वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

भूमिहीनको समस्या समाधानका लागी प्रदेश सरकारले योजना बनाएको छ : मुख्यमन्त्री पोखरेल

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, साउन ३, २०७५ ।    

मिन अधिकारी/बर्दिया ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भूमिहीन समस्या सधैँका लागि अन्त्यका गर्न प्रदेश सरकारले योजना बनाएको बताएका छन् । १९ औँ मुक्तकमैया दिवसको अवसरमा सदरमुकाम गुलरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मुक्तकमैया तथा भूमिहीनहरुको समस्या समाधानका लागी प्रदेश सरकारले योजना बनाई सकेकाले भूमिसम्बन्धी समस्या छिटै अन्त्य हुने विश्वास ब्यक्त गरे । यस आर्थिक वर्षमा  कानुन तर्जुमा र आबाधिक योजना  बनाउने कार्यलाई पुर्णता दिने बताउदै यस वर्षलाई आधार वर्षको रुपमा लिएको समेत मुख्यमन्त्री पोखरेलले बताए ।

प्रदेश सरकारले यस क्षेत्रको सडक संजाललाई प्राथमिकतामा राखेको जानकारी गराउँदै यस वर्ष सडक सञ्जालमा नजोडिएका पालिकाहरुलाई सदरमुकाम सम्म जोड्ने कार्यक्रम रहेको बताए । साथै यस वर्ष खेलकुदको विकासका लागि प्रदेश सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माण गर्ने बताए । खेलकुद मैदान निर्माणका लागि गाँउपालिकामा ५० लाख, नगरपालिकामा ७५ लाख र उपमहानगरपालिकामा १ करोड २५ लाख रुपैयाँका दरले रकम बिनियोजन गरेको समेत मुख्यमन्त्री पोखरेलले बताए ।

प्रत्येक पालिकामा बहुउद्धेशीय सामुदायिक भवन निमार्ण गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रत्येक पालिकामा नमुना कृषि र्फम सञ्चालन, प्रदेश नम्बर ५ मा १० वटा सितभन्डार निमार्ण गर्ने र प्रत्येक सितभन्डार निर्माणको लागि ५०/५० करोड बजेट छुट्याईएको बताईएको छ । यस्तै भूमिहनहरुको लागि सामुदायिक लक्षित कार्यक्रम सञ्चालन गरेर समुहगत रुपमा जग्गा लिजमा लिने र लिजमा लिएको जग्गाको भाडा प्रदेश सरकारले ब्यहोर्ने मुख्यमन्त्री पोखरेलले बताए ।

भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि योजना बनाएर सम्पूर्ण समस्या समाधान गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्: