वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

ठाकुरबाबा नगरक्षेत्रमा ट्राफिक प्रहरीले शुरु गर्‍यो आधुनिक प्रविधीबाट चेकजाँच

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस १९, २०७५ ।    

भुरिगाउँ,बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगर क्षेत्रमा ट्राफिक प्रहरीले आधुनिक प्रविधीको सहायता लिदै चेकजाँचमा कडाई गरेको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटनाका घटना बढन थालेको गुनासो बढेसंगै ईलाका प्रहरी कार्यालय भुरिगाउँका ट्राफिक प्रहरीले पुर्व पश्चिम राजमार्गमा गुड्ने लामो यात्रााका सवारी साधनका साथै मोटरसाइकल, ट्याक्टर, जीप लगायतका चालक माथि चेकजाँचमा कडाई गरेको हो ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटनाका घटनाहरु बढ्दै गएपछि राजमार्ग क्षेत्रमामा चल्ने सवारी साधनका चालकहरुलाई ब्रेथ लाइजरको सहायता मार्फत मादक पदार्थ सेवन चेकजाँच शुरु गरिएको हो । ईलाका प्रहरी कार्यालय भुरिगाउँले खटाएको ट्राफिक प्रहरीको टोलीले चेकजाँचमा कडाई गरे यता मादक पदार्थ सेवन गरी मोटरसाइकल, ट्याक्टर, जीप लगायतका विभिन्न सवारी साधनका चालकहरुलाई कारवाही गरिएको ईलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक प्रदिप कुमार डिसीले बताए।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...