वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

चौधरीको संयोजकत्वमा बर्दियाली रेडियो संजाल गठन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक १३, २०७५ ।    

अनोज थारु/बाँसगढी।
बर्दियामा संचालित एफएम रेडियोहरुले साझा बर्दियाली प्रसारक मञ्च रेडियो संजाल गठन गरेका छन् । जिल्लाका सबै एफएमहरु सदस्य रहने गरी गुर्बाबा एफएम बाँसगढीका कार्यकारी निर्देशक एकराज चौधरीको संयोजकत्वमा एक समिति गठन गरीएको छ ।
नव गठित समितिको सदस्यमा शितल थापा (रामज्ञानु एफएम), भाबुक योगी (टाइगर एफएम), टीकाराम रेग्मी (साथी एफएम) र राजकुमार बिश्वकर्मा (बबइ एफएम) सदस्य रहेका छन् । आम नागरिकहरुलाइ सहज रुपमा सूचनामा पहुँच पुर्याउन, संचारगृह हरुलाई अझै जिम्मेवार बनाइ चुस्त व्यवस्थापन र समाचार कार्यक्रमको गुणस्तर बढाउने उद्देश्यले संजाल गठन गरीएको संयोजक एकराज चौधरीले बताए । आगामी दिनमा समाचारको संख्या र गुणस्तर बढाउने, कार्यक्रम साटासाट गर्ने बजार व्यवस्थापनमा एकरुपता ल्याउने लगाएत बिषयमा छलफलगरी निस्कर्षमा पुग्ने जनाइएको छ । बर्दिया जिल्लामा ७ वटा एफएम रेडियो संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्: