वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

के तपाईं फेसबुकमा अझै BFF लेख्दै हुनुहुन्छ? यो पढ्नुहोस् दंग पर्नुहुनेछ >>

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, चैत्र ७, २०७४ ।    

अझै पनि BFF लेख्दै के तपाईं आफ्नो फेसबुक अकाउन्ट ह्याक भए नभएको चेक गर्दै हुनुहुन्छ ? एकैछिन यो पढ्नुहोस् र सबैको जानकारीको लागि शेयर गर्नुहोस् ।
फेसबुकमा बीएफएफ टाइप गरेर आफ्नो फेसबुक कसैले ह्याक गरे नगरेको पत्ता लगाउन सकिने भन्दै फेसबुकमा भाइरल भइरहेको हल्ला निराधार रहेको पुष्टी गरिएको छ ।
केही यस्ता विशेष शब्द वा छोटो रुपका शब्दहरु छन जो तपाईले फेसबुकको स्टाटस वा कमेन्ट गर्दा एनिमेट हुने गर्दछन । जस्तो- बीएफएफ, यु आर द बेष्ट, बेष्ट विसेस, यु गट दिस, यु ह्याभ गट दिस, यु क्यान डु इट, र्याड, र्याडनेस, कंग्राचुलेसन जस्ता शब्दहरु टाइप गर्दा पनि एनिमेशन आउने गर्दछ ।

फेसबुकको डाटाहरु चोरी भएको भन्ने समाचार आइरहदा बीएफएफ लेखेर आफ्नो फेसबुक ह्याक भए नभएको जाँच्न सकिने निराधार फैलिएको हल्ला मात्र रहेको एक फेसबुक अधिकारीलाई उध्रिद गर्दै खसोखासले जनाएको हो । तर वास्तवमा फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरुमा प्रचलित बीएफएफ बेष्ट फ्रेण्ड फरइभरको छोटो रुप मात्र हो जसलाई फेसबुकले केही शब्दहरु टाइप गरेर त्यस्ता शब्द माथि क्लिक गर्दा रमाइला एनिमेशनहरु आउने बनाएको छ ।
तपाईंले यी शब्दहरु- xo, xoxo, xoxoxo, Congrats, Congratulations, rad, radness, you got this, you’ve got this, you can do it, best wishes, bff, bffs, you’re the best शब्दहरु टाइप गरेर त्यस्तो एनिमेशन हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्: