलफूल वितरण गरेर नेपालगन्ज नगरक्षेत्रमा आफ्नो चुनावी घरदैलो तथा मतदाता भेटघाटको अभियान सुरु गरेको छ । क्षेत्र नं. २का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले भेरी अञ्चल अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर घरदैलो कार्यक्रमको सुरुवात गरेका हुन् । अस्पतालमा रहेका एक सय ५० जना बिरामीलाई [पूरा पढ्नुहोस्]

जेब्राक्रसिङमै छ बार ! अनि कसरी गर्ने पैदल यात्रुले बाटो वारपार?

नेपालगन्ज, बाँके। सडक वारपार गर्न बनाईएको जेब्राक्रसिङले यात्रुलाई सास्ती भएको छ भन्दा सामान्यत विश्वास नलाग्न सक्छ । तर यस्तै पिडाबाट गुज्रिएका छन नेपालगन्जबासी । बाटो हिंड्ने जो कोहिलाई सहज होस भनेर नेपालगन्जको चार लेन सडकमा बनाईएको जेब्रा क्रसिङ पार गर्ने ठाउँँमा नै बार भईदिएपछी पैदल यात्रुलाई झन सास्ती भएको हो । “जेब्राक्रसिङ छ, सडक पेटीसम्म जाने खुल्ला बाटो छैन, [पूरा पढ्नुहोस्]

गाउँपालिकामा डिजिटल नागरिक बडापत्र

भुमे, रुकुम पुर्व। एकै पटक हेर्न, सुन्न र पढ्न मिल्ने डिजिटल नागरिक बडापत्र रुकुम पूर्वको एक गाउँपालिकाले प्रयोगमा ल्याएको छ । भूमे गाउँ कार्यपालिकाले सन्चालनमा ल्याएको डिजिटल प्रविधिको नागरिक बडापत्रको उद्घाटन गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले एक कार्यक्रमका बिच रिमोट थिचेर गरेका हुन। यही कात्तिक २२ गते भूमे गाउँपालिका ३ सिमास्थित गाउँ कार्यपालिकाको कार्यालयमा [पूरा पढ्नुहोस्]

कलेजमा अध्ययनरत विद्यार्थीहरुले प्रदर्शन गरे आफैले बनाएको विद्युतीय सामग्री

नेपालगन्ज,बाँके। नेपालगन्जका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका विद्युतीय सामाग्री बनाएर प्रदर्शन गरेका छन् । उनीहरुले बनाएका सामाग्रीबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरिएको थियो । आफ्नो छोराछोरी विद्यालयमा पुग्यो कि पुगेन, सुतेरै बत्ती बन्द र खोल्न सकिने जस्ता विभिन्न प्रकारका विद्युतीय उपकरणहरु बनाएको विद्यार्थी विमलकुमार यादवले [पूरा पढ्नुहोस्]

आफ्नै कार्यकर्ताद्वारा जनप्रतिनिधिमाथि हातपात

नेपालगन्ज, बाँके। नेपालगन्ज उप–महानगरपालिका वडा नं. ४ की जनप्रतिनिधी आफ्नै कार्यकर्ताद्वारा कुटिएकी छिन । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेबाट नेपालगन्ज उप–महानगरपालिकाको वडा ४ वडा सदस्य एवं नेपालगन्ज उप–महानगरपालिका कार्यपालिका सदस्य निर्वाचित ईन्दिरा शाही माथि हातपात भएको हो । मंगलबार राप्रपा पार्टी कार्यालयमा जिल्ला सदस्य विष्णु सिंह ठकुरीले उनी माथि हातपात [पूरा पढ्नुहोस्]

पेस्तोल र गोली सहित एक युवा पक्राउ

नेपालगन्ज, बाँके। नेपालगन्ज भन्सार नाकाबाट प्रहरीले पेस्तोल र गोली सहित एक युवालाई पक्राउ गरेको छ । ४५ थान गोली र एक थान यएरगन सहित बाँके प्रहरीले एक जनालाई नेपाल–भारत सीमा नाका जमुनाहबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे–७ का रमेश योगीको साथमा एक थान यएर गन र त्यसमा लाग्ने ४५ थान गोलीसहित बुधबार बिहान साढे छ [पूरा पढ्नुहोस्]
1 2 3 38