वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

छिमेकीलाई गोली हानि हत्या गर्ने शंकर थारुसहित फरार अन्य ८ जना पक्राउ

        प्रेम बुढा   |   प्रकाशित मिति: बुधबार, अशोज २४, २०७५ ।    

प्रेम बुढा/बर्दिया ।

आठ वर्ष पहिले आफ्नै छिमेकीलाई गोली हानि हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाबाट कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्म कैद सजाय पाएका गुलरीया नगरपालिका १२ भैसाहीका ३९ वर्षीय शंकर थारुलाई प्रहरीले पक्राउ गरेको हो। २०६७ सालमा सोही स्थान बस्ने छोटे लाल थारु लाई विवादका क्रममा गोली हानी हत्या गरेको ठहर गर्दै अदालतले उनलाई २०७२ सालमा २० बर्ष कैद हुने फैसला सुनाएको थियो । लामो समयदेखि भारत तथा नेपालकै विभिन्न स्थानमा लकिछिपी बस्दै आएका शंकर थारुलाई प्रहरीले मंगलबार राती उनको आफ्नै घरबाट पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिए । घटना लगत्तै फरार प्रतिवादी शंकर थारुलाई बुधबार नै अदालत पेश गरी कारागार पठाईने प्रहरीले जनाएको छ ।

यसैबिच जिल्ला प्रहरी कार्यालय बर्दियाले फैसला कार्यान्वयनकै सिलसिलामा कैद भुक्तान हुन बाँकी ८ जनालाई पक्राउ गरेको छ । गएको भदौ देखि असोज अन्तिम सातासम्म प्रहरीले विभिन्न मुद्धामा सजाय पाएका तर फरार रहेका अन्य ८ जनालाई समेत पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्धामा १३/१३ बर्ष कैद सजाय पाएका गुलरिया नगरपालिका ७ का नन्कौ गोडिया र हेमराज गोडिया पक्राउ परेका छन । त्यस्तै सवारी ज्यान कर्तव्यमा ३ बर्ष ११ महिना सजाय फैसला भएका गुलरीया नगरपालिका ८ का कधई लोध, भ्रष्टाचार अनियमितता मुद्धामा १ बर्ष कैद भुक्तान हुन बाँकी रहेका मधुवन नगरपालिका ४ का विष्णु प्रसाद योगी, अवैध रुपमा काठ कटान मुद्धामा ५ महिना कैद सजाय पाएका बैढयाताल गाँउपालिका ८ का कृष्ण बहादुर थारु तथा बाँसगढी नगरपालिकाका रामफल थारु तथा सोही स्थानकै सन्तराम थारुलाई पनि पक्राउ गरिएको छ ।

त्यस्तै कुटपिट अंगभंग मुद्धामा १ बर्ष ११ महिना ८ दिन कैद सजाय पाएका फरार प्रतिवादी गुलरीया नगरपालिका १ का कर्णलाल शर्मालाई समेत प्रहरीले पक्राउ गरेको हो । सजाय पाए पनि कैद सजाय भोग्न बाँकी अन्य सबै अपराधीलाई पक्राउ गरी शुसासन र सुरक्षित समाज निर्माणको लागि प्रहरी कटिबद्ध रहेको प्रहरी प्रमुख एसपी मैनालीले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्: