वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

बर्दियाको बाँसगढीमा पनि प्रधानमन्त्री रोगजार कार्यक्रम शुरु

        अनोज थारु   |   प्रकाशित मिति: शनिबार, जेष्ठ ३२, २०७६ ।    

बाँसगढी, बर्दिया।
बर्दियाको बाँसगढीमा पनि प्रधानमन्त्री रोगजार कार्यक्रम सुरु भएको छ । बाँसगढी नगरपालीका ७ गौरीपारामा २२ जना युवाहरुलाई ताल संरक्षण लागि ३० दिने रोजगारी दिदै प्रधानमन्त्री कार्यक्रमको बाँसगढीमा पनि औपचारिक शुभारम्भ गरिएको छ । बाँसगढी ७ मा पर्ने गौरीपारामा सिचाईका लागि ताल निर्माण गर्ने गरी २२ जनालाई दैनिक ५ सय १६ रुपैया पारिश्रमिक सहित रोजगारी सृजना गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै नगर उपप्रमुख सुष्मा चौधरीले श्रमको सम्मान गर्दै वेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने बताईन ।
उनले भनिन्न जनता र सरकार सँग सम्बन्ध जोड्न प्रधान मन्त्रि रोजगार कार्यक्रम सफल हुने छ । प्रधान मन्त्रि रोजगार कार्यक्रम बाँसगढीका संयोजक सरोज पंगेनीका अनुसार बाँसगढी नगरपालीकामा ११ हजार ३ सय २६ जनाले प्रधान मन्त्रि रोजगार कार्यक्रमको लागि फारम भए पनि यो बर्ष २ सय जनालाई रोजगार दिईने छ । बाँसगढी गरपालीकाका ९ वटै वडामा २२/२२ जनालाई ३० दिन बराबरको सामाजिक बिकास निर्माणको काम दिईने रोजगार संयोजक पंगेनीको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि बाँसगढीमा ससर्त अनुदानमा ५० लाख बजेट आएको छ ।
बाँसगढी वडा नम्बर ७ का वडा अध्यक्ष गंगाराम थारुको अध्यक्षमा भएको सुभारम्भ कार्यक्रममा नगर उपप्रमुख सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्री, वडा अध्यक्षहरु तुल प्रसाद गौतम, दशरथ थारु, नरेन्द्र गिरी, प्रेमराज पौडेल, कार्यपालिका सदस्य, बाँसगढी नगरपालीकाका शेर बहादुर केसी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालीकाका शेर बहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...