वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

भेरी माद्यामिक बिद्यालयको शिक्षक छनौटमा आलटाल; सरोकारवाला दोषारोपणमै व्यस्त

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, अशोज ११, २०७६ ।    
Loading...

धोबिनीपुर- बर्दियाको राजापुर–८ धोबिनीपुरमा रहेको भेरी माध्यामिक बिद्यालयमा शिक्षक छनौटमा ढिलाइ हुँदा बिध्यार्थीको सिकाइ गतिबिधी प्रभावित बनेको छ । शिक्षक छनौटमा ढिलाइ हुँदा बिध्यार्थीको सिकाइ गतिबिधी प्रभावित भएको हो ।
बिद्यालयले साउन २४ गते माध्यामिक तहको बिज्ञान, नेपाली र आधारभुत तहकालागी अंग्रेजी बिषयमा करार शिक्षक पदपुर्ती सम्वन्धि बिज्ञापन आव्हान गरेको थियो ।
शिक्षक छनौटका लागी २ पटक परिक्षा मिती तोकेपनी शिक्षक छनौट समितीका संयोजक तथा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामप्रसाद ढुङ्गना पहिलो पटक कार्य व्यस्तता देखाउदै नआएको र दोश्रो पटक उपस्थित भएपनी परिक्षा गराउन अवरोध गरेपछी शिक्षक छनौट गर्न नसकिएको बिद्यालयका प्रधानाध्यापक महादेव चौधरीले आरोप लगाए । उनले भने ‘परिक्षाको आचार संहितामा रहेर परिक्षा लिन खोजेको हुँ । अप्ठयारो स्थीति आयो ।’ परिस्थीति अप्ठारो भएपछी वडा नं ८ का अध्यक्ष तथा पदेन सदस्य चिन्तामणी आचार्यलाई सहमतिको लागि पहल गरिदिन आग्रह समेत गरेको प्रधानाध्यापक चौधरीले बताए ।
यता बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा शिक्षक छनौट समितीका संयोजक रामप्रसाद ढुङ्गनाले दोश्रो पटक परिक्षा मिती तोकेर परिक्षा संचालन गरिने दिनमा बिषय बिशेषज्ञ छनौटमा नै आफुलाई अनियमितताको शंका भएपछी परिक्षा हुन नसकेको बताए । उनले भने ‘ ६ जना विषय बिशेषज्ञको नाम छनौट ग¥यौ के गर्ने भने र प्रअज्यू ले भन्नु भयो मैले तपाईसँग अनुभव छ बिषय बिशेषज्ञ बोलाउनु होस भनेको तर सोही प्रकृया अनुसार भएन ।’
विषय बिशेषज्ञ छनौटमा प्रद्यानाध्यापकले पहिलो र दोश्रो नम्वरमा भएका व्यक्तीलाई फोन गर्दा एक जनाले आउन नसक्ने भनेपछी बिद्यालय निरिक्षक दलवहादुर चौधरीले एकाएक अन्य व्यक्तीलाई फोन गर्न थालेपछी आफुलाई शंका लागेको र परिक्षा रोकिएको लागेपछी परिक्षा रोकिएको संयोजक ढुङ्गनाले बताए । निश्पक्ष रुपमा दक्ष व्यक्तीलाई शिक्षक छनौट गर्नुपर्छ भन्ने आफ्नो दावी रहेको संयोजक ढुङ्गनाको भनाई छ । यता बिद्यालय निरीक्षक दलवहादुर चौधरीले भने बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिभिन्न वहानामा उपस्थित नभएका कारण परिक्षा हुन गएको आरोप लगाए।
स्थानिय बासिन्दा भने भेरी माध्यामिक बिद्यालय बिभिन्न समस्याको चंगोल छिछौल्दै आएको भएपनी बिद्यालयमा लागेको राजनीतिक धमिरोका कारण विद्यार्थीको भविश्य अन्धकारमा धकेलीएको बताउदै आएका छन् । बिद्यालयमा यस्तो खाले राजनीतिकको अन्त्य हुनुपर्छ भन्ने स्थानियहरुको धारणा छ । बिगदका दिनहरुमा शिक्षक छनौट गर्दा यस्ता खाले समस्या हुने गरेको स्मरण गर्दै स्थानिय सरकारले चासो दिन आवश्यक रहेको स्थानिय बासिन्दाको माग छ । बिभिन्न राजनीतिक दलका आस्थामा रहेका संघ संगठनहरुले चलखेल गर्ने र आफ्नो मान्छे राख्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने गराउने कारणले शिक्षाको गुणस्तर खस्कदो छ । राजापुर नगरपालीकाका कतिपय बिद्यालयहरुको शिक्षक छनौट परिक्षा भएरपनी नतिजा ननिस्कने र परिक्षा हुनै नसक्ने बिकराल समस्या रहेको शिक्षामा चासो दिने व्यक्तीहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: