वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

बर्दिया आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ ।    

रासस।
काठमाडौँबाट बर्दियातर्फ आउँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना भएको छ। बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी ३१ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ। घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ल्याइको छ। गाडीमा ४१ जना सवार रहेका थिए। दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालन भएको छ।

प्रतिक्रिया दिनुहोस्:


Loading...