वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

भौँराटप्पा क्षेत्रका समस्याहरुबारे सम्बन्धित निकायको ध्यानाकर्षण

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, साउन ३०, २०७६ ।    

राजापुर- भौराटप्पा क्षेत्रका यावत समस्याहरुवारे स्थानिय सरकारका प्रमुख तथा सरोकावाला निकायको ध्यानाकर्षण गराइएको छ । यस क्षेत्रमा प्रमुख गरेर युवाहरुमा बढ्दै गएको लागुपदार्थ दुव्र्यशनी, हुलाकि राजमार्ग निमार्ण हुन नसक्नु, राजश्व छली, व्यावशायी लाई राजश्वको दायरा भित्र ल्याउन नसकिनु लगायतका समस्याहरुबारे सम्बन्धित निकायका पदाधिकरीहरुलाई ध्यानाकर्षण गराइएको हो । भौराटप्पा नागरिक समाज संजालको आयोजनामा आज राजापुरमा सम्पन्ने अन्र्तकृया कार्यक्रम मार्फत ध्यानाकर्षण गराइएको हो ।
देखिएका समस्याको क्रमश: समाधान गर्दै लैजानेमा राजापुर नगरपालीकाका प्रमुख शिव प्रसाद चौधरीले प्रतिवद्धता जनाएका छन । नगर प्रमुखले भने “सवै काम एकै पटक हुदैन, क्रमागत रुपमा अत्यावश्यक समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु ।” प्रमुख चौधरीले हुलाकि राजमार्गको राजापुर सत्तिघाट जोड्ने पुल सम्मको बाटोमा पर्ने रुख हरुको कटानि भै सकेकाले छिट्टै काम अगाढि बढाइने बताए । राजापुर बजारको लालपुर्जाका बिषयमा कुल ४ सय ३८ जना जग्गाधनि मध्य बाँकी रहेका २ सय २८० जनाको लालपुर्जा प्रकृयाको पहल गरिरहेको बताउदै प्रमुख चौधरीले बाल बिटोरी कर कम गरेर राजश्वमा राहत दिएको बताए । मानपुर टपरा र बाला बजारमा शान्ति सुरक्षाकालागी प्रहरी पोष्ट तथा बिट निमार्णकालागी मंत्रालयमा फाइल फरवार्ड भैसकेको प्रमुख चौधरीले बताए । यहाँका बिकास निमार्णको गुणस्तरियता जाँचका लागी सरोकारवालाहरुसँग समन्वय गरि अनुगमन गर्ने समेत प्रमुख चौधरीले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले लागुपदार्थ दुव्र्यशनि विकाराल बन्दै गएकाले यसको समाधानकलागी सबैमा आग्रह गरेका थिए । उनले थपे- “कोठियाघाट हुदै भारतको बठनिया बजारबाट लागुपदार्थ नेपाल भित्रीन्छ र ताराताल हुदैँ काठमाडौसम्म निकासी हुने गरेको छ ।” लागुपदार्थ भित्राउन महिलाहरु संलग्न भएकाले भारतको बठनिया बजारबाट आयात बन्द गर्नुपर्ने आवश्यकता रहेको अधिकृत सुवदीको भनाई छ । यस क्षेत्रको बिकासकालागी स्पष्ट खाका(नक्सां) आवश्यक रहेको समेत अधिकृत सुवेदिको भनाई छ । “सवै काम स्थानिय सरकारले गर्छ भन्ने होइन म को हुँ, मेरो काम कर्तव्य अधिकार र जिम्मेवारी के हो भन्ने कुराको हेक्का राख्नु पदर्छ ” । साथै जिल्ला प्रशासन कार्यालयवाट समाधान गर्न सकिने यहाँका समस्यालाई टिपोट गरेर प्रमुख जिल्ला अधिकारी समक्ष हुवहु राख्ने समेत अधिकृत सुवेदीले प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा यहाँका समस्याबारे बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी, इलाका प्रहरी कार्यालयका सई जय प्रकास भट्ट लगायतले आफ्नो धारणा राखेका थिए । भौराटप्पा नागरिक समाज संजालका अध्यक्ष पुनाराम थारुको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख शिव प्रसाद चौधरी, बिषेश अतिथी इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी,वडा अध्यक्षहरु सुरक्षा पदाधिकारी, समाजसेवी ,संचारकर्मीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...