वि.सं.   शुक्रबार, असार ८, २०७५   तदनुसार  22 June 2018

बर्दिया जिल्लास्तरिय यु-१६ को फाइनल खेल चैत्र ३० गते हुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, चैत्र २८, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दिया जिल्ला स्तरिय अन्डर-१६ क्रिकेटको फाईनल खेल चैत्र ३० गते हुने भएको छ । प्रतियाेगिताकाे अन्तिम खेल डुम्रेनी युथ क्लब तथा बर्दिया क्रिकेट क्लबबिच प्रतिश्पर्धा हुनेछ ।
लिग म्याचका अाधारमा खेलाईएकाे प्रतियाेगिताकाे बिजेता टिमले रु. १० हजार तथा उप-बिजेताले रु. ६ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।
बर्दियाकाे भुरिगाउँस्थित शिहंबाहिनी मैदानमा चैत्र २२ गतेदेखि सञ्चालन भईरहेको उक्त खेल ठाकुरबाबा क्रिकेट असोसियसन, नेपाली क्रिकेट समर्थक समाज (बर्दिया समन्वय समिति) र बिकासप्रेमी युवा समुहकाे संयुक्त अायाेजनामा सञ्चालन भईरहेको छ ।
प्रतियाेगितामा जिल्लाका बिभिन्न ८ वटा क्लबहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: