वि.सं.   सोमवार, असार २, २०७६   तदनुसार  17 June 2019

बर्दियाको ७ पालिका मध्यम तथा १ पालिका दुर्गममा सुचिकृत

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, पुस २२, २०७५ ।    

सौगात श्रेष्ठ/बर्दिया ।
सरकारले हालै गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा बर्दियाका ७ वटा स्थानिय मध्यम बर्गमा बर्गिकरण भएका छन् भने एउटा स्थानिय तह दुर्गम वर्गको सूचीमा परेको छ । ६ नगरपालिका र २ गाउँपालिकाबाट गेरुवा गाउँपालिका दुर्गममा सुचिकृत भएको छ । भने ६ नगरपालिका र १ गाउँपालीका गरी अन्य ७ पालिकाहरु मध्यम बर्गमा सुचिकृत भएका छन् ।

ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिका मध्यम अर्थात ‘ग’ वर्गमा परेका छन् । गेरुवा गाउँपालिका भने दुर्गम अर्थात ‘ख’ वर्गको रुपमा वर्गीकरणमा परेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा ७५३ स्थानीय तहलाई चार वर्गमा वर्गीकरण गरेको हो । जसमा अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् ।

मन्त्रालयले यातायातको सुविधा (सडक र हवाई यातायातको गुणस्तर र नियमितता), प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरसमेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरेको जनाएको छ । मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो ।

मन्त्रालयले आफू वर्गीकरणमा परेको चित्तबुझ्दो नभए सात दिनभित्र स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्न समेत आग्रह गरेको छ । वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्तिविकासमा समेत वस्तुगत बनाउन सजिलो हुने विश्वास गरिएको छ ।

कुन स्थानीय तह कुन वर्गमा ? हेर्नुस् सूची :

स्थानीय_तहको_प्रशासनिक_वर्गीकरणक

प्रतिक्रिया दिनुहोस्:


Loading...