वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

बारबर्दिया नेपालकै पहिलो आधारभुत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा

        प्रेम बुढा   |   प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ ।    

प्रेम बुढा/बारबर्दिया (बर्दिया) ।
बारबर्दिया नगरपालिका नेपालकै पहिलो अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता भएको नगरपालिका भएको छ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले बिहिबार एक औपचारीक समारोहका बिच बारबर्दिया नगरपालिकालाई आधारभुत शिक्षा सुनिश्चिता भएको नगर घोषणा गरेका छन् ।

नगरपालिका भित्र रहेका विद्यालय उमेर समूहका ५ देखि १२ वर्षका बालबालिकाहरु मध्ये घरधुरी सर्वेक्षण गरि विद्यालय बाहिर रहेका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराइएको नगरप्रमुख दुर्गा बहादुर थारुले बताए । नगरप्रमुख थारुले भने ‘अब हामीसंग दुईओटा चुनौति छन, विद्यार्थीलाई टिकाउनु र सिकाउनु ।’ त्यसका लागि शिक्षाको गुणस्तर दश प्रतिशतले वृद्धि गर्ने गरि विद्यालयका प्रध्यानाध्यापकहरु संग ३० बुँदे सहमती गरिएको समेत थारुले बताए ।

‘एक बच्चा एक भर्ना मेरो सामाजिक दायित्व, पहँुचमा सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने नारा सहित सरकारले सुरु गरेको पहिलो र दोस्रो चरणको विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन लागि परेको बारबर्दिया नगरपालिकाले नगरको १६ हजार ८ सय ८० घरधुरी सर्वेक्षण गर्दा ३—१६ बर्षका २ सय ८७ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

बारबर्दियामा संस्थागत तथा निजी शैक्षिक संस्थाहरुमा २० हजार ५ सय ८८ बालबालिहरुका अध्ययनरत रहेको शिक्षकहरुको सर्वेक्षण तथ्यांकले देखाएको थियो । मौलिक हकको रुपमा रहेको आधारभुत शिक्षालाइ सबैको बालबालिकाको पहुँचमा पु¥याई देशका अन्य स्थानिय तहलाई पाठ सिकाउन सफल भएकोमा प्रशंसा गर्दै मन्त्री पोखरेलले बारबर्दियाबासीलाई बधाई तथा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: