वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

ठाकुरबाबा नगरपालिकामा मोतीबिन्दुको अपरेसन शिविर हुँदै

        सन्तोष श्रेष्ठ   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३, २०७५ ।    

भुरिगाउँ, बर्दिया ।
के तपाईं आँखासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ? के तपाईं पैसाकै कारण आफ्नो ज्योतिलाई अन्धकारतर्फ डोर्‍याउदै हुनुहुन्छ ? वा टाढा जान नसकेर बसिरहनु भएको छ ? यदी हो भने अब ढुक्क हुनुहोस्। ठाकुरबाबा नगरपालिकाले तपाईंकै घरदैलोमा यी सबै समस्याको समाधान गर्दैछ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा आँखा छनोट शिविर र मोतिबिन्दु अप्रेशन शिविर हुने भएको छ । तिलगंगा आँखा अस्पाताल काठमाण्डौको आर्थिक तथा प्राविधिक सहयोग र ठाकुरबाबा नगरपालिकाको समन्वयमा सो आँखा छनोट शिविर र मोतिबिन्दु अप्रेशन शिविर बस्न लागेको हो ।
नगरपालिकाले दिएको जानकारी अनुसार मोतिबिन्दु बिमारीको छनौट फागुन ५ गते देखी ८ गतेसम्ममा विभिन्न स्वास्थ्य केन्द्रमा गरिनेछ भने फागुन ८, ९ र १० गते मोतीबिन्दुको अपरेसन हुनेछ । नगरपालिकाका स्वास्थ्य साखा प्रमुख ईन्द्र बहादुर राजवंशीका अनुसार फागुन ५ गते ठाकुरद्वारा स्वास्थ्य चौकीमा, फागुन ६ गते शिवपुर स्वास्थ्य चौकीमा छनौट भएका मोतीबिन्दु बिरामीहरुको फागुन ८ गते अपरेसन गरिनेछ । त्यसैगरी फागुन ७ गते बगनाहा स्वास्थ्य चौकीबाट छनौट भएका मोतीबिन्दु बिरामीहरुको ९ गते अपरेसन हुनेछ भने फागुन ८ गते नेउलापुर स्वास्थ्य चौकीबाट छनौटमा परेका मोतीबिन्दु बिमारीहरुको अपरेसन १० गते गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...