वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

राजापुरमा मोटरसाईकल दुर्घटना : एकको ज्यान गयो,अर्का एक घाइते

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन १०, २०७४ ।    

राजापुर, बर्दिया ।
बर्दियामा मोटरसाइकल दुर्घटनामा परी एकको ज्यान गएको छ भने आर्का एक घाईते भएका छन ।
राजापुर नगरपालिका वडा नं. ३ मुरया जाने बाटोमा से ३ प ८४६९ नम्बरको मोटर साईकल बुधवार राति ९ बजे दुर्घटना भएको थियो । घटना भए लगत्तै घाईते अवस्थामा चालक र पछाडी सवार दुबै जनालाई उपचारका लागि नेपालगन्ज मोडिकल कलेज नर्सिङ होम लगिएको थियो ।
प्राप्त पछील्लो जानकारी अनुसार उपचार गर्दा गर्दै एकको ज्यान गएको बताईएको छ । ज्यान जानेमा कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा घर भएका  बर्ष ३० का बजारू चौधरी रहेका छन भने अर्का घाइते राजकुमार चौधरी (बर्ष २८) उपचार जारी रहेको इलाका प्रहरी कार्यलय राजापुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: