वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

ट्राफिक नियम नमान्नेलाई ‘ठाउँको ठाउँ कारबाही’ !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ ।    

ठाकुरबाबा, बर्दिया ।
बिभिन्न कारणले सवारी दुर्घटना बढेसँगै त्यसलाई न्युनिकरण गर्न मोटरसाईकल चलाउदा हेलमेट नलगाउने, हेलमेट लेगगार्डमा झुण्डाएर चलाउने, मदिरा सेवन गरी चलाऊने माथि बर्दिया ट्राफिक प्रहरीले विषेश निगरानी थालेको छ । नयाँ वर्षको शुरुवातीसंगै जुनसुकै बेला जहाँ पनि मोटरसाईकल चालकले हेलमेट नलगाई मोटसाईकल चलाएको पाईएमा बर्दिया ट्राफिक प्रहरीले ठाउँको ठाउँ कारबाही गर्ने र जरिवाना लिने भएको हो ।
बैशाख १ गते देखि बजार क्षेत्र होस या गाउँमा ट्राफिक प्रहरीले हेलमेट नलगाएर मोटरसाईकल चलाएको पाईएमा ट्राफिक नियम अनुसार १ हजार रुपैँया जरिवाना लिने भएको हो । कसैले पनि भनसुनका आधारमा निशुल्क छुटाउन प्रयास गरेपनि नछाडने बताईएको छ ।
हेलमेट नलगाई मोटरसाइकल चलाउँदा दुर्घटना बढेको र मानविय क्षती समेत हुन थालेपछी नयाँ वर्षको सुरुवात संगैँ ट्राफिक नियम कडा लागु गरेको बर्दियाका प्रहरी प्रमुख जनक भट्टराईले बताए ।
यस्तै हेलमेट नलगाई चलाउने, मोटरसाईकलमा तिन जना बस्ने, लाईसेन्स नभएको, बिलबुक नभएको पाईएमा पनि नियम अनुसार कारबाहि गरीने ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रमुख प्रेम बहादुर क्षेत्रीले बताए ।
नयाँ बर्षको पहिलो दिन मै शनिबार नियम बिपरित हेलमेट नलगाएर मोटरसाइकल चलाउने ६ जना मोटरसाइकल चालकलाई कारबाही स्वरुप जरिवाना गरिएको क्षेत्रीले जानकारी दिनुभएको छ । उनीहरुले नियम बिपरित हेलमेट नलगाइ मोटरसाइकल चलाइकाले कारबाहीमा परेका हुन । अवका केहि दिनका ठाकुरबाबा नगरपलिकाका ठाकुरद्धारा, शिबपुर, नेउलापुर, बगनाहा, लगाएतका बिभिन्न मुख्य बजार र चोकमा प्रहरीले चेकजाच गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: