वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

अनलाईनबाट व्यक्तिगत घटना दर्ता शुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस २३, २०७५ ।    

बारबर्दिया,बर्दिया।
बारबर्दिया नगरपालिकाले ब्यक्तिगत घटना दर्ता गर्न अनलाईन प्रविधीबाट शुरु गरेको छ । नगरपालिकाको सबै वडाहरुबाट प्रविधीको माध्यमबाट ब्यक्तिगत घटना दर्ता गर्ने लक्ष्य सहित हाललाई वडा नं-६ बाट अनलाईन माध्यमबाट घटना दर्ता कार्य शुरु गरिएको हो।
नगरपालिकाको सबै वडाहरुबाट प्रविधीको माध्यमबाट ब्यक्तिगत घटना दर्ता गर्ने लक्ष्य सहित काम भईरहेको बारबर्दिया नगरपालिकाका सुचना प्रविधी शाखा अधिकृत राधेश्याम प्रसाद चौधरीले बताए । नेपाल सरकारले २०७३ सालदेखि नै अनलाईन घटना दर्ता गर्ने कार्य शुरु गरेको भएतापनी बारबर्दिया नगरपालिकाका वडाहरुमा ईन्टरनेट सुबिधा नभएकोले अनलाईन घटना दर्ता कार्य शुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...