वि.सं.   सोमवार, बैशाख ९, २०७६   तदनुसार  22 April 2019

समृद्ध जिल्लाको परिकल्पना गर्दै माघ १९ गते ‘बर्दिया युवा सम्मेलन’ हुने

        सन्तोष श्रेष्ठ   |   प्रकाशित मिति: बिहिबार, माघ १७, २०७५ ।    

भुरिगाउँ, बर्दिया।
‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ माघ १९ गते बर्दियाको पर्यटकीय नगर ठाकुरबाबामा ‘बर्दिया युवा सम्मेलन-२०७५’ हुने भएको छ ।
दुर्व्यसनमुक्त बर्दिया निर्माण, कृषि र पर्यटनमा समृद्ध जिल्ला बनाउन र स्वरोजगारका लागि व्यवसायिक शिक्षामा युवालाई अग्रसर गराउने उद्देश्यका साथ गर्न लागिएको पहिलो जिल्ला स्तरिय युवा सम्मेलनले युवाहरुलाई आत्मजागरुक बनाउनुका साथै सबै युवाहरुमा एकजुटको भावना विकास र सकारात्मक सोचको निर्माण गर्दै  स्वरोजगार बन्न प्रेरित गर्ने लायन्स क्लब अफ बर्दिया भुरिगाउँ तथा बिकास प्रेमी युवा समुहका संयोजक गोपाल निरौलाले जानकारी दिए ।


सम्मेलनमा देशका प्रतिष्ठित व्यतित्वहरुबाट युवाहरुलाई प्रशिक्षण गराईने बताईएको छ । प्राध्यापक तथा पुर्वाधार विज्ञ डा. सुर्य राज आचार्य, पैंचो पसलका ध्रुब न्यौपाने, कृषि पर्यटन व्यवसायी कालु हमाल र कान्छा सामाजिक अभियन्ता केपी खनालको प्रशिक्षण रहने आयोजकले जनाएको छ ।
युवा सम्मेलन ठाकुरबाबा नगरपालिकासहित लायन्स क्लब अफ बर्दिया भुरिगाउँ र बिकासप्रेमी युवा समुह को आयोजनामा गुन्द्रुक होटेल आम्बासामा सम्मेलन सम्पन्न हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...