वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि चेपाङ्ग प्रवेशद्धारको उद्घाटन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज १५, २०७५ ।    

बाँसगढी (बर्दिया) ।
बर्दिया राष्ट्रिय निकुञ्जमा अवलोकनका लागि थप भएका ४ वटा प्रवेशद्वार मध्ये बबई सेक्टर चेपाङ्ग पोष्ट प्रवेशद्वारको आइतवार उद्घाटन गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेसँगै निकुञ्ज कार्यालयले थप चार वटा प्रवेशद्वार खुल्ला गरेको छ । ४ वटा प्रवेशद्वार थप भएसंगै पर्यटन व्यबसाय प्रबद्र्धन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्धाराबाट मात्रै प्रवेश खुल्ला भएकोमा अब देखि ठाकुरबाबा नगरपालिकाको अम्रेनि पोष्ट, गेरुवा गाउँपालिकाको बन्जरिया पोष्ट, बारबर्दिया नगरपालिकाको रम्भापुर पोष्ट र बाँसगढी नगरपालिकाको चेपाङ पोष्टबाट पर्यटकलाई निकुञ्ज भित्र घुम्न कार्यालयले अनुमति दिने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: