वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

विप्लव नेकपा माओवादीका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ ।    

गुलरिया- सदरमुकाम गुलरिया राधाकृष्ण थारु चोकबाट विप्लव नेकपा माओवादीका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । सदरमुकाममा विप्लव नेकपाका जिल्ला सेक्रेटरी गणेश अर्याल युद्ध पक्राउ परेका हुन् । गेरुवा गाउँपालिकाको वडा नं. ६ को वडा कार्यालयमा भएको आगजनीको घटनामा विप्लव नेकपाका पर्चा पम्प्लेट फेला परेपछि अर्यालको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका आधारमा अर्याललाई पक्राउ गरी अनुसन्धान गरिरहेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेशनाथ बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...