वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

यसकारण हुँदैछ बारबर्दियामा पहिलो महोत्सव…

        प्रेम बुढा   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन ४, २०७४ ।    

जयनगर, बर्दिया।
बारबर्दिया नगरपालिकाको जयनगर बजारमा आगामी फागुन ११ गते देखी प्रथम बारबर्दिया तथा जयनगर महोत्सव हुने भएको छ । क्षेत्रफलको हिसाबले बर्दियाकै ठुलो यो नगरपालिकालाई मूख्य व्यापारिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव मुल समितिका संयोजक रामसोहन चौधरीले बताए ।
पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिदै चौधरीले भने, ‘महोत्सवबाट उठेको पैसाले एउटा व्यवस्थित खेल मैदान रंगशाला निर्माण गर्ने लक्ष्य छ । यस क्षेत्रको कृषि उत्पादन र प्रयटनको विकास गर्दै आन्तरिक बजारलाई सुदृढ गर्न महोत्सवले सहयोग पुर्‍याउने छ भन्ने आशा गरेका छौं ।’


फागुन ११ गते देखी २० गते सम्म सञ्चालन हुने महोत्सवमा करिब १ लाख दर्शक भित्र्याउने गरि तयारी भईरहेको आयोजकले दावी गरेको छ । महोत्सवमा एक करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । घरेलु उद्योगबाट उत्पादित बस्तु, दैनिक उपभोग्य सामाग्री, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटि, हस्तकलाका सामाग्री, सूचना प्रविधि,स्थानिय थारु संस्कृति, परिकारहरु प्रदर्शनीमा रहेनछन । बालबालिकाको मनोरन्जनका लागि विशेष व्यवस्था गरिएको आयोजकले जनाएको छ । विभिन्न विधाका चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने महोत्सवमा स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने बताइएको छ । १५० वटा स्टल रहने महोत्सवमा ५० रुपैया टिकट दर तय गरिएको छ । परिचय पत्र लिएर आउने विद्यार्थीलाई ३० रुपैया तथा विद्यालयको सिफारिसमा समुहमा आउने विद्यार्थीलाई २५ तथा अपांगता भएका व्यक्तिहरुलाई ३० रुपैयाको टिकट दर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्: