वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

बर्दियाका समाचार संक्षेपमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, असार ३०, २०७६ ।    

बर्दिया-
ठाकुरबाबा नगरपालिका–६ मोतिपुरको गिठे खोलामा पौडी खेल्ने क्रममा डुबेर रामबहादुर गिरीकी १० वर्षीय छोरी सीता गिरी र केशवनाथ योगीका ८ वर्षीय छोरा ध्रुवनाथ योगीको ज्यान गएको छ ।
खोलामा स्थानीयले पानी जमाउनका लागि खानेको खाल्डोमा डुबेर उनिहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । डुबेर बेपत्ता भएको झण्डै दुई घण्टापछि प्रहरी र स्थानीयले शव फेला पारेका थिए ।

बर्दियाका ३५ बर्षीय बुबालाई शनीबार प्रहरीले छोरी बलात्कार गरेको आरोपमा गिरफ्तार गरेको छ । १३ वर्षीया छोरीलाई असार २१ गते बलात्कार गरी फरार भएका बुबालाई सोही दिन प्रहरीले बढैयाताल गाउँपालिका ८ मयुरबस्तीबाट गिरफ्तार गरेको हो । उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाँसगढिमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पीडित पक्षले घटनाका आरोपित बुबा बिरुद्ध असार २२ गते इलाका प्रहरी कार्यालय बाँसगढिमा उजुरी दिएका छन । पीडितको स्वास्थ्य परिक्षण बर्दिया जिल्ला अस्पतालमा भएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाँसगढिका इन्स्पेक्टर बसन्त गौतमले बताए ।

बढैयाताल गाउँपालिका-४ दक्षिण भकारी बस्ने ३३ बर्षिय असगर अली तेली ३.५ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । बाँसगढी नगरपालिका ३ भगरा चोकबाट तेली पक्राउ परेको प्रहरीले जनाएको छ ।
गोप्य सुचनाको आधारमा राती करिब १० बजे जिल्ला प्रहरी कार्यालय बर्दियाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले तेलीलाई फेला पारेको थियो । उनको शरीर चेक जाँच गर्दा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

बारबर्दिया नगरपालिका र सिटिइभिटीको साझेदारीमा सहिद बिष्णु–धनी बहुप्राबिधिक शिक्षालय सञ्चालन स्थापना हुने भएको छ ।
बारबर्दिया ७ का सहिद बिष्णु पोख्रेल र बारबर्दिया ५ का सहिद धनिराम चौधरीको सम्मान र जिल्लामा प्राबिधिक शिक्षाको विकासका लागि नगरपालिकाले सहिद बिष्णु–धनी बहुप्राबिधिक शिक्षालय सञ्चालन गर्न थालेको हो ।
शिक्षामन्त्री तथा परिषद्का अध्यक्ष गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बिष्णु–धनी बहुप्राबिधिक शिक्षालयलाई कक्षा सञ्चालनको अनुमति दिएको शिक्षामन्त्रीको प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...