वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

बर्दियामा पेस्तोल सहित सलमान खान पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ ।    

गुलरिया, बर्दिया ।
नेपालमा साना हतियार कारोबार गर्ने एक भारतीय नागरिकलाई आईतबार बर्दिया प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारत बहराईच थाना मुर्तिहा तहसिल नानपारा ग्राम चित्लहवा बस्ने बर्ष २० का सलमान खाँनलाइ पक्राउ गरि सार्वजनिक गरेको हो ।

हातहतियार कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले पौष २९ गते बिहान ११ बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका वडा नं.१० कालाबन्जार गडरिया चोकबाट खाँनलाइ पक्राउ गरेको हो ।

युपी ३१ ए आर ६८२६नम्बरको भारतीय नंम्बर प्लेटको मोटर साईकलमा आईरहेको अवस्थामा निजलाई रोकी चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल १ थान सो मा  लाग्ने गोली १ राउण्ड,  नेपाली र भारतीय गरी २९,७९६।– नगद रकम,  लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्राम समेत फेला पारिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

पक्राउ परेका खानलाइ आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा  राखिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्: