वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

भादा पुलमा स्थानियको असन्तुष्टि

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, अशोज २६, २०७५ ।    

धार्मिक स्थलको संरचना नष्ट हुने र पुल सुरक्षित पनि नहुँने भन्दै मुक्तीनारायण भादा घाट व्यवस्थापन समितिले आपत्ती जनाएको छ ।

प्रेम बुढा/बर्दिया।
नेपालगञ्ज-गुलरीया सडक खण्डको भादा र मानखोलामा रहेको एक लेन पुलको विकल्प स्वरुप नँया पुल बनाउने तयारी भईरहेको छ । तर बबइ नदि स्थित भादाघाटमा बन्ने नयाँ पुलका विषयमा भने स्थानीयले विमती जनाएका छन् । सदरमुकाम गुलरीयास्थित बबई नदिको भादाघाटमा बनाउन थालिएको नँया पुलको लम्बाई र पुल बन्ने स्थानको विषयमा स्थानीयले असहमति जनाएका हुन । नँया बन्ने छोटो पुलले धार्मिक स्थलको संरचना नष्ट हुने र पुल सुरक्षित पनि नहुँने भन्दै मुक्तीनारायण भादा घाट व्यवस्थापन समितिले आपत्ती जनाएको छ ।


भादामा हाल रहेको पुलको २० मिटर उत्तर तर्फ २ लेनको ३ सय मिटर लम्बाईको पुल बनाउने तयारी छ । तर छोटो पुलले बाढी जन्य प्रकोप बढ्ने सम्भावना रहेको सांसदको बुझाई छ । ‘नदीको बहाव क्षेत्र भन्दा कम लम्बाईको पुल बनाउदा समस्या हुन्छ ।’ प्रदेश सांसद तिलक शर्माले भने ‘धार्मिक तिर्थ स्थल मास्नु भन्दा उत्तर तिरको बस्तीलाई मुआब्जा दिएर लामो पुल बनाउनु पर्छ ।’
बर्षामा बबई नदिमा उर्लिने भेललाई ३ सय मिटर लम्बाईको पुलले थेग्न नसक्ने भएकोले नदि तटबन्धन तथा व्यवस्थापन गरी हाल रहेको पुलको १ सय मिटर उत्तर तर्फबाट पुल बनाउनु पर्ने उनको माग छ । सडक विभागको पुल महाशाखा अन्तरगत पुल सेक्टर ३ नेपालगञ्जले करिब ४५ करोडको लगानीमा मानखोलामा १ सय १० मिटर र भादाघाटमा ३ सय मिटर लम्बाईको पुल निर्माण गर्ने भनिए पनि स्थानियको माग अनुसार नदी घुमेर आउने ठाउँमा पुल बनाउदा जोखिम झनै बढने पुल योजना प्रमुख सुनिल पन्थले दावी गरे ।
लामा स्वच्छन्द सपना जेभीले निर्माण ठेक्का पाएको पुलको प्राविधिक डिजाईन तथा लम्बाईले धार्मिक तिर्थ स्थलको रुपमा विकास भएको भादा घाटमा बनेका संरचना नोक्सान हुने र पुल पनि असुरक्षित हुने चिन्ता स्थानियमा रहेको प्रतिनिधी सभा सांसद विमला वि.क.को भनाई छ । ‘प्राविधिक रुपमा पनि उपयूक्त हुने गरि र यहाँ बनेका संरचना पनि नष्ट नहुने गरि पुल बनाउनु पर्छ ’ वि.क. ले भनिन- ‘ अहिले बन्ने भनिएको स्थान भन्दा अलि माथी सार्दा पुल आवश्यकता अनुसार सुरक्षित बन्छ भने माथी सार्न अप्ठ्यारो मान्नु हुदैन ।’ लामो समय देखि यात्रुबहाक,माल बहाक तथा व्यक्तिगत सवारी साधनको भार व्यहोर्दा भादा र मानखोलाका पुल जिर्ण हुदै गएका छन । बहाव क्षेत्र भन्दा छोटो पुल निर्माण हुँदा बर्दियाको सत्तीघाट पुल, लठुवाघाट पुल जोखिममा छन् । भने जब्दीघाट पुल भास्सिदा राज्यको करोडौँको लगानी खेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्: