वि.सं.   मङ्लबार, अशोज ९, २०७५   तदनुसार  25 September 2018

पर्यटकिय क्षेत्रलाई लागुऔषध मुक्त क्षेत्र बनाउन भाङ फडानी सुरु

        भावुक योगी   |   प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५ ।    

भावुक योगी/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिकाको पर्यटकिय क्षेत्र ठाकुरद्धारालाई लागुऔषध मुक्त क्षेत्र बनाउने उद्देश्य सहित स्थानियवासी र प्रहरीको संयुक्त टोलीले गाउँघरका खेतबारीमा रहेका भाङ तथा गाँजा फडानी अभियान सुरु गरेका छन् ।

ठाकुरद्वारा पर्यटकीय क्षेत्र भएकोले स्थानिय युवाहरु भाङ तथा गाँजाबाट चरेस बनाउने र कुलतमा फँस्ने साथै यस क्षेत्रमा आएका पर्यटकहरुले विभिन्न वाहानामा लागु औषध सेवन गर्ने र लागु औषधको कारोबार गर्ने हुनाले यस्ता कार्यलाई निरुत्साहीत गर्न फँडानी सुरु गरीएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संजालका अध्यक्ष हेमन्त आचार्यले बताए  ।

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवा, होटल व्यवसायी, स्थानियवासी, प्रहरी लगायतको टोली अभियान सुरु गरेर भाँङ्ग तथा गाँजा फडानी गरेका हुन् । पढ्न छाडेर लागु औषध जस्ता कुलतमा फंसेर वन्यजन्तुमा समेत नोक्सानी पुर्याउन सक्ने खतरा महसुश भएकाले अभियान थालीएको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्: