वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बर्दियामा चरा जोगाउन सचेतना कार्यक्रम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, असार १२, २०७५ ।    
भुरिगाउँ, बर्दिया ।
बर्दियाको भुरिगाउँमा चरा तथा जैविक विविधता संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ । बर्दिया प्रकृति संरक्षण क्लबको आयोजना तथा नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग बन्द गरौ, लोपोन्मुख गिद्ध संरक्षणमा सहकार्य गरौ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा बिद्यार्थिहरुलाई जैविक विविधता संरक्षणकमा सक्रिय रुपमा लाग्न आग्रह गरिएको छ । शिक्षा प्रविधी जस्ता कुराहरुमा नेपाल पछाडी रहेपनि जैविक विविधतामा धनि भएकाले चरा संरक्षणमा विद्यार्थिको महत्वपुर्ण भुमिका हुने भएकाले सचेत रहन आग्रह गरिएको राजन चौधरीले बताए ।
कार्यक्रममा बर्दिया एजुकेस्नल एकेडेमीका ५० जना विद्यार्थिहरुलाई बर्दिया प्रकृति संरक्षण क्लबका सचिव राजन चौधरी, बर्दिया प्रकृति संरक्षण क्लबका फिल्ड अफिसर पुजा गुरुङ लगायतले प्रशिक्षण दिएका थिए ।

विश्वमा करिव १० हजार प्रजातिका चराहरु पाइन्छन् भने नेपालमा ८ सय ७८ प्रजातिका चराहरु पाईन्छन् । बर्दियामा पाईने ४ सय ६७ प्रजातिका चराहरु मध्ये ९ प्रजातिका चराहरु लोप भैसकेका छन् । रुख, सिमसार क्षेत्र, घासेँ मैदान लगाएतका ठाउँमा चराहरुको बासस्थान हुने भएकाले उक्त क्षेत्रको विनास नगर्न आग्रह गरिएको छ । पर्यटकहरुलाई अत्याधिक मात्रामा नेपाल भित्र्याउनका लागी चरा संरक्षणमा सक्रिय रुपमा लागनुपर्नेमा जोड दिइएको छ ।
चराको वासस्थानमा ह्रास आउनाले ८६ प्रतिसत चराहरु जोखीममा रहेका छन् । यस्तै अनियन्त्रीत चोरी सिकार तथा अवैध व्यापार, जलवायु परिबर्तनका असर, विसादि किटनाशक रासायनिक मलको प्रयोग लगाएतका कारणले चराहरु लोप हुने अबस्थामा रहेका छन् ।
नेपाल पंछी संरक्षण संघले विगत ५ वर्ष देखि बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् ।
बिमला ढकाल र दीपक राजवंशीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्: