वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

बर्दियामा घर छ, मलाई केको डर छ? माल्दाईको तीज गीत बजारमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ९, २०७६ ।    

ठाकुरबाबा- चर्चित गायक कमल बि सि माल्दाई र चर्चित गायिका पुर्णकला बिसीको आवाजमा रहेको नयाँ तिज गित बजारमा आएको छ । ‘बर्दियामा घर छ, मलाई के को डर छ’ बोलको तिज गित भर्खरै गायक बिसीको आफ्नै युट्युब च्यानल बाट बजारमा सार्वजनिक भएको हो ।
यादब देबकोटा (सरापे) अञ्जली चन्द ठकुरी र टेन्सन क्षेत्रीको दमदार अभिनय रहेको यो गितको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका हुन भने छाँयाकन प्रकाश खड्काले गरेका छन । बागेश्वरी म्युजिकबाट बजारमा आएको यस गितमा गायक कमल बिसी माल्दाइकै शब्द , संगीत रहेको छ । गित छमछम नाच्न मिल्ने खालको भएकोले छोटो समयमा यो गित हिट भएको छ । गितमा कमेडी पनि उत्तिकै राखिएको छ । सरापेको कमेडिले यस गितलाई झनै उत्कृष्ट बनाएको छ ।
टिकटकमा समेत भाईरल भईरहेको यो गीत युट्युबमा हेर्न यहाँ क्लिक गर्नुहोला-

प्रतिक्रिया दिनुहोस्:


Loading...