वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

देशकै उत्कृष्ट बन्यो बर्दिया जिल्ला प्रशासन कार्यालय

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, साउन ३०, २०७६ ।    

गुलरिया- देशभरका ७७ जिल्ल्लाहरुलाई उछिन्दै जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको छ । अघिल्लाे वर्षको कार्य सम्पादनसम्बन्धी नेपाल सरकारको मूल्याङ्कनमा देशभरका ७७ जिल्ल्लामध्ये जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको हो ।
अर्थिक वर्ष २०७५/०७६ को कार्य सम्पादनमा देशभरका ७७ जिल्ल्ला मध्ये नेपाल सरकार गृह मन्त्रालयको मुल्याङ्कनमा जिल्ला प्रहरी सहित जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
बर्दियाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह, विपद व्यवस्थापन, घुम्ती सेवा प्रवाह, विकास निर्माणको अनुगमन, बजार अनुगमन लगायतका राम्रा काममा बर्दिया जिल्ला प्रशासन कार्यालयले पहिलो प्राथमिकतामा राखेको उनले बताए ।
झण्डै १४ महिना अघि बर्दिया आउनुभएका कुरुम्वाङ्गले बर्दिया बसाइका क्रममा काम गर्दा सबैबाट ठूलो सहयोग प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले आफ्ना सहकर्मी, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्पूर्ण बर्दियावासीको सहयोगले गर्दा काम गर्न सहज भएको बताए ।
बर्दियावासीको सहयोगका कारण देशभरमै पहिलो जिल्ला हुन सफल भएकोमा गौरवान्वित भएको कुरुम्वाङले बताए । बर्दियाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामबहादुर कुरुम्वाङ ‘इन्टिग्रिटी आइडल २०१८ बाट ६ महिना अघि विजेता भएका थिए।

प्रतिक्रिया दिनुहोस्:


Loading...